काठमाडौं । पोखराबाट जोमसोमका लागी उडेको तारा एयरको विमान सम्पर्कविहिन भएको विमानमा १६ नेपालीसहित ६ जना विदेशी रहेको बताइएको छ ।
विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा छिन् ।
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार छन्।
१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।
जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने थियो। मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको हो । मुस्ताङको घाँसा क्षेत्रमा ठुलो आवाजसहित आगोको मुस्लो देखिएको स्थानीयले बताएपछि खोजीदल उक्त क्षेत्रमा परिचालन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०७९ - १२:११
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न हिजो सुरु भएको पदाधिकारी बैठ...
माघ १७ गते, २०७९ - ११:३५
काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ २७ गतेदे...
माघ १७ गते, २०७९ - ११:३३
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक ...
माघ १७ गते, २०७९ - १०:३७
काठमाडौं । सर्वोच्व अदालतले अवैध नागरिकता हो भनि फैसला गरेपछि सबै पद गुमाएका स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुन गृहमन्त्री बन्नका लागी दौडधुप ...
माघ १७ गते, २०७९ - १०:२९
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकाल नियुक्त भएका छन् ।...
माघ १७ गते, २०७९ - १०:१०
देउखुरी। लुम्बिनी प्रदेशमा माघ २५ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । मुख्य निर्वाचन अधिकृतक...
माघ १७ गते, २०७९ - १०:०४
काठमाडौं । एकिकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा गएका न...
माघ १६ गते, २०७९ - १६:०३
काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिका...
माघ १६ गते, २०७९ - १५:५८
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ । आयोगले फागुन २५ गते राष्ट्रपतिको र त्यसको एक सातापछि चैत ३ गते उपराष्...
माघ १६ गते, २०७९ - १४:३१
काठमाडौं । पोखरामा आत्मदाहको प्रयास गरेका एक पुरुषलाई बचाउँदा घाइते भएकी संगीता सापकोटाको मृत्यु भएको छ । पोखरा १३ काहुँखोलामा आत्मादाह गर्ने प्रयास ग...
प्रतिकृया लेख्नुहोस्: