एजेन्सी । युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जातीय नरसंहार गराएको अमेरिकी राष्ट्रपति जो बाइडनले आरोप लगाएका छन्।
यसअघि उनले रुसलाई युद्ध अपराध गरेको बताएका थिए।
बाइडनले सुरुमा उक्त टिप्पणी आयोवा राज्यमा बढ्दो इन्धन मूल्यसम्बन्धी नियन्त्रणका उपायहरू बताउने क्रममा गरेका थिए।
त्यहाँ उनले अलिखित सम्बोधनका क्रममा अमेरिकी परिवारको बजेट र इन्धनको मूल्य तिर्ने क्षमता आधा संसार पर रहेको कुनै तानाशाहले छेडेको युद्ध र जातीय नरसंहारमा भर पर्न नहुने बताएका थिए।
त्यसपछि उनले उक्त आरोपमा पुन: जोड दिँदै पुटिनले युक्रेनी हुनु नै अपराधझैँ गरेको र त्यो सोझै जातीय नरसंहार जस्तो आफूलाई लागेको बताए।
आफ्नो टिप्पणीको व्याख्या गर्दै उनले आफूले नरसंहार भनेको र त्यो कुरा पुटिनका क्रियाकलापका कारण झन् झन् स्पष्ट हुँदै गएको पनि बताए।
त्यसका निम्ति प्रमाणहरू पनि एकपछि अर्को प्राप्त हुँदै गएको उनले बताए।'रुसीहरूले युक्रेनमा गरेका त्रासदीपूर्ण कामका प्रमाण आइरहेका छन्। यसबारे हामीले झन् धेरै जान्नेछौँ।'
कानुनी रूपमा यस्ता कार्य के हुन् भन्ने निर्क्योल गर्ने जिम्मा वकिलहरूलाई दिइने तर सोझो रूपमा आफूलाई यो नरसंहार नै भएको लागेको बाइडनले बताए।
यसअघि अमेरिकी राष्ट्रपतिले बुचा तथा अन्य नगरहरूमा सयौँ गैरसैनिकको हत्यापश्चात् रुसलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएका थिए।
रुसले युक्रेनमा गैरसैनिकलाई निसानामा पारेको अस्वीकार गर्दै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: