काठमाडौं । काठमाडौँमा हिजोदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ । ‘विश्वभरका कथाको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ आजदेखि पाँचदिने महोत्सव सुरु भएको हो ।
महोत्सवको उद्घाटनका दिन आज नुवाकोटको तारुकामा परम्परागतरूपमा मनाइने गोरु जुधाइ पर्वका विषयमा पुरु लम्सालले निर्देशन गरेको वृत्तचित्र ‘गोरु पर्व’ प्रदर्शन गरिएको थियो । पाँच दिनसम्म चल्ने महोत्सव यसपटक पाँचौँ संस्करण हो ।
छनोट भएका चलचित्र राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा प्रदर्शन गरिनेछ । महोत्वसमा ३८ मुलुकका ८९ चलचित्र प्रदर्शन हुने जनाइएको छ ।
चौथो संस्करण कोरोनाका कारण भर्चुअलरूपमा गरिएकामा यसपटक भने भौतिक उपस्थितिमै गर्न पाइएको भन्दै महोत्सव संयोजक यादव भट्टराईले खुसी व्यक्त गरे । उनले यस कार्यक्रमले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउने र विदेशी चलचित्रबाट नेपाली कलाकारले त्राण हासिल गर्ने बताए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रबीच सात विधामा प्रतिस्पर्धासमेत हुने जनाइएको छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको सहआयोजकका रूपमा चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिका रहेका छन् ।
महोत्सव उद्घाटन समारोहमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमले चलचित्र क्षेत्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्टेजमा जति नै बोले पनि नेपाली चलचित्र कमजोर रहेको स्वीकार गर्दै नीतिगतरूपमा केही समस्या रहेको औँल्याए।
उनले कलाकारलाई चलचित्रमा उत्कृष्ट कथा खोज्न आग्रह गर्दै त्यसका लागि बोर्डले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: