Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

राप्रपा नेपाल र परिवार दलका नेता पनि एमालेकै उम्मेदवार !

'सूर्य चिन्ह अरु दलले स्वीकार्नु एमाले प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित हुनु हो'

खबरडबली संवाददाता

काठमाडौं । राप्रपा नेपाल र परिवार दलका नेताहरू पनि एमालेकै उम्मेदवार हुने भएको छन्। एमालेले राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा लड्न पाउने सहमतिसहित एमालेसँग तालमेल गरेपछि एमालेकै उम्मेदवार हुने निर्वाचन आयोगले जनाएको छ। 

आयोगको बिहीबार भएको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘चिन्हको कुरा सम्बन्धित पार्टीले हस्ताक्षर गरेर दिएपछि उम्मेदवार हुने हो। कुन व्यक्ति कुन दलसँग सम्बन्धित छ भन्ने आयोगलाई जानकारी हुँदैन। आयोगलाई सम्बन्धित दलले टिकट दिएपछि लड्न पाउँछ। जुन चुनाव चिह्नबाट लडेको छ। त्यो त्यही पार्टीको उम्मेदवार हुन्छ।’ 

त्यसो त एमालेका महासचिव शंकर पोखरेलले कमल थापाले राजतन्त्र छोडेकाले एमालले साथ दिएको बताएका छन्।

फेशबुकमा लेखेका छन्, विखण्डनको वाटो छोड्दा सिके राउतलाई, हिंसा छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक छ । निर्वाचनमा सूर्य चिन्ह अरुदलले स्वीकार्नु नेकपा (एमाले) प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित हुनु हो ।


निर्वाचनमा सूर्य चिन्ह अरु दलले स्वीकार्नु एमाले प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित हुनु उनको भनाइ छ। 

आचारसंहित उल्लंघन गर्ने नोटिसमा !

आयोगले निर्वाचन आचारसहित उल्लंघन गर्नेलाई नोटिस गरिरहेकाले कारवाही गर्ने समेत बताए।  स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता एवं कार्यकर्ताहरूलाई आग्रहसमेत गरेको छ। 

निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरूप्रति आयोगको ध्यानाकर्षण भएको बताए। 

७० लाख ३३ हजार थान मतपत्र छपाइ 

आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको र  हाल दैनिक ८ लाख थान मतपत्र छपाइ भइरहेको जानकारी दिए। 

स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइ पर्यवेक्षण अनुमतिका लागि गत चैत्र १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमबाट निवेदन प्राप्त भएको र उक्त निवेदन उपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमति सम्बन्धित निर्णय गर्ने बताए। 

निर्वाचनका विषयमा अन्योलता सिर्जना गर्ने किसिमका अभिव्यक्ति नदिनुहुन सरोकारवाला सबैलाई आयोग गरेका छन्। 

आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ । हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ भइरहेको छ ।

स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइ पर्यवेक्षण अनुमतिका लागि गत चैत्र १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमबाट निवेदन प्राप्त भएको छ। ती संस्थाबाट प्रस्तावित पर्यवेक्षकको संख्या २० हजार ४ सय ६७ रहेकोमा पुरुष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २९१ जना छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending