काठमाडौं । राजनीतिक दलका विभिन्न तहमा क्रियाशील हुनेहरूले मानव अधिकार तथा शान्ति समाजको कुनै पनि तहको पदाधिकारी/सदस्य बन्न नपाउने भएका छन् ।
लोकतन्त्रका लागि कार्यरत संस्था भएका कारण लोकतन्त्रमा विश्वास गर्ने विभिन्न दलका सदस्यलाई शान्ति समाजको सदस्य बन्नबाट बञ्चित गरिएको छैन । तर समाजलाई प्रतिनिधित्व गर्दै अग्रपङ्क्तिमा खट्ने समाजका केन्द्रीय कार्यसमिति तथा जिल्ला कार्यसमितिका पदाधिकारी/सदस्य राजनीतिक दलका विभिन्न तहमा पदीय जिम्मेवारी धारण गर्दा संस्थाको निष्पक्षतामा प्रश्न उठ्ने भएकाले यस सम्बन्धमा सीमा निर्धारण गरिएको सभापति गोविन्द खनालले राससलाई जानकारी दिए ।
गत फागुन २७–२८ गते कपिलवस्तुको वाणगङ्गामा सम्पन्न शान्ति समाजको २४औँ राष्ट्रिय परिषद् बैठकले केन्द्रीय कार्यसमिति/जिल्ला कार्यसमितिका पदाधिकारी/सदस्यको विभिन्न निकायमा संलग्नता सीमा सम्बन्धमा प्रस्ताव पारित गरेको हो । स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनमा उम्मेदवार हुने वित्तिकै केन्द्रीय र जिल्ला कार्यसमितिका कुनै पनि पदाधिकारी/सदस्य स्वत: पदमुक्त हुने व्यवस्था बैठकले गरेको छ । स्थानीय, प्रादेशिक र सङ्घीय संरचनामा निर्वाचित कुनै पनि व्यक्ति शान्ति समाजको केन्द्रदेखि जिल्लासम्मको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् । साथै मनोनितसमेत हुन नसक्ने व्यवस्था गरिएको छ ।
शान्ति समाजको विधानको प्रस्तावनामा नै गैरसरकारी, गैरराजनीतिक, लाभ निरपेक्ष र निष्पक्ष संस्थाका रूपमा संस्थाको स्थापनार्थ विधान तर्जुमा गरी जारी गरिएको स्पष्ट छ । नेपाल सरकारका निजामती कर्मचारी र सुरक्षा निकायमा आबद्धहरु पनि शान्ति समाजको केकास/जिकासका पदाधिकारी/सदस्य निर्वाचित/मनोनित हुन सक्ने छैनन् ।
केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये सभापति, वरिष्ठ उपसभापति, महासचिव र कोषाध्यक्षले कुनै पनि राजनीतिक दलको कुनै पनि तहको निर्वाचनमा प्रतिस्पर्धा गर्नासाथ निजले शान्ति समाज केन्द्रीय कार्यसमितिमा धारण गरेको पद स्वत: रिक्त हुने व्यवस्था गरिएको छ । केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यले कुनै पनि राजनीतिक दलको कुनै पनि तहको कार्यकारिणी पद धारण गर्नासाथ निजले शान्ति समाज केन्द्रीय कार्यसमितिमा धारण गरेको पद स्वत: रिक्त हुनेछ । अन्य तहका पदाधिकारी एवं सदस्यले पनि राजनीतिक पदमा गएपछि पद स्वत: रिक्त हुने व्यवस्था गरिएको छ ।
कुनै पनि राजनीतिक दलको कुनै पनि तहको कार्यकारिणी पद धारण गरेको व्यक्ति शान्ति समाज केन्द्र, जिल्ला कार्यसमितिको पदाधिकारी/सदस्य पदमा उम्मेदवार हुन पाउने छैन । समाजका सबै तहका पदाधिकारी/सदस्यले सदैव नैतिकताको उच्चतम मापदण्ड कायम गर्नेछन् र संस्थाको निष्पक्षता, मर्यादामा धक्का पुग्ने कुनै कार्य गर्ने छैनन् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको समाजले जनाएको छ ।
यो मापदण्ड शान्ति समाजको केन्द्रीय कार्यसमिति विनियम २०५८ र जिल्ला शाखा विनियम २०५८ मा पनि समावेश गरिने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: