काठमाडौं । काठमाडौँ महानगरपालिका-१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका १ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष २९ को अमृत थापा, रोल्पा माडी गाउँपालका ४ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष २४ को प्रज्वल खड्का, बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका ८ घर भई हाल सामाखुशी बस्ने वर्ष ३० को रञ्जित कार्की, म्याग्दीको बेनि नगरपालिका ५ घर भई हाल मनमैजु बालाजु बस्ने वर्ष ३३ को रामजी परियार, ललितपुरको महांकाल ३ घर भई हाल गोंगबु नयाँ बसपार्क बस्ने वर्ष ३६ की गोमा बजगाई, पाल्पाको पूर्ब खोला गाउँपालिका ५ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष ३३ को जिवन कुमार श्रेष्ठ, रामेछापको गागल गाउँपालिका ८ घर भई हाल गौशाला बस्ने वर्ष ३७ को मिठे मगर, ललितपुर महाकाल गाउँपालिका २ घर भई हाल मानिखेल बस्ने वर्ष रमेश बजगाई, काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका ४ घर भई हाल माछापोखरी बस्ने वर्ष २५ सन्दिप मैनाली,
सिन्धुलीको दुधौली नगरपालिका ६ घर भई हाल धुम्बाराही पिपलबोट बस्ने वर्ष २१ को अभिषेक मगर, दैलेखको आठबीस नगरपालिका ३ घर भई हाल सिनामङ्गल बस्ने वर्ष २२ को निरञ्जन तिवारी र धादिङ थाक्रे गाउापालिका ४ घर भई हाल कलंकी बस्ने वर्ष २४ को मदन तामाङ रहेका छन् ।
त्यस्तै बिभिन्न सरकारी कागजपत्रहरूको किर्ते गरिएका पनि भेटिएको छ । पुलिस क्लियरेन्स सर्टिफिकेट तीन थान, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ खोपको सर्टिफिकेट एक थान, इ–पासपोर्टको एप्लिकेसन फारम पाँच थान बरामद बरामद भएको छ।
प्रहरीले बिभिन्न सरकारी कागजपत्रहरूको छाप समेत बरामद गरेको छ । मोबाइल फोन १४ थान, बिभिन्न सरकारी कागजपत्रहरूको छाप १० थान, कन्शुल विभागको छाप १ थान, राष्ट्रिय परीक्षा बोर्डको छाप १ थान, परीक्षा नियन्त्रण कार्यालयको छाप १ थान, तारानाथ एशोसिएट रजिष्ट्रर अडिटर कम्पनीको एक थान छाप बरामद भएको छ ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयको छाप १ थान, वार्ड चेयरपर्सनको छाप एक थान, कृष्णप्रसाद शर्माको सहि छापको छाप १ थान, किमराज बरालको सहिछापको छाप १ थान, होटल माउण्टेन प्रालिको छाप १ थान, देवल माध्यमिक बिद्यालय, डडेलधुराको छाप १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२५ अन्तर्गत दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’ मुद्दामा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १७:२०
काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...
चैत्र १ गते, २०८२ - १७:१४
सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...
चैत्र १ गते, २०८२ - १६:५५
काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...
चैत्र १ गते, २०८२ - १६:४०
भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...
चैत्र १ गते, २०८२ - १६:२८
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...
चैत्र १ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...
चैत्र १ गते, २०८२ - १६:०५
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...
चैत्र १ गते, २०८२ - १६:००
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...
चैत्र १ गते, २०८२ - १५:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...
चैत्र १ गते, २०८२ - १५:४३
पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...


प्रतिकृया लेख्नुहोस्: