Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

पानीको स्रोत संरक्षणका लागि नीति, कानून कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पानीको स्रोत संरक्षणका लागि यस विषयमा भएका नीति, कानून कार्यान्वयन गरिनुपर्नेमा जोड दिएकी छन् । 

विश्व पानी दिवसको अवसर पारेर बिहीबार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले माटो र बोटबिरुवा नबोल्ने भएकाले मानिसले मात्र पानीको उपयोग गर्ने गरेकामा विज्ञले समानुपातिक वितरणका लागि भूमिका खेल्नुपर्ने बताइन् । पानी दिवस मार्च २२ का दिनमात्र औपचारिक रुपमा मनाएर अरु दिन वास्ता नगर्ने बानीमा सुधार ल्याउनुपर्ने उनको भनाइ थियो । 

“विसं २०५१ देखि बागमती सफा बनाउन कार्यक्रम सुरु गरिए पनि अझै सुधार हुन सकेको छैन, इच्छुमति त राजधानीमै हराइसकेको छ, राजधानीका ढुङ्गेधारामा पानी आउँदैन, नौ पोखरी, नौ धाराको प्राचीन इतिहास भएको पशुपति क्षेत्रबाट त्यो लोप भएको छ, शिवपुरी जलाधार क्षेत्रमा पनि घर, भवन बन्न थाले भन्ने कुरा आएका छन्, भूमिगत पानीको सतह तल गएपछि जमिन पनि भासिन थालेको छ”, राष्ट्रपति भण्डारीले भनिन् ।

अध्ययन अनुसन्धानपछि विकास निर्माणमा जानुपर्नेमा त्यसो हुन नसक्दा पनि समस्या हुने गरेको राष्ट्रपति भण्डारीले बताइन् । विश्वविद्यालय कमजोर हुँदा पनि यस्ता काममा समस्या आउन थालेकाले राष्ट्रलाई बलियो बनाउने राजनीतिमा  लाग्नुपर्नेमा उनले सबैको ध्यानाकर्षण गराइन् । यस विषयमा विज्ञहरुले दिएको सुझाव सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमका लागि सुझावका रुपमा प्रस्तुत गरिने राष्ट्रपति भण्डारीको प्रतिबद्धता छ । 

पूर्वमन्त्री एवं जलस्रोत विज्ञ दीपक ज्ञवालीले स्थानीय तहले आफ्नो भौगोलिक क्षेत्रका पानीका स्रोतका बारेमा तथ्याङ्क सङ्कलन गर्नुपर्ने बताए । स्रोतको तथ्याङ्क सङ्कलन गरेपछि त्यसको व्यवस्थापन गरेर उपयोग गरिनुपर्ने उनको भनाइ थियो । तल भूमिगत पानी निकालेपछि माथिका मूल सुक्ने गरेको, पोखरी मासेर बसपार्क बनाउने गर्नाले पानीको स्रोत सुक्न थालेकाले सबै सचेत हुनुपर्ने ज्ञवालीले बताए । जलाशययुक्त इन्द्रसरोबर आयोजना जस्तै अरु योजना बन्न नसक्दा पनि पानी रिचार्जमा समस्या आएको उनको भनाइ छ । 

विज्ञ डा सुबोध शर्माले जलवायु परिवर्तन नेपालजस्ता मुलुकका लागि सङ्कट बनेर पानीका मुहान सुक्नेलगायत समस्या आएको बताए । पाँचपोखरीबाट गोसाइँकुण्डसम्म साना, ठूला १०८ ताल रहेकाले पनि मेलम्चीमा गत असारमा लेदो गएको हुनसक्ने अध्ययन भएकाले यस्ता स्थलको संरक्षण गरिनुपर्ने उनले बताए । पुराना पोखरी, धारा, कुवा, ढुङ्गेधाराको अवस्था के छ भन्ने अध्ययन गरी त्यसको अभिलेख सुरक्षित गर्न उनले सरोकार भएका निकायलाई सुझाव दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: