काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेले अझै संसद विघटन सही थियो भन्नु अस्थिरताको पक्षमा हुने टिप्पणी गरेका छन्।
वाम एकताको बारेमा मंगलबार पत्रकार सम्मेलन गरेर उनले भने, 'वैचारिक र सैद्धान्तिक रूपमा एउटै कुरा गरेर तीन वटा पार्टी किन जरुरी छ? यो भन्दा हास्यास्पद कुरा के हुन्छ ? त्यसो गर्दा सिद्धान्त र बिचारको यो राम समता किन गर्नु ?'
साविक नेकपा विभाजनको केही राजनीतिक कारण नभएको उनले बताए। पुस ५ मा गरिएको संसद विघटन एउटा राजनीतिक मुद्दा भएकाले सबै विभाजित भएको उनको भनाइ छ।
उनले भने, 'यो कुरा स्वयं अदालतले,,संवैधानिक बेन्चले यसलाई निर्णय गरिसकेको छ। अब यो संविधान रहेसम्म यो संविधान अनुसार संसद् विघटन गर्नु हुन्थ्यो कि हुँदैनथ्यो भन्ने कुरा निश्चित भइसकेको छ। संविधान रहेसम्म यो उल्टिँदैन र कथम अर्को चुनौती के छ भने यदि सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भनेर हामीले जाने हो भने यो संविधान भत्किन सक्छ।'
संसद् विघटनका निर्णयहरू ठिक छन् भनेर जानुको सोझा सोझी अस्थिरताको पक्षमा हिँड्नु हुने उनको भनाइ छ। नेकपा एमालेको तर्फबाट यति जिम्मेवार पार्टीको तर्फबाट गर्नु नहुने उनको बताए।
'एउटा राजनीतिक मामला थियो,जहाँबाट हामी विभाजित भयौँ। पुस ५ को विभाजन त्यो अदालतले टुंगो लगाइसकेको छ भने यो इतिहासको घटना भइसकेको छ। राजनीतिक रूपमा एउटा घटना भयो। संसद्को विघटन ठिक थियो कि बेठीक थियो भन्ने। राजनीतिक विवाद हो यो जसको टुंगो लागि सकेको छ' उनले भने।
वैचारिक र सैद्धान्तिक रूपमा कुनै भिन्नता नभएकाले अलग अलग पार्टीका मान्छेका रूपमा रहनु कुनै औचित्य नभएको दाबी गरे।
स्थानीय तहको चुनाव आइसकेकाले चुनावलाई वामहरूको पक्षमा यसको परिणामलाई ग्यारेन्टी गर्नका लागि नेकपा एमालेले पहल गर्नुपर्ने उनले बताए।
'एमाले ठुलोे पार्टी हो यसले आफ्नो साइज अनुसार जितिहाल्छ। आफ्नै साइज अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि जित्ला तर वामहरूले एक ठाउँमा भएर जित्ने जीत धेरै परिणाममुखी र धेरै प्रभावकारी हुन्छ' उनले भने।
वामहरूको पक्षमा कम्युनिस्ट पार्टीको पक्षमा, कम्युनिस्ट आन्दोलनको पक्षमा परिमलाई सुनिश्चित गर्नका लागि पनि अहिले एकता गर्नुबाहेक अन्य विकल्प नरहेको प्रस्ट पारे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: