Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

गठनबन्धन सफल भएको नेता पुन वर्षमानको जिकिर

खबरडबली संवाददाता

रोल्पा । नेकपा (मोआवादी) केन्द्रका नेता वर्षमान पुनले देशभरको स्थानीय तहको अवस्था अनुसार समग्रमा गठबन्ध सफल भएको जिकिर गरेका छन् ।रोल्पा सदरमुकाम लिवाङमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले देशका सबै महानगर र उपमहानगरसहित ६० प्रतिशत स्थानीय तहमा गठबन्धन भएकाले यो गठबन्धन सफल भएको मान्नुपर्छ भने। 

कतिपय ठाउँमा सरकारमा रहेका सबै दल संलग्न रहने गरी गठबन्धन भएको छ भने कतिपय ठाउँमा चार दल, तीन दल वा दुई दलबीच समेत गठबन्धन भएको देखिन्छ । यी सबै जोड्दा ६० प्रतिशत गठबन्धन भएको रिपोर्ट आएको नेता पुनले बताए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादीबीच १०६ स्थानीय तहमा मात्रै तालमेल भएको स्मरण गराउँदै उनले यस पटकको तालमेललाई सफल मान्नुपर्ने तर निर्वाचनमा शतप्रतिशत तालमेल हुन्छ भन्नु मनोगत मात्रै हुन्छ भने। 

तालमेल सफल भए नेपाली कांग्रेसले देशका ३०० बढी स्थानीय तहको प्रमुखमा जित्ने र  दोस्रो स्थान नेकपा माओवादी केन्द्रले लिने गरी रिपोर्ट आएको उनको भनाइ थियो । स्थानीय तहको निर्वाचनका लागि गृह जिल्लाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेता पुन रोल्पाआउनु भएको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending