Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

विप्लव समूह परित्याग दर्जनौं केन्द्रीय नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश

खबरडबली संवाददाता

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दुर्जनौं नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे छ । आज खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरु, संविधान सभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जन बढी नेता तथा कार्यकर्ता पार्टी प्रवेश गर्नुभएकाे छ ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले जनयुद्दकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको बताउनुहुँदै अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीति अन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताउनुभयाे ।

पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताउँदै जनयुद्धकाे गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा जोड दिनुभयाे । जनयुद्दकालदेखिका कतिपय प्रशंगको चर्चा गर्दै प्रचण्डले यो ध्रुवीकरणले ठूलो सन्देश दिएको बताउँदै समाजवादी क्रान्तिका लागि अघि बढ्न परिवर्तकामी सबै कम्युनिष्टहरु ध्रुबीकरण हुन अपील गर्नुभयाे ।

अधुरो क्रान्ति पुरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीहरुको रिहाईका लागि आफूले पहल गर्ने समेत उहाँले बताउनुभयाे । विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा फसाएको भन्दै नवप्रवेशीहरुले माओवादी आन्दोलनको केन्द्रका रुपमा रहेको प्रचण्ड नेतृत्वको माओवादीमा समाहित हुने निर्णय गरेको बताउनुभयाे । नव प्रवेशीहरुका तर्फबाट बोल्दै नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ ले क्रान्तिमा विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्दकै उपलब्धि खोस्ने शक्तिहरुलाई लाभ पुग्ने आशंका उत्पन्न भएको बताउनुभयाे ।


“हामी नेपाली जनयुद्धलाई अगाडि बढाउन क्रममा जसरी लामबद्ध भएर अगाडि गयौं, पछिल्ला दिनहरुमा हाम्रा अभियानहरु क्षतविक्षत अवस्थामा पुगेको अनुभूति गरेका छौं, प्रतिक्रियावादीहरुले सिँगो माओवादी आन्दोलनलाई कमजोर बनाउन धावा बोलिरहेका छन् ।” उहाँले भन्नुभयाे, “अब पूर्व माओवादीहरु माओवादी धारामा केन्द्रीत भएर प्रतिक्रियावादीविरुद्ध चट्टान भएर खडा हुनुपर्छ ।”

माओवादी आन्दोलनमा देखा परेका वैचारिक तथा संगठनात्मक विवादलाई पार्टी विभाजन गर्ने तहसम्म पुर्याउनु गलत भएको उहाँले बताउनुभयाे । “पार्टीमा वैचारिक, कार्यशैली र कार्यक्रमिक अन्तरविरोध हुनु स्वभाविकै भएपनि आन्दोलन नै क्षतिविक्षत हुने काम भयो । पार्टीलाई अलग थलग बनाएर बिभिन्न बहानामा, विदेशी शक्ति केन्द्रबाट परिचालिन भएर आन्दोलनलाई क्षतविक्षत बनाइयो ।” उहाँले भन्नुभयाे, “त्यसैले हामीले पूर्व माओवादी एक भएर अघि बढ्नैपर्छ भन्ने अनुभूति गरेर ध्रुवीकरणको प्रक्रियामा अघि बढेका हौं । जनयुद्दलाई नस्वीकार्ने एमाले जस्तो शक्तिसँग गठबन्धनको जुन षडयन्त्र विप्लवहरुले गरेका छन्, त्यसबाट कतै विदेशी शक्तिका विरुद्ध आफ्नै इतिहास कुल्चिने काम त भइरहेको छैन भन्ने शंका भएको छ ।”

उहाँले अधुरो क्रान्ति पुरा गर्ने नाममा विप्लव पार्टीले सञ्चालन गरेको एकीकृत जनक्रान्तिमा १२ जनाको सहादत भएकोले उहाँहरुलाई सहिद घोषणा गर्न पहल गर्नुपर्ने बताउनुभयाे । सहिद र आश्रित परिवारलाई राहत र क्षतिपूर्तिका लागि पहल गर्ने र जेलबन्दीका रुपमा रहेका ११३ जनालाई रिहाईका लागि समेत पहल गर्न उहाँले अनुरोध गर्नुभयाे ।

विप्लव समूह परित्याग गरी ध्रुबीकरणमा समाहित हुनेहरूको नामावलीः–

 

  1. श्रवण,
  2. मुक्ति,
  3. राप्ती,
  4. पुकार, पूर्व जिल्ला इन्चार्च तथा व्यूरो सदस्य
  5. पर्वत, घाइते अपांग योद्धा संघ
  6. आवश्यकता ,पूर्व ब्यूरो सदस्य तथा संविधान सभा सदस्
  7. क्षितिज, पूर्व ब्यूरो सदस्य
  8. बिहानी, पूर्व बटालियन कमाण्डर
  9. करण, पूर्व कम्पनी कमाण्डर
  10. सोपान, पूर्व कम्पनी कामाण्डर
  11. रविन, पूर्व कम्पनी कमाण्डर
  12. जनक सिंह, वकिल
  13. दोभान, पूर्व ब्यूरो सदस्य
  14. मोहित, पूर्व कम्पनी कमाण्डर
  15. कृष्ण बिक पूर्व अध्यक्ष दलित मोर्चा
  16. रण ब. भण्डारी शिक्षक संगठन
  17. दीपक भण्डारी पूर्व के.स अखिल क्रान्तिकारी
  18. तुफान पूर्व कम्पनी भिसी
  19. भक्त वयक जिल्ला सदस्य पार्टी
  20. संगम पूर्व कम्पनी भिसि
  21. राजकुमार पूर्व कम्पनी भिसि
  22. विष्णु तिमिल्सिना पूर्व प्लाटुन कमाण्डर
  23. सर्वजित रावल पूर्व प्लाटुन कमाण्डर
  24. ममता बोहरासहित कैलालीबाट १३ जना जिल्ला कमिटि सदस्य
  25. इश्वरी चन्द, गंगा सिंह, जानकी तिमिल्सिना, राज बहादुर बुढा
  26. बुद्ध गुरु.ग पूर्व जिल्ला सदस्य धादिंग
  27. चेरोंग तामांग रसुवा पूर्व जिल्ला सदस्इ
  28. देव तामा विशेष फोर्स सदस्य
  29. ज्ञानु बम नेकपा माओवादी केन्द्र समाजवादी पोलिटब्यूरो सदस्य
  30. हरि नेपाली केन्द्रीय सदस्य
Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending