Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

रुसमाथि थप प्रतिबन्धको तयारी, राष्ट्रसंघको सुरक्षा परिषद्‌बाट हटाउन जेलेन्स्कीको माग

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा सुनुवाइ गरिनुपर्ने भन्दै मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्‌बाट अलग गरिनुपर्ने माग गरेका छन्।

आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेयता पहिलोपटक राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा उनी बोल्दै थिए।

यसैबीच रुसी फौजहरूले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपहरू बाहिर आएपछि संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले मस्कोविरुद्ध थप प्रतिबन्धहरू घोषणाको तयारी गरेका छन्।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्थाहरू, क्रेम्लिनका अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताइन्।

वाल स्ट्रिट जर्नलका अनुसार वासिङ्टनले रुसको सबैभन्दा ठूलो ब्याङ्कमाथि पनि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ।

युरोपेली राजदूतहरूले बुधवार प्रतिबन्धहरूको पाँचौँ किस्ता घोषणा गर्दैछन् जसमा कोइलाको आपूर्तिमा रोक लगाउने र रुसको स्वामित्तव र सञ्चालनमा रहेका पानीजहाजहरूलाई इयुभित्रका बन्दरगाहको प्रयोग गर्न नदिने सहितका कदम छन्।

सुरक्षा परिषद्‌मा जेलेन्स्कीको सम्बोधन

यसअघि भिडिओ लिङ्कबाट राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा सम्बोधन गरेका जेलेन्स्कीले आफ्नो देशमा हमला गरेका फौजहरूले गरेका भनिएका अत्याचारहरूको विस्तृत विवरण उपलब्ध गराएका थिए।

देशको उत्तरी भागबाट रुसी फौज फिर्ता भएपछि त्यसबारे जानकारी आएको उनले उल्लेख गरे।

उनले युक्रेनी भूभाग कब्जा गरेका फौजहरूले 'मनोरञ्जन लिनका लागि मात्र समेत' मानिसहरूको हत्या गरेको र तिनीहरूलाई यताना दिएको जनाए।

जेलेन्स्कीले एउटा ग्राफिक्स भिडिओ पनि प्रस्तुत गरेका थिए जसमा मृत युक्रेनीहरू देखाइएको थियो। तर बीबीसीले स्वतन्त्र रूपमा ती तस्बिरहरू पुष्टि गरेको छैन्।

जबाफदेहिताको माग गर्दै जेलेन्स्कीले मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट हटाउनुपर्ने माग समेत गरेका छन्।

कसले के प्रतिक्रिया दिए

तर, रुसले पुन आफूविरुद्धका आरोप अस्वीकार गरेको छ।

राष्ट्रसङ्घका लागि रूसी राजदूत भासिली नेबेन्जियाले युक्रेनी र पश्चिमा सञ्चारमाध्यममा आएका विवरणमा एकरूपता नरहेको र त्यो नियोजित रहेको टिप्पणी गरे।

बुचामा फेला परेका शव रुसी फौजहरूले उक्त शहर छाड्दा त्यहाँ नरहेको उनले दोहोर्‍याएका थिए। बीबीसीले भूउपग्रहबाट खिचिएका तस्बिरका आधारमा मस्कोको उक्त दाबीलाई गलत भनेको थियो।

न्यूयोर्कमा भएको राष्ट्रसङ्घीय बैठकमा रुसी कदमको पुनः निन्दा गरिएको छ।

संयुक्त राज्य अमेरिकाले रुसलाई राष्ट्रसङ्घको मानवअधिकार परिषद्‌बाट हटाइनुपर्ने माग फेरी राखेको छ।

राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा टमस ग्रिनफिल्डले युक्रेनमा भएका अत्याचारका लागि रुसलाई एक्लाउन र जबाफदेही बनाउन लागिरहने प्रतिवद्धता जनाइन्।

रुसी आक्रमणलाई निन्दा नगरेको चीनले गैरसैनिकहरूको मृत्यु ज्यादै दु:खद भएको भन्दै कुनै पनि आरोप प्रमाणित तथ्यका आधारमा लगाइनुपर्ने टिप्पणी गरेको छ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा मानिसहरूको तीब्र विस्थापन उक्त युद्धले निम्त्याएको बताएका थिए।

बीबीसीसँग बोल्दै राष्ट्रसङ्घका लागि ब्रिटिस राजदूत बारबरा वुडवार्डले राष्ट्रसङ्घले रुसलाई जबाफदेही बनाउन प्रमाण सङ्कलन गरिरहेको र रुसी मिथ्या सूचनाको पर्दाफास गरिरहेको बताइन्।

थप युद्ध अपराधका आरोप

रुसी फौजहरू फिर्ता भएका युक्रेनी क्षेत्रहरूबाट विध्वंस र सम्भावित युद्ध अपराधका आरोप सम्बन्धी थप विवरणहरू आइरहेका छन्।

किएभको उत्तरमा अवस्थित बोरोड्यान्का नगरका प्रहरीले बमले उडाइएका छतका भग्नावशेष मुनी सयौँ मानिसहरू फसेको हुनसक्ने बताए।

पुरिएकाहरूलाई खनेर निकाल्ने प्रयास गरिरहेका मानिसहरूमाथि रुसी फौजले गोली चलाएको स्थानीयवासीले जनाएका छन्।

उक्त नगर पुगेका एक जना बीबीसी संवाददाता भन्छन् 'त्यहाँ भीषण गोलाबारी गरिएको थियो जसका कारण ठूलो विध्वशं भएको छ।'

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending