Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न मन्त्री आलेको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल पर्यटन बोर्डले आज नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरेको १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा शुभकामना दिँदै उनले कोभिड–१९ को विश्वव्यापी महामारीका कारण पर्वतीय पर्यटनमा समेत सिथिलता आएको अवस्थामा यस दिवसका माध्यमबाट नेपालको पर्यटन सुरक्षित रहेको जानकारी गराउन र नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गराउनुपर्नेमा जोड दिए। 

मन्त्री आलेले विश्व तापमानमा वृद्धि हुँदै जाँदा नेपालका हिमाल पनि सङ्कटमा पर्दै गइरहेका कारण हिमाली संस्कृतिले चुनौती व्यहोर्नु परेको चर्चा गरे। उनले भने, “विश्व तापमानमा वृद्धि हुँदै जाँदा हाम्रा हिमाल सङ्कटमा पर्न थालेका छन्, जसले गर्दा हिमाली पहिचान र संस्कृतिलाई नै चुनौती थपिँदै गएको छ ।” हिमाली स्वच्छताको अभिवृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाका बीचमा सार्थक सहकार्यको आवश्यकता रहेकोसमेत मन्त्री आलेले जानकारी गराए। 

सगरमाथा र अन्य हिमाल नेपाल र नेपालीका गौरव तथा राष्ट्रिय सम्मानका प्रतीक रहेको बताउँदै उनले भने, “हिमाली वातावरणको स्निंग्धता र स्वच्छतालाई कायम गर्दै हिमाली समुदायको संस्कृतिलाई संरक्षण गर्ने कार्यमा सबै सरोकारवालाको साथ र सहयोग प्राप्त हुन जरुरी छ ।” सोही अवसरमा मन्त्री आलेले हिमालको संरक्षण तथा सम्वद्र्धन गर्ने कार्यमा नीतिगत सुधार गर्दै ठोस कार्यान्वयन योजना निर्माण गर्न आफूसहित सिङ्गो मन्त्रालय प्रतिबद्ध रहेको जानकारीसमेत गराए। 

विश्वको सर्वोच्च शिखर सगरमाथाको सान र गरिमालाई थप उचाइमा पु¥याउन आफू सधैँ लागिपर्नेसमेत मन्त्री आलेले वचन बद्धतासमेत व्यक्त गरे।उनले सगरमाथा बेस क्याम्पमा विदेशी पर्यटक आएका समयमा नेटको लाइन काटी कालाबजारी गर्ने गरेको जानकारी पाइएकाले त्यो कार्य तत्काल रोक्न र दोषीलाई कारवाही गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आफूले सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जानकारी गराएको बताए। 

कार्यक्रम मूल समारोह समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले आजकै दिन सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीले विश्वको उच्च शिखर सगरमाथाको शिखर चुम्नुभएकाले उहाँहरुको साहस र योगदानको उच्च प्रशंसा गरे। उनले सगरमाथा आरोहीका समस्या समाधानका लागि मन्त्रालय तथा विभाग सधैँ सकारात्मक रहेको जानकारीसमेत गराए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...

सुशासन र नागरिक सेवामा सरकारको सुरुआत सफल : रवि लामिछाने

बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...

कानुन मन्त्री गौतमको सय दिन: २४ नियमावली र २८ विधेयकमा सहमति

डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)

सरकारको सय दिनमा एमालेको समीक्षा: सरकारका सय दिनका काम फितलो र विवादास्पद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...

प्रा.डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने तयारी

काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...

बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...

शिक्षा क्षेत्रलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता छ: गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending