रोल्पा । स्थानीय तहको निर्वाचनका लागि मनोनय दर्ता गरेका ११७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
उमेदवारी फिर्ता लिनेहरूमा सबैभन्दा धेरै गाउँपालिका अध्यक्ष रहेका छन् ।
प्राप्त जानकारी अनुसार, एक नगर प्रमुखका उम्मेदवार, १६ जना गाउँपालिका अध्यक्षका उम्मेदवार र १३ जना गाउँपालिका उपाध्यक्ष उम्मेदवारसहित ११७ जनाले उम्मेदवारी फिर्ता लिए ।
थवाङ गाउँपालिकाबाट पाँचजना अध्यक्ष र दुई जना उपाध्यक्षका उम्मेदवारले उमेदवारी फिर्ता लिएका छन् ।
फिर्ता लिनेमा नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेवार रमेश रोकामगर, उपाध्यक्षका उम्मेदवार धनुमारी रोका रहेका छन् । यसैगरि सोही गाउँपालिकाबाट नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार बनेका नकस घर्तीमगर, उपाध्यक्षका उमेदवार शान्ति घर्तीमगरले पनि नाम फिर्ता लिएका छन । यही गाउँपालिकामा स्वतन्त्र उमेदवारी दिएका ४ मध्ये ३ जनाले नाम फिर्ता लिएका छन् । स्वतन्त्रवाट नाम फिर्ता लिने अध्यक्षका उम्मेदवारमध्ये अमित घर्तीमगर, अजय घर्तीमगर र महेश बुढामगर रहेका छन् ।
परिवर्तन गाउँपालिकाबाट पाँच जनाले उमेदवारी फिर्ता लिएका छन् । जसमा नेकपा एमालेबाट अध्यक्षका उमेदवार गंगाराम बुढामगर, नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार तीलबहादुर पुन र उपाध्यक्षका उमेदवार अरुणा थापा, नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवार सपना घर्तीमगर, स्वतन्त्र उमेदवार लक्ष्मी डाँगी रहेका छन् ।
त्रिवेणी गाउँपालिकाबाट नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार आशाकुमारी पुन केसी र स्वतन्त्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हस्तबहादुर घर्तीमगर रहेका छन् ।
माडी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार शेरवहादुर बुढामगर र उपाध्यक्षका उम्मेदवार गौमाया पुनमगरले पनि उमेदवारी फिर्ता लिएका छन् ।
रुन्टीगढी गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्षका उम्मेदवार कमारी बस्नेतले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् ।
रोल्पा नगरपालिकाबाट नगर प्रमुखका स्वतन्त्र उम्मेदवार मोलङ घर्तीमगर, स्वतन्त्रबाटै उपप्रमुखमा उम्मेदवार निर्मला रोका र रीता गिरी आजादले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
लुग्री गाउँपालिकाबाट स्वतन्त्रबाट अध्यक्षको उम्मेदवार कल्पना थापा र उपाध्यक्षको उम्मेदवार टुकमाली कुमारी बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
गंगादेव गाउँपालिकाबाट स्वतन्त्रको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका नरसिंह राना, राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उम्मेदवार धनकुमारी वलीले पनि उमेदवारी फिर्ता लिएका छन् ।सोही गाउँपालिकावाट राप्रपाबाट उपाध्यक्षका उम्मेदवार राजेश डिसीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी उम्मेदवारी फिर्ता लिनेमा सुनछहरी गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार हिकलाल पुनमगर रहेका छन् ।
सुनिलस्मृती गाउँपालिकामा राप्रपाबाट अध्यक्षका उम्मेदवार सुरज घर्तीमगर, राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उम्मेदवार शुक्रराज थापा रहेका छन् । सोही गाउँपालिकावाट स्वतन्त्रवाट उपाध्यक्षका उम्मेदवार दीपेश विष्ट र कुमारी थापाले पनि उमेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिने अन्य पदमा वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यसहित ९७ जना रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...



प्रतिकृया लेख्नुहोस्: