काठमाडौं । काठमाडौँ महानगरपालिका-१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका १ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष २९ को अमृत थापा, रोल्पा माडी गाउँपालका ४ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष २४ को प्रज्वल खड्का, बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका ८ घर भई हाल सामाखुशी बस्ने वर्ष ३० को रञ्जित कार्की, म्याग्दीको बेनि नगरपालिका ५ घर भई हाल मनमैजु बालाजु बस्ने वर्ष ३३ को रामजी परियार, ललितपुरको महांकाल ३ घर भई हाल गोंगबु नयाँ बसपार्क बस्ने वर्ष ३६ की गोमा बजगाई, पाल्पाको पूर्ब खोला गाउँपालिका ५ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष ३३ को जिवन कुमार श्रेष्ठ, रामेछापको गागल गाउँपालिका ८ घर भई हाल गौशाला बस्ने वर्ष ३७ को मिठे मगर, ललितपुर महाकाल गाउँपालिका २ घर भई हाल मानिखेल बस्ने वर्ष रमेश बजगाई, काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका ४ घर भई हाल माछापोखरी बस्ने वर्ष २५ सन्दिप मैनाली,
सिन्धुलीको दुधौली नगरपालिका ६ घर भई हाल धुम्बाराही पिपलबोट बस्ने वर्ष २१ को अभिषेक मगर, दैलेखको आठबीस नगरपालिका ३ घर भई हाल सिनामङ्गल बस्ने वर्ष २२ को निरञ्जन तिवारी र धादिङ थाक्रे गाउापालिका ४ घर भई हाल कलंकी बस्ने वर्ष २४ को मदन तामाङ रहेका छन् ।
त्यस्तै बिभिन्न सरकारी कागजपत्रहरूको किर्ते गरिएका पनि भेटिएको छ । पुलिस क्लियरेन्स सर्टिफिकेट तीन थान, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ खोपको सर्टिफिकेट एक थान, इ–पासपोर्टको एप्लिकेसन फारम पाँच थान बरामद बरामद भएको छ।
प्रहरीले बिभिन्न सरकारी कागजपत्रहरूको छाप समेत बरामद गरेको छ । मोबाइल फोन १४ थान, बिभिन्न सरकारी कागजपत्रहरूको छाप १० थान, कन्शुल विभागको छाप १ थान, राष्ट्रिय परीक्षा बोर्डको छाप १ थान, परीक्षा नियन्त्रण कार्यालयको छाप १ थान, तारानाथ एशोसिएट रजिष्ट्रर अडिटर कम्पनीको एक थान छाप बरामद भएको छ ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयको छाप १ थान, वार्ड चेयरपर्सनको छाप एक थान, कृष्णप्रसाद शर्माको सहि छापको छाप १ थान, किमराज बरालको सहिछापको छाप १ थान, होटल माउण्टेन प्रालिको छाप १ थान, देवल माध्यमिक बिद्यालय, डडेलधुराको छाप १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२५ अन्तर्गत दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’ मुद्दामा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...
पौष १२ गते, २०८२ - १२:२१
सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...
पौष १२ गते, २०८२ - १२:१७
बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...
पौष १२ गते, २०८२ - ११:१५
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...




प्रतिकृया लेख्नुहोस्: