काठमाडौं । यूक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
किभ नजिकै बुचा र अन्य क्षेत्रमा अत्याचारको खोजपछि रोकिएको वार्तालाई जारी राख्न यूक्रेन निरन्तर लाग्ने जेलेन्स्कीले बताएका हुन्।
बुचाको भ्रमण गरेका अष्ट्रियाका चान्सलर कार्ल नेह्यामरसँगको पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, “यूक्रेनले सधैँ वार्ताका लागि तयार रहेको र यो युद्ध रोक्ने कुनै पनि जिम्मेवार उपायको खोजी गरिरहेको छ ।”
“दुःखको कुरा, हामी समानान्तर रूपमा महत्वपूर्ण युद्धहरूको तयारी देख्छौं, केही मानिसहरूले पूर्वमा निर्णायक युद्धहरू भन्छन्,” उनले पूर्वी क्षेत्रमा रूसी आक्रमणको संकेत गर्दै भने।
“कूटनीतिज्ञद्वारा यस युद्धको अन्त्य गर्न हामी लड्न र समानान्तर रूपमा हेर्न तयार छौं,” उनले थपे ।
दुई पक्षबीच मार्च २९ मा अन्तिम पटक प्रत्यक्ष वार्ता भएको सो क्रममा यूक्रेनी वार्ताकर्ताहरुले तेस्रो पक्षबाट सुरक्षा प्रत्याभूतिको बदलामा तटस्थता स्वीकार गर्न तत्पर रहेको जनाएको बताइएको छ ।
जेलेन्स्कीले भने, “पूर्व र दक्षिणमा हामीले हाम्रो इलाकाको अर्को भागमा कब्जा गर्न तयार भएका हतियार, उपकरण तथा फौजहरूको एकाग्रता देखेका छौं ।”
“कुनै पनि नयाँ रूसी आक्रमणको नतिजा ‘विभिन्न कारकहरू’मा निर्भर हुनेछ,” उनले भने। यूक्रेनको शक्ति, साझेदारहरूले हामीलाई कति चाँडो हतियार आपूर्ति गर्छन् भन्नेमा रहेको बताए ।
उनले रूसी नेता भ्लादिमिर पुटिन अझै अघि बढ्ने देखिएको बताए ।
१५ वटा पश्चिमा गैरसकारी संस्थालाई बन्द
रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ वटा पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने भएको छ । रुसले एमनेन्स्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यलय बन्द गर्ने घोषणा गरेको हो ।
संयुक्त राष्ट्रसंघ महासभाले यूक्रेनमा गरेको गम्भीर मानवअधिकार उल्लंघन र अत्याचारलाई लिएर रुसलाई राष्ट्रसंघीय मानव अधिकार नियोग (युएनएचसिआर) बाट निलम्बित गरेको छ ।
जवाफमा रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाका आफ्नो देशमा रहेका कार्यालय बन्द गर्ने घोषणा गरेको हो ।
रूसको कानुन उल्लंघन गरेकाले ती संस्थाहरु बन्द गर्ने निर्णय गरिएको रूसी न्याय मन्त्रालयले जनाएको छ, तर कुन कानुन कसरी उल्लंघन गरे भन्ने खुलाएको छैन ।
एमनेन्स्टी इन्टरनेशनलकी निर्देशक एग्नेस कालामार्डले सत्य बोलेका कारण रुसले आफूहरुलाई निशाना बनाएको बताए । तर, सत्य बाहिर ल्याउने कार्यमा आफूहरु थप सक्रिय भएर लाग्ने उनले उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०९:१९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...




प्रतिकृया लेख्नुहोस्: