Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

रुस-युक्रेन युद्धको कथा : 'रुसी सैनिकहरूले मलाई बलात्कार गरे, मेरो श्रीमान्‌को हत्या गरे'

पुटिनलाई प्रश्न : हाम्रो भूमिमा कब्जा जमाएर किन मारिरहेका छौँ ?

खबरडबली संवाददाता

काठमाडौं । रुसी फौजहरू किएभ वरपरको क्षेत्रबाट फिर्ता भएका छन् तर उनीहरूले मानिसहरूलाई गहिरो चोट दिएका छन् जसको आघातबाट उनीहरू कहिल्यै पनि ठिक नहुन सक्छन्।

चेतावनी: यो रिपोर्टमा यौन हिंसाको वर्णन गरिएका विवरण समावेश छ।

बीबीसीले युक्रेनी पीडित स्वयंका बयानहरू सुनेको छ र महिलाहरूलाई अतिक्रमणकारी सैनिकहरूले बलात्कार गरेका प्रमाणहरू भेटाएको छ।

किएभबाट ७० किलोमिटर पश्चिमको शान्त ग्रामीण बस्तीमा हामीले ५० वर्षकी आनासँग कुरा गर्‍यौँ। उनको परिचय जोगाउन हामीले उनको नाम परिवर्तन गरेका छौँ।

आनाले हामीलाई बताए अनुसार मार्च ७ मा आफ्ना श्रीमान्‌सँग बसिरहेको बेला एकजना विदेशी सैनिक जबरजस्ती प्रवेश गर्‍यो।

'टाउकोमा बन्दुक तेर्साएर उसले मलाई नजिकैको घरमा लग्यो। उसले मलाई आदेश दियो: 'कपडा फुकाल् या म गोली हानेर मारिदिन्छु' भनेजस्तो नगरे मलाई मारिदिने उसले मलाई चेतावनी दियो। त्यसपछि उसले मलाई बलात्कार गर्न थाल्यो,' उनले भनिन्।

आनाले आफ्ना हमलाकारीलाई रुसलाई समर्थन गर्ने कलिलो, पातलो चेचन लडाकुका रूपमा वर्णन गरिन्।

'उसले मलाई बलात्कार गरिरहेका बेला थप चारजना सैनिकहरू प्रवेश गरे। मलाई लाग्यो अब म मारिनेछु। तर त्यसपछि उनीहरूले उसलाई लगे। मैले उसलाई फेरि देखिनँ,' उनले भनिन्। 

रुसी सैनिकहरूको अलग्गै युनिटले आफूलाई बचाएको उनलाई लाग्छ। आना घर फर्किँदा आफ्ना श्रीमान्‌को अवस्था दर्दनाक थियो। उनलाई पेटमा गोली लागेको थियो।

'मलाई बचाउन उनी मेरो पछि पछि दौडिएर आउने प्रयासमा थिए तर उनीमाथि धेरै गोली चलाइयो' उनले भनिन्। 

उनीहरू दुवैले छिमेकीको घरमा आश्रय लिए। लडाइँका कारण उनका श्रीमान्‌लाई अस्पताल लैजान सकिएन र दुई दिनपछि चोटका कारण उनको निधन भयो।

आनाको श्रीमान्को शव बगैँचामा गाडिएको छ

आनाको श्रीमान्‌को शव गाडिएको बगैँचा 

आफ्नो वेदना सुनाउँदा आना रोएको रोयै थिइन्। उनले हामीलाई उनी र उनका छिमेकीहरूले उनका श्रीमान्‌को शवलाई गाडेको घर पछाडिको ठाउँ पनि देखाइन्। गाडिएको ठाउँको मास्तिर अग्लो काठको क्रस ठडिएको छ। आनाले आफू स्थानीय अस्पतालसँग सम्पर्कमा रहेको र मनोवैज्ञानिक सहयोग लिइरहेको बताइन्।

'जब उनीहरूले छाडे, मैले लागुऔषध र भिआग्रा फेला पारे। उनीहरू नसामा हुन्थे र अधिकांश अवस्थामा मातेका हुन्थे। उनीहरूमध्ये अधिकांश हत्यारा, बलात्कारी र लुटेराहरू हुन्। उनीहरूमध्ये थोरै ठिक छन्।'

त्रासदीपूर्ण वेदना

आनाको घरभन्दा तल हामीले अर्को त्रासदीपूर्ण कथा सुन्यौँ। एकजना महिलालाई बलात्कार गरिएको र हत्या गरिएको आरोप लगाइएको छ। र छिमेकीहरू भन्छन् आनालाई बलात्कार गर्ने पुरुषले नै आनाको घर जानुअघि त्यसो गरेका हुन्।

ती महिला ४० वर्ष हाराहारीकी थिइन्। छिमेकीहरूका अनुसार उनलाई घरबाट बाहिर निकालियो र लडाइँ सुरु भएपछि खाली रहेको एउटा घरको सुत्ने कोठामा लगेर बन्धक बनाइयो।

ऐनामा लेखिएको सन्देश

राम्रो साजसज्जा गरिएको र रङ्गिन वाल पेपर सहितको उक्त कोठा अहिले अत्यासलाग्दो अपराध स्थल जस्तो देखिएको छ। त्यहाँ ओछ्यान र सिरानमा रगतका ठूला टाटाहरू छन्।

एउटा कुनामा ऐना छ जसमा लिपस्टिकले लेखिएको एउटा सन्देश छ। त्यसमा पीडितलाई कहाँ गाडिएको छ भनेर लेखेको जस्तो देखिन्छ।

ओस्कानाका छिमेकीहरूले हामीलाई रुसी सैनिकहरूले ती महिलाको शव फेला पारेको र त्यसलाई गाडेको बताए।

उनीहरूमध्ये एकले भने, 'उनीहरूले (रुसी सैनिकहरूले) मलाई भने कि उनको बलात्कार गरिएको थियो र उनको घाँटी चिरा पर्ने गरी काटिएको थियो वा धारिलो हतियारले प्रहार गरिएको थियो र त्यसपछि रगत बगेका कारण उनको मृत्यु भयो। उनीहरूले त्यहाँ एकदमै धेरै रगत रहेको बताए।'

ती महिलाको शवलाई उक्त घरको बगैँचामा गाडिएको थियो। हामीले उक्त क्षेत्रको भ्रमण गरेको भोलिपल्ट प्रहरीले घटनाको अनुसन्धानका लागि शव उत्खनन गर्‍यो। उक्त शवमा कुनै कपडा थिएन र घाँटीमा गहिरो र लामो गरी काटिएको थियो।

किएभ क्षेत्रका प्रहरी प्रमुख एन्ड्री नेभीटोभले हामीसँग किएभभन्दा ५० किलोमिटर पश्चिममा पर्ने गाउँमा अर्को घटनाको पनि आफूहरूले छानबिन गरिरहेको बताए।

तीस वर्ष वरपर उमेर रहेका एउटा जोडी र उनीहरूका एक सन्तान गाउँको कुनामा रहेको एउटा घरमा बस्थे।

नेभीटोभले भने, 'मार्च ९ मा रुसी सेनाका कैयौँ सदस्यहरू घरमा प्रवेश गरे। श्रीमान्‌ले श्रीमती र बच्चालाई जोगाउने प्रयास गरे। त्यही भएर उनीहरूले आँगनमा उनलाई गोली हानिदिए।'

'त्यसपछि दुई सैनिकहरूले बारम्बार श्रीमतीलाई बलात्कार गरिएको भनिएको छ। उनीहरू जान्थे र फेरि फर्किएर आउँथे। सैनिकहरू ती महिलालाई बलात्कार गर्न तीन पटक फर्किएर आए। प्रतिरोध गरेमा उनको सानो बच्चालाई नोक्सान पुर्‍याउने चेतावनी उनीहरूले दिए। आफ्नो सन्तानलाई जोगाउन उनले प्रतिरोध गरिनन्।'

सैनिकहरू जानेक्रममा उनीहरूले घर जलाइदिए र परिवारको कुकुरलाई मारिदिए। आफ्ना छोरासँग भागेकी ती महिलाले प्रहरीलाई सम्पर्क गरिन्। नेभीटोभले उनको समूहले ती महिलालाई भेटेको र उनको बयान लिएको बताए।

उनका श्रीमान्‌को शवलाई छिमेकीहरूले बगैँचामा गाडिदिए। प्रहरीले त्यो शव उत्खनन गरेको छ। उनीहरू उक्त घटनालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने योजनामा छन्।

परिवारको जलेको घर

परिवारको जलेको घर

मनोविमर्शको आवश्यकता

युक्रेनको मानवअधिकार हेर्ने स्वायत्त अधिकारी लुडमिला डेनिसोभाका अनुसार उनीहरूले कैयौँ त्यस्ता घटनाका विवरण सङ्कलन गरेका छन्।

उनी भन्छिन्, 'बुचाको एउटा घरको भूमिगत तला कब्जा गरेर १४ देखि २४ वर्षका करिब २५ जना बालिका र महिलाहरूलाई योजनाबद्ध किसिमले बलात्कार गरिएको थियो। त्यसमध्ये नौ जना गर्भवती छन्।'

उनले मद्दत माग गर्दै हेल्पलाइनमा कैयौँ कलहरू आएको र टेलिग्राम मेसेजिङ एपमार्फत् पनि सूचनाहरू आउने गरेको बताइन्।

'एकजना २५ वर्षकी महिलाले हामीलाई सम्पर्क गरेर आफ्नी १६ वर्षकी बहिनीलाई आफ्नो सामुन्ने चोकमा बलात्कार गरिएको बताइन्। उनीहरूले 'प्रत्येक नाजी यौनकर्मी' लाई यस्तै गरिनेछ भन्दै कराउँदै बलात्कार गरेका थिए।'

अहिले पीडितहरूलाई मनोपरामर्श चाहिएको भन्दै उनले बयानहरू सङ्कलन नगर्दासम्म कुन तहमा त्यस्ता यौन अपराध भयो भन्न नसकिने बताइन्।

आफूले बेहोरेका पीडाबारे कुरा गर्न सबैजना अझै तयार नभइसकेको उनको भनाइ छ।

बलात्कार सहितका युद्ध अपराधका आरोपबारे संयुक्त राष्ट्रसङ्घले एउटा विशेष ट्राइब्यूनल गठन गरेर भ्लादिमिर पुटिनमाथि व्यक्तिगत रूपमा नै कारबाही अघि बढाउनुपर्ने उनी ठान्छिन्।

आफू बलात्कृत भएको बताउने आना भन्छिन्, 'म पुटिनलाई सोध्न चाहन्छु किन यस्तो भइरहेको छ। मैले बुझ्न सकिरहेकी छैन। हामी ढुङ्गे युगमा बाँचिरहेका छैनौँ, हामी किन लेनदेन गर्न सक्दैनौँ? उनले किन हाम्रो भूमिमा कब्जा जमाइरहेका छन् र किन मारिरहेका छन्?' बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी विभाजनविरुद्ध अदालत जाँदै उपेन्द्र यादव

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने तयारी गरेको छ । यसबारे औपचारिक निर्णय गर्न आज ...

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अध...

बलात्कार मुद्दामा सन्दीपको दाबी- यो घटना घटेको होइन, घटाइएको हो

गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

पहाडी र तराई क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान वि...

सुनकोसी-मरिण डाइभर्सनको आज ‘ब्रेक थ्रु’

काठमाडौं । सिन्धुलीमा निर्माणाधिन बहुचर्चित सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङको आज ‘ब्रेक थ्रु’ हुँदैछ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ...

इलाम-२ बाट निर्वाचित सुहाङले आज सांसद पदको शपथ लिँदै

काठमाडौं । गत वैशाख १५ गते इलाम २ मा भएको उपनिर्वाचनबाट विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन्। सिंहदरबारस्थित कृषि समितिको...

म्याग्दीको विकट खतेन गाउँमा पुग्याे विजुली

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो...

मन्त्री हेरफेरको गृहकार्यमा प्रधानमन्त्री, को हट्दैछ, को मन्त्री बन्दैछन् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । सरकारमा रहेका केही मन्त्रीलाई फिर्ता बोलाई केही नयाँ अनुहारलाई मन...

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुङ्गा । वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।  ...

आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies