बागलुङ । बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेल शनिबार दिनभर सर्वसाधारणका विकासे योजना सङ्कलनमा व्यस्त रहे ।
उनले आगामी असारमा आउने बागलुङ नगरको नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि टोल भेला गरेर सर्वसाधारणका धारणा बुझिरहेका छन। विकासे कार्यक्रमका विषयमा पनि उनीहरुले टिप्पणी उतारेका छन्।
शनिबार बिहान साविक पैँञ्युपाटा गाविसको वडा नं १ पुगेका पौडेलले सर्वसाधारणबाट एक करोडका योजना पाए। सडकदेखि विद्यालय भवन र खानेपानीका योजनासम्म सर्वसाधारणले उनलाई टिपाए । वडाका अन्य टोलमा पनि करोडौँका योजना माग भएर आउने गरेका छन् ।
वडामा आउने बजेटले स्थानीयबाट आएका १० प्रतिशत योजनासमेत सम्बोधन गर्न कठिन हुने गरेको पौडेलले बताए।
पौडेलमात्रै होइन बागलुङका अधिकांश वडामा निर्वाचित वडाध्यक्षको पहिलो काम नै टोल भेला र योजना सङ्कलन भएको छ । सबै वडाका सर्वसाधारणको माग र आवश्यकता एकै खालका छन् ।
यसपटकको निर्वाचनमा दोहोरिएका वडाध्यक्षका लागि त यो प्रक्रिया निकै पुरानो भइसकेको छ । तर नवनिर्वाचित वडाध्यक्षका लागि भने जनताका चाहना र योजना निकै चुनौतीपूर्ण रहेको महसुस हुन थालेको छ ।
“जनताले अपेक्षा राख्न पाउँछन्, सबै योजना बन्छन् नै भनेर मागेका पनि होइनन्, प्राथमिकताका आधारमा विनियोजन हुने योजनामा जनता खुसी हुन्छन्”, बागलुङ नगरपालिका–१३ का स्थानीय डा रामबहादुर केसीले भने, “स्रोत कम हुने र आवश्यकता बढी हुने मानवीय गुण हो ।”
आगामी असारमा नीति तथा कार्यक्रम र बजेट ल्याउन भ्याइनभ्याइ गर्दै पालिका प्रमुख र वडा समितिले योजना खोजी गर्न थालेपछि सर्वसाधारण पनि आफ्नो टोल र गाउँका योजना लिएर जनप्रतिनिधिसामु पुग्ने गरेका छन् ।
“अहिले पनि धेरैले सडकै बनाउने भन्छन्, निकै कम उपभोक्ताका मात्रै अरु योजना हुन्छन्”, बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले भने, “हामी उपलब्ध स्रोत साधनको उपयोग गरेर न्यायोचित विनियोजनको पक्षमा छौँ ।” शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा भने निकै कम योजनाको माग हुने गरेको छ ।
सडक, पदमार्ग, खानेपानी र भवनका योजनाका सिवाय सर्वसाधारणका बीचमा पनि बहस हुन थालेको छ । “विगतले सानाभन्दा पनि महत्वपूर्ण काम प्रभाव राख्ने खालका गर्नुपर्छ भन्ने सिकाएको छ तर जनताको माग फरक छ”, काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले भने, “जनभावना र आवश्यकता दुवैको सम्बोधन हुनेगरी काम गर्नुपर्ने चुनौती हाम्रोसामु छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...



प्रतिकृया लेख्नुहोस्: