Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नवौँ राष्ट्रिय खेलकुद : खेलाडी छनोटको तयारी सुरु

खबरडबली संवाददाता
पोखरा । गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिएको जनाएको छ । प्रतियोगिताको मिति नजिकिएसँगै गण्डकी प्रदेश खेलकुद परिषद्ले ११ वटै जिल्लामा खेलाडी छनोट सुरु गर्न जिल्ला खेलकुद समितिलाई निर्देशन दिएको छ । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले पहिलो चरणमा जिल्ला छनोटको तयारी सुरु गर्न जिल्ला खेलकुदलाई सूचना पठाइएको  बताउनुभयो । उहाँका अनुसार जिल्ला छनोट सम्पन्न भएपछि प्रदेशको टोली तयार गरिनेछ । 
 
जिल्लाबाट छनोट भएर खेलाडीको नामावली आइसकेपछि प्रदेशस्तरीय छनोट खेल सञ्चालन हुने र छनोट भएकाका लागि बन्द प्रशिक्षण सुरु गरिने परिषद्ले जनाएको छ । उहाँले भन्नुभयो, “हामीले प्रदेशका ११ वटै जिल्लाका खेलकुद समितिलाई खेलाडी छनोट गर्न सूचना गरिसकेका छौँ, जिल्ला हुँदै प्रदेश छनोट भएर आयोजक प्रदेशको टोली तयार पारिनेछ ।”
 
राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको गौरवको कार्यक्रम र खेलाडीको लागि महाकुम्भ रहेकाले यसलाई भव्यरुपमा सम्पन्न गर्न छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था रहेको गुरुङले बताउनुभयो । नवौँ राष्ट्रिय प्रतियोगितामा ३६ खेल हुने राष्ट्रिय खेलकुद परिषद्ले यसअघि नै निर्णय गरिसकेको छ । यसपटक केही प्रदर्शनीका रुपमा खेल समावेश गरिने भएको छ । 
 
अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगित भएपछि सरकारले जेठ अन्तिम साता गर्ने गरी तयारी अघि बढाएको हो । प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
 
सबै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् ९राखेप०मा प्रस्ताव पठाइएको  र राखेको प्राविधिक समितिले अनुगमन गरिसकेकाले पूर्वाधारको अवस्थालाई मध्यनजर गरी केही दिनमै खेलस्थल टुङ्गो लाग्ने समितिका कार्यालयका प्रमुख लक्ष्मण योगीले बताउनुभयो । राष्ट्रिय खेलकुदमा समावेश हुने ३६ खेलमध्ये स्वीमिङ र सुटिङको पूर्वाधार गण्डकी प्रदेशमा नभएकाले अन्यत्र लैजानुपर्ने हुनसक्ने राखेपले जनाएको छ ।
Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

क्रिकेटर मोहम्मद शामीलाई पक्राउ नगर्न मुम्बई पुलिसलाई दिल्ली पुलिसको रोचक आग्रह

काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ ।  बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies