काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीबारे सत्यतथ्य बुझाएर कांग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमसिसी पास गर्ने कांग्रेस हो भनेर जनतामाझ जानुपर्ने र कांग्रेसलाई जिताउन भोट माग्नुपर्ने उल्लेख गरे । एमसिसी नेपालको विकासका निम्ति आवश्यक रहेको चर्चा गर्दै उनले भने, “कांग्रेसले एमसिसी पास गर्यो, त्यही कारण कांग्रेसलाई भोट देउ भनेर जनतामाझ जानुपर्छ ।” एमसिसी परियोजनामार्फत उत्पादन हुने बिजुली बेचेर नेपाललाई धनी बनाउन सकिने उनको भनाइ थियो ।
नेपालको गरिबी अन्त्यका लागि एमसिसी परियोजना सफल हुने उल्लेख गर्दै नेता पौडेलले एमसिसीको विरोध गर्नेहरु राष्ट्रघाती भएको आरोप लगाए । “देश विकास गर्ने पार्टी कांग्रेस हो, देशलाई कांग्रेसले मात्रै बलियो बनाउँछ,” पौडेलले भने, “देशको भविष्य सोचेर कांग्रेसले दूरदर्शी निर्णय गरेको छ । यही कुरा जनतालाई बुझाउनुपर्छ ।”
कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति विषेश्वर खनाललगायतले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - १४:११
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । प्र...
पौष ७ गते, २०८१ - १४:०२
काठमाडौँ। नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएको छन । यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत...
पौष ७ गते, २०८१ - १३:२७
जनकपुर। जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन् । शनिवार भएको ए...
पौष ७ गते, २०८१ - १३:१६
पोखरा। पुर्व गृह मन्त्री रबि लामिछाने बिरुद्ध तीनवटा मुद्धा दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्...
पौष ७ गते, २०८१ - १३:०१
लेखनाथ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अरु सञ्चार मध्यमले ऐन, कानुन पालना र पत्रकार आचारसंहिता पालना गरेको भएपनि धेरै अनलाइनहरु...
पौष ७ गते, २०८१ - ११:५४
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएको छन । सरकारमा सहभागी दुई ठूला राजनीति...
पौष ७ गते, २०८१ - ११:४०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार विशिष्ट व...
पौष ७ गते, २०८१ - ११:१६
जुम्ला। जिल्ला प्रहरी कार्यालय जुम्लाले स्तनपान र बालमैत्री कक्ष स्थापना गरेको छ । प्रहरी कार्यालयमा सेवा लिन आउने महिला र बालबालिकाका लागि जिल्ला प्र...
पौष ७ गते, २०८१ - ११:०९
जनकपुरधाम। नेपालीका लागि रोजगारको प्रमुख गन्तव्य भारत पनि हो । तराई मधेशका जनताका लागि छिमेकी राष्ट्र छिमेकी गाउँ जस्तो भएको छ । जहाँ न भिसाको झन्झट ह...
पौष ६ गते, २०८१ - १७:१२
सुदूरपश्चिम । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्। ...
प्रतिकृया लेख्नुहोस्: