Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

रोल्पामा मात्रै १ सय १७ जनाको उम्मेदवारी फिर्ता

खबरडबली संवाददाता

रोल्पा । स्थानीय तहको निर्वाचनका लागि मनोनय दर्ता गरेका ११७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उमेदवारी फिर्ता लिनेहरूमा सबैभन्दा धेरै गाउँपालिका अध्यक्ष रहेका छन् ।

प्राप्त जानकारी अनुसार, एक नगर प्रमुखका उम्मेदवार, १६ जना गाउँपालिका अध्यक्षका उम्मेदवार र १३ जना गाउँपालिका उपाध्यक्ष उम्मेदवारसहित ११७ जनाले उम्मेदवारी फिर्ता लिए ।

थवाङ गाउँपालिकाबाट पाँचजना अध्यक्ष र दुई जना उपाध्यक्षका उम्मेदवारले उमेदवारी फिर्ता लिएका छन् ।

फिर्ता लिनेमा नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेवार रमेश रोकामगर, उपाध्यक्षका उम्मेदवार धनुमारी रोका रहेका छन् । यसैगरि सोही गाउँपालिकाबाट नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार बनेका नकस घर्तीमगर, उपाध्यक्षका उमेदवार शान्ति घर्तीमगरले पनि नाम फिर्ता लिएका छन । यही गाउँपालिकामा स्वतन्त्र उमेदवारी दिएका ४ मध्ये ३ जनाले नाम फिर्ता लिएका छन् । स्वतन्त्रवाट नाम फिर्ता लिने अध्यक्षका उम्मेदवारमध्ये अमित घर्तीमगर, अजय घर्तीमगर र महेश बुढामगर रहेका छन् ।

परिवर्तन गाउँपालिकाबाट पाँच जनाले उमेदवारी फिर्ता लिएका छन् । जसमा नेकपा एमालेबाट अध्यक्षका उमेदवार गंगाराम बुढामगर, नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार तीलबहादुर पुन र उपाध्यक्षका उमेदवार अरुणा थापा, नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवार सपना घर्तीमगर, स्वतन्त्र उमेदवार लक्ष्मी डाँगी रहेका छन् ।

त्रिवेणी गाउँपालिकाबाट नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार आशाकुमारी पुन केसी र स्वतन्त्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हस्तबहादुर घर्तीमगर रहेका छन् ।

माडी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार शेरवहादुर बुढामगर र उपाध्यक्षका उम्मेदवार गौमाया पुनमगरले पनि उमेदवारी फिर्ता लिएका छन् ।

रुन्टीगढी गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्षका उम्मेदवार कमारी बस्नेतले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् ।

रोल्पा नगरपालिकाबाट नगर प्रमुखका स्वतन्त्र उम्मेदवार मोलङ घर्तीमगर, स्वतन्त्रबाटै उपप्रमुखमा उम्मेदवार निर्मला रोका र रीता गिरी आजादले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

लुग्री गाउँपालिकाबाट स्वतन्त्रबाट अध्यक्षको उम्मेदवार कल्पना थापा र उपाध्यक्षको उम्मेदवार टुकमाली कुमारी बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

गंगादेव गाउँपालिकाबाट स्वतन्त्रको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका नरसिंह राना, राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उम्मेदवार धनकुमारी वलीले पनि उमेदवारी फिर्ता लिएका छन् ।सोही गाउँपालिकावाट राप्रपाबाट उपाध्यक्षका उम्मेदवार राजेश डिसीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी उम्मेदवारी फिर्ता लिनेमा सुनछहरी गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार हिकलाल पुनमगर रहेका छन् ।

सुनिलस्मृती गाउँपालिकामा राप्रपाबाट अध्यक्षका उम्मेदवार सुरज घर्तीमगर, राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उम्मेदवार शुक्रराज थापा रहेका छन् । सोही गाउँपालिकावाट स्वतन्त्रवाट उपाध्यक्षका उम्मेदवार दीपेश विष्ट र कुमारी थापाले पनि उमेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिने अन्य पदमा वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यसहित ९७ जना रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies