Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

बल्न छोडे तुलसीपुरका सडक बत्ती

रासस

तुलसीपुर । तुलसीपुर बजारका सडकका दायाबाया राखिएका बत्ती बल्न छोडेको तीन वर्ष पुग्नै लाग्यो । २०७३ सालमा सडक बत्ती जडान गर्ने सम्झौता भएपछि २०७४ सालतिर जडान भए । 

यसपछि ती सौर्य सडक बत्तीको टिकाउ भनेको केहीको एक वर्ष भयो, भने केही बत्ती बढीमा डेढ वर्ष टिके । यसपछि सबै सडक बत्ती बल्न छोडे । रातिमा बल्नुपर्ने बत्ती बल्न छाडेपछि  पैदलयात्रुलाई मात्रै सास्ती छैन, वरपरका व्यवसायीलाई पनि निकै समस्या हुनेगर्छ । 

“सडक बत्ती नाम मात्रैका भए, बल्न छोडेको धेरै वर्ष भयो”, तुलसीपुरका सुनचाँदी व्यवसायी तुलसीराम सुनारले भने,  “हाम्रा  पसलमा सीसी क्यामेरा त छन्, तर बत्ती नै नभएपछि त्यो पनि देखिन समस्या हुने गरेको छ ।” 

तुलसीपुरका विभिन्न ठाउँका पसलमा चोरी भए पनि चोरी गर्ने व्यक्तिलाई पत्ता लगाउन निकै समस्या हुने गरेको जनाइएको छ ।  सडक बत्ती नबल्दा सीसी क्यामेराले देखाए पनि अनुहार चिन्न गाह्रो हुन्छ । बत्ती बल्न छोडेको लामो समय भइसक्दा पनि मर्मतका लागि कुनै पनि पहल भएको देखिँदैन । 

अहिले सौर्य सडक बत्ती बल्न छोडेपछि सम्बन्धित टोल विकास संस्थाले आफूहरुले नै बत्ती जडान गरेर बाल्ने गरेका छन् । सौर्य बत्तीमा अन्य बत्ती जडान गरेर भए पनि काम चलाउन गर्ने गरिएको  तुलसीपुर–५ स्थित प्रतिभा टोल विकास संस्थाका अध्यक्ष प्रेम योगीले बताए । 

“हाम्रो टोलमा १५ वटा यस्ता बत्ती जडान गरिएको हो । ती एक वर्षसम्म मात्रै बले”, उनले भने, “खासमा पाँच वर्ष ग्यारेन्टी भनेर हामीलाई भने पनि सबैको मिलाएर पाँच वर्ष रहेछ, ब्याट्री त दुई वर्षको मात्रै रहेछ, यो कुरा पछि ब्याट्री बिग्रिएपछि आएका इन्जिनियरले भनेपछि मात्रै हामीले थाहा पायौँ ।”

यी बत्ती मर्मत गरिदिने भनी पटक–पटक आश्वासन दिने गरेको भए पनि मर्मत गर्नतर्फ कसैले ध्यान नदिएको उहाँको गुनासो छ । अहिले कसैले चासो नदिएपछि आफैँले बत्ती राखेर सडकमा बत्ती बाल्ने गरेको उनको भनाइ छ । 

बजारमा मात्रै होइन, अन्य स्थानमा पनि सौर्य बत्ती जडान गरिएको थियो । तुलसीपुर–१९ छिल्लीकोटको मालिका मन्दिरमा पनि बत्ती जडान  गरिएको थियो तर, त्यो बत्ती पनि बिग्रिएको लामो समय भएको स्थानीय अगुवा प्रविर पुनले बताए । “हामीले पटक–पटक जानकारी गरायौँ”, उनले भने, “तर, त्यो बत्ती बिग्रिएको लामो समय कसैले पनि चासो देखाएनन् ।”

तुलसीपुरका विभिन्न स्थानमा १२५ सौर्य बत्ती जडान गरिएको छ । तीन पटक गरेर  ती बत्ती जडान गरिएको हो । पहिलो पटक ३५  बत्ती जडान गरिएको हो । ती बत्तीमा रु ३६ लाख ३६ हजार लगानी लागेको थियो । 

त्यस्तै दोस्रो पटक रु ७० लाख बजेट र १० प्रतिशत स्थानीयको सहभागितामा सडक बत्ती जडान गरिएको हो । त्यस्तै तेस्रो चरणमा विभिन्न सार्वजनिकस्थल, बाटो, टोल, शवदाहगृहलगायतका स्थानमा बत्ती जडान गरिएको इन्जिनियर पवनकुमार योगीले बताए । 

“हामीले तीन चरणमा सडक बत्ती जडान गरेका हौँ, यहाँ विभिन्न ठाउँमा १२५ वटा सडकबत्ती जडान गरिएको छ”, उनले भने, “तर, अहिले केही स्थानमा बत्ती जडान गरिएको छ ।”

उनका अनुसार ब्याट्रीको पाँच वर्ष, प्यानलको १५ वर्ष ग्यारेन्टी रहेको बताए। प्यानलमा धुलो लाग्दा बत्ती नबल्ने समस्या रहने उनको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...

रवि-बालेन एकैठाउँमा आउँदा कुलमान पनि जोडिन्छन् ?

प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...

निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट, आयोगलाई ७ अर्ब, सुरक्षामा २० अर्ब माग

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...

पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...

फुङलिङमा भालु नियन्त्रणमा लिन फलामको खोर राखियो, सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...

अब दुई कार्य दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending