काठमाडौं । अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक बिभागको आयोजनामा 'शिक्षामा राज्यको लगानी' बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार राजधानीको बागबजारस्थित होटल हार्दिकमा अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक बिभागको आयोजनामा देशभरिका सम्पुर्ण प्रगतिशील ,जनबादि तथा देशभक्त बिधार्थीहरु एक हौ भन्ने मुल नारा सहित अनेरास्ववियुले अन्तरकृया तथा बिचार गोष्ठी कार्यक्रम गरेको हो।
कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य माधब ढुङ्गेलले समाजबादभित्र शिक्षा कस्तो हुन्छ त्यसको बहस अनेरास्ववियुले थालि गुणस्तरीय शिक्षामा सबैको पहुच र सर्बसुलव तरिकाले कसरी लागू गर्ने भन्ने कुरा सबैले ध्यान दिनुपर्ने बताएका थिए । संबिधानमा शिक्षा सम्बन्धी विभिन्न अधिकार लेखिएपनि कार्यान्वयनको पक्ष एकदमै फितलो रहेको उनले वताए । शिक्षामा पहुँच पुगेपनी त्यसको गुणस्तरमा सम्बन्धित निकायको लापरवाही , बिद्यालयमा गैर जिम्मेवार राजनीतिले गर्दा दिनहुँ सरकारी बिद्यालय बन्द हुदै गएको वताएका छन्
सोहि कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष सुनिता बरालले शिक्षा क्षेत्रलाई परिवर्तन र मजबुत नबनाई देश समृद्ध र बिकास हुने कुरा कल्पना गर्न नसकिने बताएकि छन् । संचार क्षेत्रमा संचारकर्मिहरुले समाचार बनाउदै गर्दा शिक्षालाई कति समय दिईने भन्ने बिषय प्राथमिकताका साथ राख्न आग्रह गरिन् ।
अनिवार्य शिक्षा हासिल गर्न घर घर बाट बालबालिकाहरुलाई स्कुल पुराउनु जोड दिई सरकारी स्कुललाई प्राथमिक्तामा राख्न निशुल्क शिक्षा हुनुपर्ने वताइन् । उनले भोटको राजनिती गर्नेले भिड जम्मा मात्रै गर्दै आएकोेले शिक्षामा प्राविधिक रुपान्तरण कसरी हुन्छ भनि प्रश्न गरेकि थिइन् ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक बिभाग प्रमुख गोबिन्द गिरी, नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, अनेरास्ववियु केन्द्रीय कमिटी इन्चार्ज माधब ढुङ्गेल, शिक्षा मन्त्रालयका सह सचिब डा. हरि बराल, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुनिता बराल, राष्ट्रिय योजना आयोग सदस्य डा।पुष्प रमण वाग्ले, शिक्षाबिध प्रा.डा. बिद्यानाथ कोइराला लगायतको सहभागीता रहेको थियोे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: