Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

श्रीलंका संकट : पूर्वप्रधानमन्त्री भागेर नौसेना आधार शिविरमा

सोमबारदेखि जारी हिंसामा ९ जनाको मृत्यु, करिब दुई सय घाइते

खबरडबली संवाददाता

काठमाडौं । भयानक आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले देशैभरि सुरक्षा बलहरूलाई परिचालन गरेको छ।

उनीहरूलाई सरकारविरोधी प्रदर्शनका क्रममा लुटपाट गर्नेहरूलाई गोली हान्नसक्ने अधिकार समेत दिइएको छ।

गत महिनादेखि व्यापक विरोध प्रदर्शन सुरु भएपछिको पहिलो राष्ट्रिय सम्बोधनमा त्यहाँका राष्ट्रपति राष्ट्रपति गोटाबय राजपक्षले शान्ति सुव्यवस्था पुनर्स्थापित गर्ने वाचा गरेका छन्।

उनले राजीनामाको मागलाई बेवास्ता गर्दै संसद्लाई केही थप अधिकार दिने र नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रस्ताव गरेका छन्। तर त्यसका लागि कुनै समयसीमा तोकेका छैनन्।

मूल्यवृद्धि र उपभोग्य वस्तुको अभावले उत्पन्न गरेको आक्रोशबीच उनका दाइ महिन्दा राजपक्षले सोमवार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

खाद्यान्न र इन्धन जस्ता आधारभूत उपभोग्य वस्तुहरू सकिएर वा किन्न नसकिने भएपछि श्रीलङ्काका नागरिकहरू हताश बनेका छन्।

'कर्फ्यू हुँदाहुँदै पनि हामी विरोधस्थलमा आइपुगेका छौँ' एकजना प्रदर्शनकारी चन्द्रशेखरनले कोलम्बोमा बीबीसी तमिलसँग भनेका छन्, 'अहिले पनि हामी पीडामा छौँ। मट्टितेल छैन, पेट्रोल छैन, डिजेल छैन, बिजुली छैन।'

राष्ट्रव्यापी कर्फ्यूबीच भीडले लगातार दोस्रो रात पनि आगजनी र आक्रमणहरू गरेका छन्। धेरैले राजपक्ष र अन्य राजनीतिज्ञका सम्पत्तिलाई निशानामा पारेका छन्।

उनीहरूले देशमा देखिएको सङ्कटका लागि जनताले दोषी ठान्छन्। कोलम्बो नजिकैका पसलहरू र पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षका छोराको स्वामित्वमा रहेको रिसोर्टमा आगजनी भएको छ।

राष्ट्रपतिका दाइ तथा दुईपटक राष्ट्रपति बनिसकेका महिन्दा राजपक्षलाई उनको सुरक्षाको लागि पूर्वोत्तर श्रीलङ्काको एउटा नौसेना आधार शिविरमा राखिएको सेनाले पुष्टि गरेको छ।

सोमवारदेखि जारी हिंसामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन्। गोटाबय राजपक्षको राजीनामा माग गरिरहेका प्रदर्शनकारीमाथि सरकार समर्थकहरूले आक्रमण गरेपछि त्यहाँ हिंसा भएको थियो।

विपक्षी राजनीतिज्ञहरूले सेनालाई सत्तामा कब्जा गर्ने बहानाका निम्ति हिंसाको मञ्चन हुन सक्ने चेतावनी दिएका छन्।

सडकमा सशस्त्र सवारीसाधनसहित ठूलो सङ्ख्यामा सेनाको उपस्थितिले सम्भावित सैन्य विद्रोहको हल्ला फैलिएको छ। तर सेनाले त्यस्तो कुनै पनि कदम चाल्ने योजना नभएको भन्दै उक्त आरोपलाई अस्वीकार गरेको छ।

रक्षा सचिव कमल गुणरत्नेले पत्रकार सम्मेलनमा भने, 'जब देशमा खतरनाक अवस्था आउँछ, त्यसको सामना गर्न सेनालाई अधिकार दिइन्छ। हामी सत्ता कब्जा गर्न खोजिरहेका छौँ भनेर कहिल्यै नसोच्नुहोस्। सेनाको त्यस्तो कुनै नियत छैन।'

श्रीलङ्काले आफ्नो दयनीय आर्थिक अवस्थाको विरोधमा हप्तौँको विरोधको सामना गरिरहेको थियो। त्यसै क्रममा कोलम्बोको उत्तरी क्षेत्रमा दुई प्रतिद्वन्द्वी समूहले पसलहरूमा आगो लगाएपछि त्यहाँ थप हिंसा भड्किएको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेनाले माग्यो २५ सय पदमा दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ। शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी जंगी अड्डाले रिक्त विभिन्न पदमा दरखास्त...

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो ।  ...

विपिन जोशीका बुवाआमालाई प्रधानमन्त्रीले भने- सकारात्मक परिणाम आउनेमा आशावादी छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बाल...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक ...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ स्थित प...

भारतमा लोकसभा निर्वाचन- पहिलो चरणमा २१ राज्यका १०२ सिटमा मतदान

काठमाडौं । भारतमा लोकसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान शुक्रवार बिहान सात बजेबाट सुरु भएको छ। सात चरणमा हुने यो निर्वाचन अन्तर्गत पहिलो चरणमा १०...

आगलागी हुँदा सात बिघा जमिनमा लगाएको गहुँ खेतमै जल्यो

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी...

निजी विद्यालयलाई महानगरको चेतावनी- एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही हुन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त शुल्क लिए कारबाही गर्ने जनाएको छ । महानगरपाल...

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।  डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने...

बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies