Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

बल्न छोडे तुलसीपुरका सडक बत्ती

रासस

तुलसीपुर । तुलसीपुर बजारका सडकका दायाबाया राखिएका बत्ती बल्न छोडेको तीन वर्ष पुग्नै लाग्यो । २०७३ सालमा सडक बत्ती जडान गर्ने सम्झौता भएपछि २०७४ सालतिर जडान भए । 

यसपछि ती सौर्य सडक बत्तीको टिकाउ भनेको केहीको एक वर्ष भयो, भने केही बत्ती बढीमा डेढ वर्ष टिके । यसपछि सबै सडक बत्ती बल्न छोडे । रातिमा बल्नुपर्ने बत्ती बल्न छाडेपछि  पैदलयात्रुलाई मात्रै सास्ती छैन, वरपरका व्यवसायीलाई पनि निकै समस्या हुनेगर्छ । 

“सडक बत्ती नाम मात्रैका भए, बल्न छोडेको धेरै वर्ष भयो”, तुलसीपुरका सुनचाँदी व्यवसायी तुलसीराम सुनारले भने,  “हाम्रा  पसलमा सीसी क्यामेरा त छन्, तर बत्ती नै नभएपछि त्यो पनि देखिन समस्या हुने गरेको छ ।” 

तुलसीपुरका विभिन्न ठाउँका पसलमा चोरी भए पनि चोरी गर्ने व्यक्तिलाई पत्ता लगाउन निकै समस्या हुने गरेको जनाइएको छ ।  सडक बत्ती नबल्दा सीसी क्यामेराले देखाए पनि अनुहार चिन्न गाह्रो हुन्छ । बत्ती बल्न छोडेको लामो समय भइसक्दा पनि मर्मतका लागि कुनै पनि पहल भएको देखिँदैन । 

अहिले सौर्य सडक बत्ती बल्न छोडेपछि सम्बन्धित टोल विकास संस्थाले आफूहरुले नै बत्ती जडान गरेर बाल्ने गरेका छन् । सौर्य बत्तीमा अन्य बत्ती जडान गरेर भए पनि काम चलाउन गर्ने गरिएको  तुलसीपुर–५ स्थित प्रतिभा टोल विकास संस्थाका अध्यक्ष प्रेम योगीले बताए । 

“हाम्रो टोलमा १५ वटा यस्ता बत्ती जडान गरिएको हो । ती एक वर्षसम्म मात्रै बले”, उनले भने, “खासमा पाँच वर्ष ग्यारेन्टी भनेर हामीलाई भने पनि सबैको मिलाएर पाँच वर्ष रहेछ, ब्याट्री त दुई वर्षको मात्रै रहेछ, यो कुरा पछि ब्याट्री बिग्रिएपछि आएका इन्जिनियरले भनेपछि मात्रै हामीले थाहा पायौँ ।”

यी बत्ती मर्मत गरिदिने भनी पटक–पटक आश्वासन दिने गरेको भए पनि मर्मत गर्नतर्फ कसैले ध्यान नदिएको उहाँको गुनासो छ । अहिले कसैले चासो नदिएपछि आफैँले बत्ती राखेर सडकमा बत्ती बाल्ने गरेको उनको भनाइ छ । 

बजारमा मात्रै होइन, अन्य स्थानमा पनि सौर्य बत्ती जडान गरिएको थियो । तुलसीपुर–१९ छिल्लीकोटको मालिका मन्दिरमा पनि बत्ती जडान  गरिएको थियो तर, त्यो बत्ती पनि बिग्रिएको लामो समय भएको स्थानीय अगुवा प्रविर पुनले बताए । “हामीले पटक–पटक जानकारी गरायौँ”, उनले भने, “तर, त्यो बत्ती बिग्रिएको लामो समय कसैले पनि चासो देखाएनन् ।”

तुलसीपुरका विभिन्न स्थानमा १२५ सौर्य बत्ती जडान गरिएको छ । तीन पटक गरेर  ती बत्ती जडान गरिएको हो । पहिलो पटक ३५  बत्ती जडान गरिएको हो । ती बत्तीमा रु ३६ लाख ३६ हजार लगानी लागेको थियो । 

त्यस्तै दोस्रो पटक रु ७० लाख बजेट र १० प्रतिशत स्थानीयको सहभागितामा सडक बत्ती जडान गरिएको हो । त्यस्तै तेस्रो चरणमा विभिन्न सार्वजनिकस्थल, बाटो, टोल, शवदाहगृहलगायतका स्थानमा बत्ती जडान गरिएको इन्जिनियर पवनकुमार योगीले बताए । 

“हामीले तीन चरणमा सडक बत्ती जडान गरेका हौँ, यहाँ विभिन्न ठाउँमा १२५ वटा सडकबत्ती जडान गरिएको छ”, उनले भने, “तर, अहिले केही स्थानमा बत्ती जडान गरिएको छ ।”

उनका अनुसार ब्याट्रीको पाँच वर्ष, प्यानलको १५ वर्ष ग्यारेन्टी रहेको बताए। प्यानलमा धुलो लाग्दा बत्ती नबल्ने समस्या रहने उनको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँचथरमा कांग्रेसका केरुङ विजयी

पाँचथर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन। आज सम्पन्न मतगणनाअनुसार उहाँ १७ हजार २३३ मत प्र...

जेनजी आन्दोलन- छानबिन आयोगले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडका घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आज प्रधानमन्त्री सुशीला ...

दार्चुलामा कांग्रेसलाई हराउँदै एमालेका ठगुन्ना विजयी

दार्चुला । दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। नेपाली कांग्रेसका धर्मानन्द जोशीलाई ३ हजार ५५ मतले पराजित गर्दै ठगुन्नाले तेस्रोप...

सर्लाही ३ मा नारायणकाजी श्रेष्ठ पराजित, रास्वपाका साह विजयी

सर्लाही । प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह फराकिलो मतान्तरले विजयी भएका छ...

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर ।  बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका ...

रास्वपा सय सिटमा विजयी, अन्य दल कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म सय क्षेत्रमा विजयी भएको छ । आज बिहान ६ः१५ बजेसम्मक...

सिन्धुपाल्चोक १ मा रास्वपाका भरत पराजुली विजयी

सिन्धुपाल्चोक । प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोक १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भरत पराजुली विजयी भएका छन्।  पराजुलीले २४...

यी हुन् कांग्रेसले जितेका १४ सिट (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अन्तिम निर्वाचन परिणाम अनुसार कांग्रेसका नरेन्द्रकुम...

ओलीको अहंकारको मूल्य एमालेलाई भारी

काठमाडौं । बलियो संगठन र स्थायी मताधार भएको एमालेलाई यसपटकको निर्वाचन परिणामले इतिहासकै गम्भीर झड्का दिएको छ । एमाले ०४८ यताकै सबैभन्दा कमजोर अवस्थामा...

वडाध्यक्षमा पराजित जोशीको संसदीय यात्रा

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बझाङको दुर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE