काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा आज दिउँसो दुई गाडी आपसमा ठोकिँदा पाँचको मृत्यु हुनका साथै १८ घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमो बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका – ११ स्थित बढुवेशीमा आपसमा ठोकिँदा टाटासुमोमा सवार पाँचको मृत्यु भएको हो ।
सो घटनामा परी मुत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने वर्ष ३० का विक्रम श्रेष्ठ, सोही नगरपालिका–४ बस्ने वर्ष ४५ का हरिबहादुर बल, सुनकोशी गाउँपालिका–१ बस्ने वर्ष ४४ का प्रमिला नेपाली, रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–८ बस्ने वर्ष ३० का सम्झना भुसाल र निजको छोरा वर्ष ६ को सङ्गीत भुसाल रहेको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी १८ जना भएको र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - १६:५७
हैदाराबाद। एकातिर साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म पुष्प २ ले रेकर्ड बनाइरहेको छ भने अर्कोतिर सन्ध्या थिएटरमा भएको भागदौडमा मारिएकी एक महिलाको बिषय...
पौष ९ गते, २०८१ - १६:४८
पोखरा। गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा उनीस...
पौष ९ गते, २०८१ - १६:३५
इस्तानबुल। टर्कीको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय गभर्नरले बताएको छन ...
पौष ९ गते, २०८१ - १६:२१
न्युर्योक। अमेरिकाको न्युयोर्कमा आइतबार बिहान सबवे ट्रेनमा एक महिलालाई जिउँदै जलाएको अभियोगमा एक जना पक्राउ परेका छन । अमेरिका जस्तो देशमा घटेको यस...
पौष ९ गते, २०८१ - १६:१०
सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ का बद्री यादवले रासायनिक मल अभाव हुँदा गहुँ छर्न पाएका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय...
पौष ९ गते, २०८१ - १५:५४
ढाका। बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ । हसिना गत अगस्ट ५ देखि भारतम...
पौष ९ गते, २०८१ - १५:५१
काठमाडौं। आज सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ । बिगत केही समय देखी लगातार घटिरहेको नेप्से पछिल्लो समयमा निरन्तर बढन थाले पछि परिसूचक आज...
पौष ९ गते, २०८१ - १५:४४
काठमाडौं। वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा प्रवेश गराउन दुवै पक्षले बार्ता टोली बनाएका छन । गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र मा...
पौष ९ गते, २०८१ - १४:४९
काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्लले युएईको टी–२० फ्रेन्चाइज लिग आइएलटी खेल्नु हुने भएको छ । मल्ललाई युएईको डेजर्ट भाइपर्सले म...
पौष ९ गते, २०८१ - १४:४३
काठमाडौं। गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभइ थप सुदृढ गर्नका लागि हुने बताएको छन। मङ्गलबार काठमाडौंमा आयोजित एक कार...
प्रतिकृया लेख्नुहोस्: