काठमाडौं । नेकपा एमालेले स्थानीय तहमा चुनावी गठबन्धन गर्न जनता समाजवादी पार्टी नेपाल समक्ष प्रस्ताव गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रचार प्रसार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङमार्फत सो प्रस्ताव गरेका हुन् । गुरुङले जसपाका संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईलाई भेटेर अध्यक्ष ओलीको सो प्रस्ताव सुनाएका थिए ।
चुनावी गठबन्धनका लागि काँग्रेस पार्टीमा विवाद चलिरहेको बेला एमालेले सत्तारुढ गठबन्धनमै रहेको जसपा नेपालसँग चुनावी गठबन्धनका लागि प्रस्ताव अघि सारेको हो । चार दलको गठबन्धनलाई चुनावमा पनि निरन्तरता दिने प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवाले भनिरहे पनि पार्टीभित्र त्यसमा एकमत हुन सकेको छैन ।
सत्तारुढ गठबन्धनमा भएको प्रारम्भिक छलफलमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले जितेका सबै ठाउँमा आफूलाई दिनुपर्ने प्रस्ताव गरेका छन् । उता काँग्रेसले सबै महानगरपालिका लिने, अन्यमा भागबण्डा गर्ने भनेको छ । यो खिचातानीबीच सत्ता पक्षको चुनावी गठबन्धन नबनिरहेको बेला एमालेले त्यसको फाइदा लिन चाहेको हो ।
एमालेले कहाँ कहाँ कसरी मिलाउन सकिन्छ, त्यसको बारेमा छलफल गरौं भन्ने प्रस्ताव गरेको स्रोतको दाबी छ । तर त्यसमा अझै कुनै निष्कर्ष ननिस्केको बताइन्छ । सत्तारुढ गठबन्धनमा चुनावी तालमेलबारे भइरहेको छलफलप्रति अध्यक्ष भट्टराई पनि सन्तुष्ट नरहेको बताइन्छ । यस्तै अवस्था रह्यो भने काँग्रेस, माओवादी, नेकपा ९एस० को विकल्पमा जान सकिने अध्यक्ष भट्टराईको धारणा रहेको स्रोतले दाबी गरेको छ ।
अध्यक्ष भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले दुईजना नेताको बीचमा समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको बताए । ‘समसामयिक राजनीतिक घटनाक्रममा अहिले स्थानीय चुनावको विषय मुख्य भइहाल्यो, त्यो विषयमा नेताहरुको बीचमा कुरा नहुने कुरै हुँदैन’ उनले भने ।
डा। भट्टराई र एमाले नेता गुरुङका बीचमा स्थानीय चुनावको विषयमा छलफल भएको उनको भनाइ छ । उनले भने, ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले पठाएर आएको भन्ने कुरा मलाई थाहा छैन तर यति कुरा थाहा छ– उहाँ दुईजनाको बीचमा स्थानीय चुनावको विषयमा कुराकानी भएको हो ।’
उनले काँग्रेस, माओवादी केन्द्रसँग नै तालमेल गर्नुपर्छ भन्ने छैन, अन्य विकल्पहरु पनि खुल्ला राख्नुपर्छ भन्ने तर्कसमेत गरे । स्थानीय चुनाव भएको कारणले कहाँ कुन दलसँग सहमति हुन्छ, त्यसैको आधारमा अगाडि बढ्न सकिने उनको भनाइ छ ।
सत्ता गठबन्धनभित्र अहिले दलहरुले जसरी आ–आफ्नो सीट दाबी गरिरहेका छन्, त्यस हिसाबले कुरा मिल्ला जस्तो आफूलाई नलागेको पनि उनले बताए । रातोपाटीबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १७:२०
काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...
चैत्र १ गते, २०८२ - १७:१४
सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...
चैत्र १ गते, २०८२ - १६:५५
काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...
चैत्र १ गते, २०८२ - १६:४०
भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...
चैत्र १ गते, २०८२ - १६:२८
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...
चैत्र १ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...
चैत्र १ गते, २०८२ - १६:०५
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...
चैत्र १ गते, २०८२ - १६:००
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...
चैत्र १ गते, २०८२ - १५:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...
चैत्र १ गते, २०८२ - १५:४३
पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...


प्रतिकृया लेख्नुहोस्: