Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

सम्पादक नेपाललाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

रासस

नुवाकोट । ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०७८’ राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक विष्णु नेपाल र ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०७८’ हिमालय टेलिभिजनका समाचार प्रमुख  राजेन्द्र बानियाँलाई अर्पण गरिएको छ ।

सम्पादक समाजद्वारा आफ्ना संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा  स्थापित ती पुरस्कारको राशिको  क्रमशः रु १५ हजार १ र रु २५ हजार १ सहित सम्मानपत्र रहेको छ ।  

शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा समाज नेपालले निर्माण गरेको ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ शुभारम्भका अवसरमा शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले ती पुरस्कार पत्रकारद्वयलाई प्रदान गरे। 

समारोहमा उनले पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पु¥याएवापत वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, मल्ल के सुन्दर र कृष्णा ताम्राकारलाई दोसल्ला ओढाई सम्मान गरे। विसं २०६२ देखि समाजले हरेक वर्ष ती पुरस्कार र सम्मान प्रदान गर्दै आइरहेको छ ।

सोही अवसरमा कांग्रेसका प्रवक्ता डा महतले अध्ययन केन्द्रको हातामा निर्माण गरिएको समाजका संस्थापक अध्यक्ष वियोगीको अर्ध कदको सालिक अनावरण गर्नुका साथै माल्र्यापणसमेत गरे। 

सो समारोहलाई सम्बोधन गर्दै कांग्रेसका प्रवक्ता डा महतले नागरिकले पाँच– पाँच वर्षमा मतदान गर्नेमात्र नभई निर्वाचित जनप्रतिनिधिका गतिविधिका बारेमा निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए । 

उनले भने, “लोकतन्त्रलाई संस्थागत गर्न जीवन पद्धतिमै लोकतान्त्रिक मूल्य, मान्यता उतार्नुपर्ने पर्छ ।” 

संविधानमा धेरै कुरा लेखे पनि कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै उनले क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन राज्यले समेत प्रशिक्षण एवं अध्ययन केन्द्र निर्माण गर्न नसकेका बेला सम्पादक समाजले उदाहरणीय काम गरेको बताए । 

समाजका महासचिव श्याम डोटेलले नगरकोटभन्दा ५०० फिट उचाइमा रहेको सुइरेचौरमा निर्माण भएको ‘वियोगी पत्रकारिताा अध्ययन केन्द्र’मा २५ जनासम्म पत्रकारलाई आवासीय प्रशिक्षण दिन सकिने जानकारी दिए । 

उनले समाजको भवन निर्माणमा अथक योगदान दिनुहुने वियोगीका ज्येष्ठ सुपुत्र किरण वैद्यलगायत सबैलाई धन्यवाद दिनुहुँदै आगामी दिनमा अध्यन केन्द्र सञ्चालन गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताए । करिब डेढ रोपनी जग्गामा बनेको सो भवन तीन तलाको छ । 

सम्मानित पत्रकार मल्ल र बानियाँले सञ्चारकर्मीले हिंसा र निरङ्कुशतालाई साथ दिनु नहुने उल्लेख गर्नुहुँदै पत्रकारितामा व्यापारीकरण बढ्दै गएकामा चिन्ता व्यक्त गरे। नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले अध्ययन केन्द्र भवनको रेखदेख र प्रचार–प्रसारका लागि स्थानीय सरकार र स्थानीय सञ्चारकर्मीको पनि सहयोग रहनुपर्नेमा जोड दिए । 

शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले सातवटा हिमाल देखिने सुइरेचौर, चिसापानीजस्ता पर्यटकीयस्थल रहेको गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका कारण प्रदेश र सङ्घीय सरकारको पनि सहयोग आवश्यक रहेको बताए । 

सातवटा हिमाल देखिने सुइरेचौर पुग्न ९०० मिटर सडक निकुञ्ज भएर जानुपर्छ । जगत् चेकपोष्ट भएर यो सडक पार गर्ने आन्तरिक पर्यटकलाई पनि निकुञ्जले रु ५०० सम्म शुल्क लिने गरेकाले पर्यटन प्रवद्र्धनमा समस्या भएको उनको भनाइ थियो ।

कार्यक्रममा वियोगीका ज्येष्ठ सुपुत्र वैद्य नेपाली पत्रकारिताको थप उन्नयन तथा अध्ययनका लागि  ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ ले सहयोग मिल्ने विश्वास व्यक्त गर्दै यसको सञ्चालनमा लागि थप सहयोग दिने जानकारीसमेत दिए। 

समाजका सदस्य माधव दुलालले पत्राकारिता प्रशिक्षणका लागि पहिलोपटक समाजले स्थापना गरेको ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ले व्यावसायिक पत्रकारिताको विकास तथा प्रवद्र्धनमा योगदान दिने विश्वास व्यक्त गर्दै केन्द्र सञ्चालनमा राज्यले आगामी दिनमा ध्यान दिनुपर्ने बताए। 

इम्जा एशियाका अध्यक्ष टङ्क पन्त र समाजका वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधानलगायतले पत्रकारिताको संस्थागत विकासका लागि अध्ययन केन्द्रले काम गर्नुपर्नेमा जोड दिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँचथरमा कांग्रेसका केरुङ विजयी

पाँचथर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन। आज सम्पन्न मतगणनाअनुसार उहाँ १७ हजार २३३ मत प्र...

जेनजी आन्दोलन- छानबिन आयोगले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडका घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आज प्रधानमन्त्री सुशीला ...

दार्चुलामा कांग्रेसलाई हराउँदै एमालेका ठगुन्ना विजयी

दार्चुला । दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। नेपाली कांग्रेसका धर्मानन्द जोशीलाई ३ हजार ५५ मतले पराजित गर्दै ठगुन्नाले तेस्रोप...

सर्लाही ३ मा नारायणकाजी श्रेष्ठ पराजित, रास्वपाका साह विजयी

सर्लाही । प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह फराकिलो मतान्तरले विजयी भएका छ...

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर ।  बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका ...

रास्वपा सय सिटमा विजयी, अन्य दल कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म सय क्षेत्रमा विजयी भएको छ । आज बिहान ६ः१५ बजेसम्मक...

सिन्धुपाल्चोक १ मा रास्वपाका भरत पराजुली विजयी

सिन्धुपाल्चोक । प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोक १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भरत पराजुली विजयी भएका छन्।  पराजुलीले २४...

यी हुन् कांग्रेसले जितेका १४ सिट (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अन्तिम निर्वाचन परिणाम अनुसार कांग्रेसका नरेन्द्रकुम...

ओलीको अहंकारको मूल्य एमालेलाई भारी

काठमाडौं । बलियो संगठन र स्थायी मताधार भएको एमालेलाई यसपटकको निर्वाचन परिणामले इतिहासकै गम्भीर झड्का दिएको छ । एमाले ०४८ यताकै सबैभन्दा कमजोर अवस्थामा...

वडाध्यक्षमा पराजित जोशीको संसदीय यात्रा

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बझाङको दुर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE