Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँमा हिजोदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ । ‘विश्वभरका कथाको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ आजदेखि पाँचदिने महोत्सव सुरु भएको हो । 

महोत्सवको उद्घाटनका दिन आज नुवाकोटको तारुकामा परम्परागतरूपमा मनाइने गोरु जुधाइ पर्वका विषयमा पुरु लम्सालले निर्देशन गरेको वृत्तचित्र ‘गोरु पर्व’ प्रदर्शन गरिएको थियो । पाँच दिनसम्म चल्ने महोत्सव यसपटक पाँचौँ संस्करण हो । 

छनोट भएका चलचित्र राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा प्रदर्शन गरिनेछ । महोत्वसमा ३८ मुलुकका ८९ चलचित्र प्रदर्शन हुने जनाइएको छ । 

चौथो संस्करण कोरोनाका कारण भर्चुअलरूपमा गरिएकामा यसपटक भने भौतिक उपस्थितिमै गर्न पाइएको भन्दै महोत्सव संयोजक यादव भट्टराईले खुसी व्यक्त गरे । उनले यस कार्यक्रमले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउने र विदेशी चलचित्रबाट नेपाली कलाकारले त्राण हासिल गर्ने बताए । 

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रबीच सात विधामा प्रतिस्पर्धासमेत हुने जनाइएको छ । 

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको सहआयोजकका रूपमा चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिका रहेका छन् । 

महोत्सव उद्घाटन समारोहमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमले चलचित्र क्षेत्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए । 

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्टेजमा जति नै बोले पनि नेपाली चलचित्र कमजोर रहेको स्वीकार गर्दै नीतिगतरूपमा केही समस्या रहेको औँल्याए। 

उनले कलाकारलाई चलचित्रमा उत्कृष्ट कथा खोज्न आग्रह गर्दै त्यसका लागि बोर्डले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending