तनहुँ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँका निवर्तमान सचिव विश्व बाँस्तोलासहित पाँच जनाले मङ्गलबार पार्टीबाट राजीनामा दिएका छन् । पार्टीबाट रुष्ट भएकाले पत्रकार सम्मेलनपश्चात पार्टी सभापति जीतप्रकाश आलेसमक्ष उनीहरुले राजीनामा दिएका हुन् ।
पत्रकार सम्मेलनमा कांग्रेस निवर्तमान सचिव बाँस्तोलाले पार्टीभन्दा पनि नेताको प्रवृत्तिले कार्यकर्ताहरु रुष्ट बनेपछि राजीनामा दिएको बताए । दुई कार्यकाल सचिवको भूमिका निर्वाह गरिसक्नुभएका बाँस्तोलाले पार्टीभित्र दास प्रवृत्ति मौलाउँदै गएपछि पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा दिएको हो ।
“पार्टीभित्र देखिएका कमीकमजोरी औँल्याउँदा उल्टै दुश्मनको व्यवहार सहनुपरेकाले राजीनामा दिने योजना बनाएका हौँ”, उनले भने, “पुनः पार्टीमा फर्किने भन्ने योजना भने रहेको छैन ।” पार्टीभित्र गुट उपगुट मौलाउँदै गएको अवस्थामा त्यसलाई चिर्दै अघि बढ्नुपर्छ भनेर सक्रिय भूमिका खेल्दै आए पनि पार्टीभित्र त्यो सह्य नभएको उनले बताए।
कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराईले पार्टीलाई कमजोर बनाउँदै गएकाले टुलुटुलु हेरेर बस्नुभन्दा स्वतन्त्र जीवन बिताउन चाहेकाले राजीनामा दिएको बताए। उनले शुक्लागण्डकी नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेद्वारी दिएको पनि सो अवसरमा बताए।
कांग्रेस व्यासनगर समितिका निवर्तमान सचिव चूडामणि दाहालले बिपीको सिद्धान्तअनुरूप पार्टी नचलेको र आफ्ना केही आसेपासेलाई मात्रै काखी च्याप्ने प्रवृत्ति बढेकाले स्वतन्त्र भएर बस्ने इच्छाअनुरूप राजीनामा दिइएको बताए । व्यास नगरपालिका–३ का पूर्ववडासभापति बाबुराम बगालेले आफूले पार्टीबाट राजीनामा नदिए पनि रुष्ट रहेको बताए । पार्टीभित्र धेरै पटक सुझाव राखे पनि बेवास्ता गरिएकाले असन्तुष्ट भएको उनले बताए।
शुक्लागण्डकी नगरपालिकाका नगरसचिव दीपेन्द्र पौडेलले पार्टीमा कुसंस्कारबाट घुसेकोले सहन नसकी स्वतन्त्र उम्मेदवारका रूपमा शुक्ला–१ बाट उम्मेदवारी दिएको बताए। सो अवसरमा दीर्घबहादुर थापाले पनि राजीनामा दिएर व्यासनगर–२ बाट वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरिसकेका छन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...
चैत्र ३ गते, २०८२ - १३:५९
दुबई। मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सक...
चैत्र ३ गते, २०८२ - १३:३६
तानसेन। पाल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा चार हजार ७९२ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि हुने एसइइ परीक्षा...
चैत्र ३ गते, २०८२ - १३:०९
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गुन्डु पुगेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेक...
चैत्र ३ गते, २०८२ - १३:०२
काठमाडौं । रास्वपा का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई इतिहास लेख्ने सुवर्ण अवसर आएको बताउँदै त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन्।...
चैत्र ३ गते, २०८२ - १२:५०
काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरको होटल रोयल टुलिपमा जार...
चैत्र ३ गते, २०८२ - १२:४२
खोटाङ। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्याएको...
चैत्र ३ गते, २०८२ - १२:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन...
चैत्र ३ गते, २०८२ - १२:१७
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तर्गत धम...
चैत्र ३ गते, २०८२ - १२:०६
गण्डकी। नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भ...


प्रतिकृया लेख्नुहोस्: