काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेले अझै संसद विघटन सही थियो भन्नु अस्थिरताको पक्षमा हुने टिप्पणी गरेका छन्।
वाम एकताको बारेमा मंगलबार पत्रकार सम्मेलन गरेर उनले भने, 'वैचारिक र सैद्धान्तिक रूपमा एउटै कुरा गरेर तीन वटा पार्टी किन जरुरी छ? यो भन्दा हास्यास्पद कुरा के हुन्छ ? त्यसो गर्दा सिद्धान्त र बिचारको यो राम समता किन गर्नु ?'
साविक नेकपा विभाजनको केही राजनीतिक कारण नभएको उनले बताए। पुस ५ मा गरिएको संसद विघटन एउटा राजनीतिक मुद्दा भएकाले सबै विभाजित भएको उनको भनाइ छ।
उनले भने, 'यो कुरा स्वयं अदालतले,,संवैधानिक बेन्चले यसलाई निर्णय गरिसकेको छ। अब यो संविधान रहेसम्म यो संविधान अनुसार संसद् विघटन गर्नु हुन्थ्यो कि हुँदैनथ्यो भन्ने कुरा निश्चित भइसकेको छ। संविधान रहेसम्म यो उल्टिँदैन र कथम अर्को चुनौती के छ भने यदि सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भनेर हामीले जाने हो भने यो संविधान भत्किन सक्छ।'
संसद् विघटनका निर्णयहरू ठिक छन् भनेर जानुको सोझा सोझी अस्थिरताको पक्षमा हिँड्नु हुने उनको भनाइ छ। नेकपा एमालेको तर्फबाट यति जिम्मेवार पार्टीको तर्फबाट गर्नु नहुने उनको बताए।
'एउटा राजनीतिक मामला थियो,जहाँबाट हामी विभाजित भयौँ। पुस ५ को विभाजन त्यो अदालतले टुंगो लगाइसकेको छ भने यो इतिहासको घटना भइसकेको छ। राजनीतिक रूपमा एउटा घटना भयो। संसद्को विघटन ठिक थियो कि बेठीक थियो भन्ने। राजनीतिक विवाद हो यो जसको टुंगो लागि सकेको छ' उनले भने।
वैचारिक र सैद्धान्तिक रूपमा कुनै भिन्नता नभएकाले अलग अलग पार्टीका मान्छेका रूपमा रहनु कुनै औचित्य नभएको दाबी गरे।
स्थानीय तहको चुनाव आइसकेकाले चुनावलाई वामहरूको पक्षमा यसको परिणामलाई ग्यारेन्टी गर्नका लागि नेकपा एमालेले पहल गर्नुपर्ने उनले बताए।
'एमाले ठुलोे पार्टी हो यसले आफ्नो साइज अनुसार जितिहाल्छ। आफ्नै साइज अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि जित्ला तर वामहरूले एक ठाउँमा भएर जित्ने जीत धेरै परिणाममुखी र धेरै प्रभावकारी हुन्छ' उनले भने।
वामहरूको पक्षमा कम्युनिस्ट पार्टीको पक्षमा, कम्युनिस्ट आन्दोलनको पक्षमा परिमलाई सुनिश्चित गर्नका लागि पनि अहिले एकता गर्नुबाहेक अन्य विकल्प नरहेको प्रस्ट पारे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: