Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

युक्रेन युद्ध : रुसको प्रमुख सैन्य पानीजहाजमा गम्भीर क्षति

अमेरिकाद्वारा युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा

खबरडबली संवाददाता

काठमाडौं । रुसको रक्षा मन्त्रालयले ब्ल्याक सीमामा विस्फोटक पदार्थ भण्डारण गरी तैनाथ एउटा आफ्नो सैन्य पानीजहाजमा आगलागी र विस्फोटबाट नराम्ररी क्षति भएको जनाएको छ।

उसले मस्क्भा अर्थात् मस्को नामक उक्त क्षेप्यास्त्र सहितको क्रुजरका चालकदलका सदस्यहरूलाई उद्धार गरिएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएको छ।

रुसी रक्षा मन्त्रालयले आगलागीको कारणबारे केही बताएको छैन। यसअघि एक युक्रेनी अधिकारीले उक्त सैनिक जहाजमा दुईवटा युक्रेनी क्षेप्यास्त्र लागेको बताएका थिए।

के भएको थियो ?

युक्रेनमा बनेको नेप्च्युन क्षेप्यास्त्र उक्त सैनिक जहाजमाथि प्रहार गरिएको बताइएको थियो।

युक्रेनी राष्ट्रपतिका एक सहयोगी ओलेक्सी एरिस्ट्रोभिचले रुसी उद्धारकर्ताहरू उक्त पानीजाहाजमा पुग्न नसकिरहेको भन्दै त्यहाँ ५१० जनासम्म रहेको हुनसक्ने बताएका थिए। तर त्यसको पुष्टि भएको थिएन।

यसअघि सीमामा रहेको एउटा टापुको प्रतिरक्षा गरिरहेका युक्रेनी सीमा रक्षकहरूसँग गरेको व्यवहारका कारण उक्त सैनिक पानीजहाजले बदनामी व्यहोरेको थिए।

स्नेक आइन्यान्डमा खटिएका ती युक्रेनी सैनिकले मस्कोले गरेको आत्मसम्पर्णको मागलाई अस्वीकार गरेपछि अन्ततः तिनलाई बन्धक बनाइएको थियो।

यसैबीच रुसी सेनाले आफ्नो भूमिमा आक्रमण भइरहे युक्रेनको राजधानीमा रहेका कमान्ड केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएको छ।

अमेरिकी सहयोगको घोषणा

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेको छ।

पूर्वी युक्रेनमा रुसले ुव्यापक बनाउने ठानिएको आक्रमणसँगु जुझ्न उपलब्ध गराइने उक्त सहयोग अन्तर्गत नयाँ अस्त्रहरू पनि रहने राष्ट्रपति जो बाइडनले बताएका छन्।

राष्ट्रपति जेलेन्स्कीसँगको वार्तापछि बाइडनले संयुक्त राज्य अमेरिकाले युक्रेनलाई उसको प्रतिरक्षाका लागि निरन्तर सहयोग गरिरहने बताए।

पेन्टागनका अधिकारीहरूले उनीहरूले आफ्नो अस्त्र भण्डारमा नरहेका अरू हतियारहरू युक्रेनलाई उपलब्ध गराउन साझेदारहरूसँग काम गरिरहेको जनाएका छन्।

बाइडन प्रशासनले हालसम्म युक्रेनलाई ३ अर्ब डलर भन्दा बढीको हतियार उपलब्ध गराएको छ। रुसी आक्रमणसँग जुझ्न आफ्नो देशलाई तत्कालै ठूलो परिमाणमा अस्त्रहरू चाहिएको जेलेन्स्कीले बताएका छन्।

बुचा र मारिउपोलको तस्बिरले रुसको वास्तविक उद्देश्य देखाएको छ। त्यसलाई हतियारको बलले मात्रै नियन्त्रण गर्न सकिन्छ।

प्रतिबद्धता जनाइएको ८० करोड अमेरिकी डलर बराबरका अस्त्रमा गोलीगठ्ठा र रेडार प्रणाली पनि छन् जसमध्ये कतिपय सञ्चालनका लागि युक्रेनी फौजहरूलाई थप तालिमको आवश्यकता पर्नेछ।

पेन्टागनका प्रवक्ता जन किर्बी भन्छन्, सम्भवतः युक्रेनी फौजहरूले हाउइट्जर र काउन्टर अर्टिलरी रेडारका लागि थप तालिम लिनुपर्छ।

कस्ता हतियार आउँदैछन्?

उनले रेडार प्रणाली सञ्चालनका लागि अप्ठेरो नभए पनि त्यो हालसम्म युक्रेनी अस्त्र भण्डारमा नरहेको बताए।

हाउइट्जर छोटो ब्यारलको तोप जस्तै हो जसलाई विपक्षी घेरामा गोलाबारीका निम्ति प्रयोग गरिन्छ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार युक्रेनलाई दिने सैन्य सहयोगमा १८ वटा हाउइट्जर र ४० हजार राउन्ड गोलीहरू हुनेछन्।

त्यसबाहेक सैयौँ क्षेप्यास्त्र, निशानाहरूमा उडाउन सकिने विशेष प्रकारका ड्रोनहरू पनि हुनेछन्। अमेरिकाले ११ वटा हेलिकोप्टर, सैयौँ बख्तरबन्द गाडी, विभिन्न किसिमका सुरक्षाकवच र बारुदी धराप, रासायनिक, जैविक, रेडियोधर्मी र परमाणुबाट जोगिने उपकरणहरू पठाउँदैछ।

क्षतिग्रस्त रुसी क्रुजरबारे 

मस्कोभा क्षेप्यास्त्र क्रुजर तत्कालीन सोभियत सङ्घ रहेको बेला सन् १९८० को दशकको सुरुमा बनेको हो।

युक्रेनको दक्षिणी शहर मेकलोएभमा निर्माण गरिएको उक्त सैनिक पानीजहाज हालैका दिनमा गोलाबारीका निम्ति रुसी फौजहरूले प्रयोग गर्दै आएका थिए।

एक सय ८६ मिटर लामो पानीजहाज सोभियत नौसेनाको ११६४ एट्लान्ट वर्गको प्रमुख पानीजहाज थियो। सुरुमा यसलाई स्लाभा भनिन्थ्यो र पछि मोस्कोभा नाम दिइएको थियो।

युद्धमा प्रयोग गरिने यो पानीजहाजमा जहाजप्रतिरोधी क्षेप्यास्त्रसहितका अस्त्रहरू छन्।

सन् २००० मा ब्ल्याक सी फ्लिटको प्रमुख ध्वजावाहक बनेको उक्त क्रुजरले सन् २०१५ मा सिरियामा भएको रुसी सैनिक अभियानमा प्रमुख भूमिका खेलेको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending