नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेस गफ गर्ने नभई काम गर्ने पार्टी भएको बताएका छन्।
नुवाकोटको दुप्चेश्वरमा आयोजित दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रवक्ता महतले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे।
“नुवाकोट जिल्ला मात्र नभई देशका सबै जिल्लामा विकासको मूल फुटाउने काम कांग्रेसले सुरु गरेको हो”, उनले भने, “हामी गफ गर्ने पाटी होइनौँ, अरु गफ गर्ने र हल्लाखल्ला बढी गर्छन् । कांग्रेस काम गर्नमा व्यस्त हुन्छ । चुनावमा गफ गर्नेलाई नभई काम गर्ने पार्टीलाई जनताले विश्वास गर्नुपर्छ ।”
उनले नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरलाई देशका प्रसिद्ध १० शक्तिपीठमध्येको एक बनाउने प्रतिबद्धता जनाए । उनले भने, “मन्दिरको संरक्षणको लागि गुरु योजना बनाएर पुरातात्विक मापदण्डअनुसार आवश्यक संरचना निर्माण गर्नुपर्दछ ।”
दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीमा लामो समयदेखि रहेको गोसाईंकुण्ड घ्याङगुठीको समस्या, नुवाकोटको सूर्यकुण्ड हुँदै गोसाईंकुण्ड जाने पदमार्गको व्यवस्थापन, जलविद्युत् आयोजना निर्माणले धार्मिक सम्पदामा पुग्ने असरप्रति सम्बन्धित पक्षलाई सजग गराउन सहयोग गर्ने प्रतिबद्धता सो अवसरमा उनले जनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: