Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

एकीकृत समाजवादीेदेखि माओवादीसम्म आयोगको कारवाही सुचीमा

आचारसंहिता प्रतिकूलका निर्वाचन सामग्री जफत

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । 

आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकूल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो ।

आचारसंहिता उल्लङ्घनका कार्य उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरीत भए÷गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न÷ नगराउन निर्देशन दिई सचेत गराएको छ ।

आयोगले ती दललाई अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न÷नगराउन निर्देशन दिई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धमा आयोगबाट यही वैशाख १६ गते निर्णय र आदेश भएको थियो । 

सो क्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले काठमाडौँको भृकुटीमण्डपमा गत चैत २६ गते गरेको जनसभामा निर्वाचन आचारसंहिता, २०७८ को दफा १२ को को खण्ड (ड) विपरीत उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाइएको ३ बाई ३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्न प्रयोग गरेको, प्रचारप्रसार तथा आमसभा र जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गरेको भयो भन्ने सूचना प्राप्त भई आयोगमा प्राप्त फोटो समेतबाट सो देखिएको विषयमा आयोगबाट सचेत गराउने आदेश भएको हो ।

सो पार्टीले गरेको सो दलले आचारसंहिता उल्लङ्घन हुने कार्य गरेकाले सचेत गराउने निर्णय भएको आयोगका प्रवक्ता एवं शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले  नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेतको फोटो राखिएको चुनावी पोष्टर तयार गरी, प्रचारप्रसार गरिएको भन्ने कुरा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सोबारे आयोगको निर्णयमा भनिएको छ, “कुनै निकायको कुनै पदमा कार्यरत राष्ट्रसेवकका लागि नियुक्त भई पदासीन भएको व्यक्तिले गरेको कार्य हितकारी हो होइन भन्ने कुराको परीक्षा नेपाली नागरिक, सरकार र त्यससम्बन्धी अधिकार भएको उपल्लो निकायले गर्ने प्रणाली राज्य सञ्चालनमा हुने गर्दछ । 

जुनसुकै निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी कुनै दल विशेष, व्यक्ति विशेष र कुनै अवधिको सरकारको मात्रै हुने भन्ने अर्थमा चित्रित गरिनु जायज र मनासिव विषय हो भन्न सकिँदैन । राष्ट्रसेवकले आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्दाको असल र उत्प्रेरक भूमिका त्यस्तो व्यक्ति र राज्यको गौरवको विषय हुन सक्दछ तर सो कार्यलाई कुनै दल विशेषको मात्रै निजी प्रतिष्ठा र एकल प्रयासका रुपमा लिन सकिँदैन ।”

आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीले मकवानपुरको हेटौँडामा गरेको कार्यक्रममा पनि आचारसंहिता विपरीत सामग्री राखिएको ठहर गर्दै सचेत गराएको छ । सो दलले आमसभा तथा जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग पनि गराएको थियो । 

यस्तै नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद शशाङ्क कोइरालाले गत प्रतिनिधिसभा निर्वाचनमा आफूबाट भएको खर्चबारे निर्वाचनमा गरेको खर्चको विवरण र सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनुभएको सम्बन्धमा पनि सचेत गराइएको छ ।

निर्वाचन सामग्री जफत

निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौँको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झन्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको अनुगमन टोलीले काठमाडौँको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडीखेल, शहीदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि शनिबार स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सार्वजनिकस्थलमा रहेका राजनीतिक दलका झन्डा ३०० थान, सो क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिह्न अङ्कित क्याप २०० थान, झोला दुई बण्डल (करिब १०० थान), टिसर्ट १० थान, दलको ब्यानर तीन थान जफत गरेको छ । 

राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सूचना आयोगलाई प्राप्त भएपछि सो क्षेत्रमा आयोगको अनुगमन टोली स्थलगत अनुगमन गरेको थियो । अनुगमनको काम जारी रहने आयोगले जनाइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैंकमा नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, पुरानो खाता के हुन्छ ?

सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य गर्दै लैजाने कानुनी व्यवस्था

नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु

टीकापुर । कैलालीमा नेपाल भारत सीमामा रहेका सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ । बिहीबार कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको उ...

रवि लामिछानेविरुद्ध आज रुपन्देहीमा पुरक अभियोजन दर्ताको तयारी

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी सस्थाको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गरेको छ। हिज...

कालीमाटीमा गोलभेँडा, स्कुस र ब्रोकाउलीको मूल्य बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको ...

अनिर्णित वामदेव- एमालेमा जाने कि एकीकृत समाजवादीमा ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम कुन पार्टीमा प्रवेश गर्ने भन्ने’मा दोधारमा छन् । पार्टी प्रवेशका ल...

काठमाडौंबाट जनकपुर जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ घाइते

काठमाडौं । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएक...

ललितपुरमा यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्...

उर्जामन्त्री दिपक खड्कामाथि मन्त्रालयमै हातपात

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कामाथि हातपात छ। मन्त्री खड्कामाथि केहि दिनअघि सिंहदरबार स्थित उर्जा मन्त्रालयमै आक्रमणको प्रयास ...

सरकारमाथि दबाब बढाउँदै विपक्षी दल, आज बैठक बसेर संयुक्त वक्तव्य जारीको तयारी

काठमाडौं । विपक्षी दलको बैठक आज पनि बस्दैछ। आज दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बैठक बस्ने र दिउँसो ३ बजे पत्रकार सम...

न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती

मनाङ । गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । तर, प्रदेशक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy