काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल पर्यटन बोर्डले आज नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरेको १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा शुभकामना दिँदै उनले कोभिड–१९ को विश्वव्यापी महामारीका कारण पर्वतीय पर्यटनमा समेत सिथिलता आएको अवस्थामा यस दिवसका माध्यमबाट नेपालको पर्यटन सुरक्षित रहेको जानकारी गराउन र नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गराउनुपर्नेमा जोड दिए।
मन्त्री आलेले विश्व तापमानमा वृद्धि हुँदै जाँदा नेपालका हिमाल पनि सङ्कटमा पर्दै गइरहेका कारण हिमाली संस्कृतिले चुनौती व्यहोर्नु परेको चर्चा गरे। उनले भने, “विश्व तापमानमा वृद्धि हुँदै जाँदा हाम्रा हिमाल सङ्कटमा पर्न थालेका छन्, जसले गर्दा हिमाली पहिचान र संस्कृतिलाई नै चुनौती थपिँदै गएको छ ।” हिमाली स्वच्छताको अभिवृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाका बीचमा सार्थक सहकार्यको आवश्यकता रहेकोसमेत मन्त्री आलेले जानकारी गराए।
सगरमाथा र अन्य हिमाल नेपाल र नेपालीका गौरव तथा राष्ट्रिय सम्मानका प्रतीक रहेको बताउँदै उनले भने, “हिमाली वातावरणको स्निंग्धता र स्वच्छतालाई कायम गर्दै हिमाली समुदायको संस्कृतिलाई संरक्षण गर्ने कार्यमा सबै सरोकारवालाको साथ र सहयोग प्राप्त हुन जरुरी छ ।” सोही अवसरमा मन्त्री आलेले हिमालको संरक्षण तथा सम्वद्र्धन गर्ने कार्यमा नीतिगत सुधार गर्दै ठोस कार्यान्वयन योजना निर्माण गर्न आफूसहित सिङ्गो मन्त्रालय प्रतिबद्ध रहेको जानकारीसमेत गराए।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सान र गरिमालाई थप उचाइमा पु¥याउन आफू सधैँ लागिपर्नेसमेत मन्त्री आलेले वचन बद्धतासमेत व्यक्त गरे।उनले सगरमाथा बेस क्याम्पमा विदेशी पर्यटक आएका समयमा नेटको लाइन काटी कालाबजारी गर्ने गरेको जानकारी पाइएकाले त्यो कार्य तत्काल रोक्न र दोषीलाई कारवाही गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आफूले सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जानकारी गराएको बताए।
कार्यक्रम मूल समारोह समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले आजकै दिन सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीले विश्वको उच्च शिखर सगरमाथाको शिखर चुम्नुभएकाले उहाँहरुको साहस र योगदानको उच्च प्रशंसा गरे। उनले सगरमाथा आरोहीका समस्या समाधानका लागि मन्त्रालय तथा विभाग सधैँ सकारात्मक रहेको जानकारीसमेत गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: