Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

तनहुँमा आठ वडाको नतिजा : तीनमा एमाले, दुईमा कांग्रेस र एकमा माओवादी

खबरडबली संवाददाता

तनहुँ । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म जिल्लाको म्याग्दे गाउँपालिका–३, म्याग्दे –२ ,बन्दीपुर गाउँपालिका–४, घिरिङ गाउँपालिका–२, भिमाद नगरपालिका–१ र आँबुखैरेनी–१ को अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

सार्वजनिक परिणामअनुसार नेकपा एमालेले तीन, नेपाली कांग्रेसले दुई र नेकपा ९माओवादी केन्द्र०ले एक वडा जितेको छ । 

भिमाद–१ को अध्यक्षमा कांग्रेसका आले विजयी

भिमाद नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपक आले विजयी भएका छन्। आले एक हजार ५९ मत प्राप्त गरी विजयी भए । अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका बलबहादुर थापाले एक हजार दुई मत प्राप्त गरे। 

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार वडासदस्यमा भने नेकपा एमालेका उम्मेदवार विजयी भए। 

एमालेबाट महिला वडासदस्यले एक हजार ९६, दलित महिला वडासदस्यले एक हजार ७८, वडासदस्यले एक हजार ७२ र एक हजार एक सय दुई मत प्राप्त गरी विजयी हुनुभएको शर्माले जानकारी दिए । कांग्रेसबाट महिला वडासदस्यले नौ सय ४०, दलित महिला सदस्यले नौ सय ३६, वडा सदस्यले आठ सय ८० र आठ सय ८० मत प्राप्त गरे। र्नुभएको छ । 

म्याग्दे–२ मा कांग्रेसका क्षेत्री विजयी

म्याग्दे–२ को वडाध्यक्षमा कांग्रेसका शिवबहादुर क्षेत्रीले आठ सय ८९ मत प्राप्त गरी निर्वाचित भए । निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गरे। 

सदस्यमा कांग्रेसका रमेश क्षेत्री ८९४, एमालेका महेन्द्रबहादुर रानाभाट ८३५, महिला सदस्यमा कांग्रेसका सीता कुमाल ८८९ र दलित महिला सदस्यमा सोही पार्टीका कल्पना परियार ८३९ मत प्राप्त गरी निर्वाचित भए । 

म्याग्दे–३ मा एमालेका अधिकारी विजयी

मतपरिणामअनुसार म्याग्दे–३ को वडाध्यक्षमा एमालेका टुकराज अधिकारीले ६६१ मत प्राप्त गरी विजयी भए । 

उनका प्रतिस्पर्धी कांग्रेसका बलराम भट्टराईले पाँच सय ८७ मत प्राप्त गर्नुभएको छ । यस्तै माओवादीका लेखराज लामिछानेले ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा एक हजार तीन सय ३० मत खसेको थियो । 

यसैगरी खुला सदस्यमा कांग्रेसका बालचन्द्र घिमिरेले पाँच सय ८८, एमालेका प्रकाश घिमिरेले पाँच सय ७८, महिला सदस्यमा कांग्रेसका जानकी थापा पाँच सय ६३ र दलित महिला सदस्यमा एमालेका सुनिता नेपाली सात सय दश मत प्राप्त गरी विजयी भए। 

बन्दीपुर–४ मा एमालेको प्यानल विजयी

बन्दीपुर गाउँपालिका–४ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका दानबहादुर थापा सात सय ४० मत प्राप्त गरी विजयी भए । 

प्रतिस्पर्धी कांग्रेसका सीता थापाले चार सय ६४ मत प्राप्त गरे । सदस्यमा एमालेका रवि श्रेष्ठ सात सय एक, भीम घले छ सय ४५, महिला सदस्यमा ममता राना छ सय ७७ र दलित महिला सदस्यमा भगवती सुनारले छ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

घिरिङ–२ मा एमालेको प्यानल विजयी

घिरिङ गाउँपालिका–२ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित भए । 

प्रतिस्पर्धी कांग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा एमालेकै सनम थापा एक हजार १२, दलित महिला सदस्यमा सुकमाया सुनार रामदामले नौ सय ६३, खुला सदस्यमा आशबहादुर थापाले नौ सय ६० र धनबहादुर रानाले नौ सय ७१ मत प्राप्त गरे । 

म्याग्दे–१ र देवघाट–१ मा एमाले विजयी

म्याग्दे –१ र देवघाट गाउँपालिका–१ मा एमालेले विजय हासिल गरेको हो । म्याग्दे –१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्ले छ सय ९९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी  कांग्रेसका विनोद खनालले पाँच सय ३६ मत प्राप्त गरे । 

खुला सदस्यमा  कांग्रेसका मीनबहादुर थापा छ सय ३८,  एमालेका मीनबहादुर गुरुङ छ सय आठ, महिला सदस्यमा  एमालेका राममाया खडुल मगर सात सय १४ र दलित महिला सदस्यमा  एमालेका केशरी सुनार छ सय ९६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

देवघाट–१ मा एमालेको प्यानल विजयी

देवघाट गाउँपालिका–१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।वडाध्यक्षमा एमालेका मनिराज गुरुङ आठ सय ९८ मत प्राप्त गरी निर्वाचित भए। 

निकटतम प्रतिस्पर्धी  कांग्रेसका मुक्तिलाल थापा मगरले छ सय ३४ मत प्राप्त गरे ।  

खुल्ला सदस्यमा एमालेकै बेलबहादुर गुरुङले आठ सय ८१, सुन्दर भुजेलले आठ सय ६३, महिला सदस्यमा मनमाया गुरुङले आठ सय ८४ र दलित महिला सदस्यमा नानुमाया विकले आठ सय ९५ मत प्राप्त गरी विजयी भए । 

आँबु–१ मा माओवादीको प्यानल विजयी

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा माओवादीले विजयी सुरुआत गरेको छ । आँबुखैरेनी गाउँपालिका–१ को वडाध्यक्षसहित सदस्यमा माओवादीको प्यानल नै विजयी भएको छ । 

वडाध्यक्षमा  माओवादीका प्रेमबहादुर गुरुङ आठ सय ५१ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी कांग्रेसका किसन थापाले चार सय १५ मत प्राप्त गरे ।

सदस्यमा माओवादीकै हरिबहादुर गुरुङले सात सय ५२, कुमारबहादुर मगरले सात सय ४८, महिला सदस्यमा माओवादीकै बसुन्धरा गौलीले सात सय ५२ र दलित महिला सदस्यमा माओवादीकै सुशीला नेपालीले आठ सय आठ मत प्राप्त गरी विजयी भए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending