काठमाडौं । तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ ।
फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ टिम सहित त्यहाँ पुगेका हुन् ।
दुर्घटनास्थलमा विमान सवार यात्रुहरू जलेको अवस्थामा भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
उनले भने, ‘यात्रुहरू जलेको अवस्थामा भेटिएको त्यहाँ पुगेका सुरक्षाकर्मीले बताएका छन्। एकएक हेर्नुपर्छ, घटनास्थलमा नेपाली सेनाको हेलिकप्टर सहितको टिम जाँदै छ।’
मौसम हेरेर थप उद्धारको काम गरिने उनले बताए।
घटनास्थलमा पुगेको स्थानीय इन्द्रसिंङ शेरचन जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा नभएको बताए।
‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’
विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य थिए । ४ जना भारतीय नागरिक र १३ जना नेपाली थिए । जर्मन नागरिक २ जना रहेको तारा एयरले जानकारी दिएको छ ।
आइतबार बिहान ९ बजेर ५५ मा पोखराबाट उडेको जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सोमबार बिहान यार्सागुम्बा टिप्न जानेहरूले फोटो खिचेर पठाएपछि दुर्घटनास्थल पहिचान भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: