Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

टोलमै करोडौँका योजना माग्छन् उपभोक्ता

खबरडबली संवाददाता

बागलुङ । बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेल शनिबार दिनभर सर्वसाधारणका विकासे योजना सङ्कलनमा व्यस्त रहे । 

उनले आगामी असारमा आउने बागलुङ नगरको नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि टोल भेला गरेर सर्वसाधारणका धारणा बुझिरहेका छन। विकासे कार्यक्रमका विषयमा पनि उनीहरुले टिप्पणी उतारेका छन्। 

शनिबार बिहान साविक पैँञ्युपाटा गाविसको वडा नं १ पुगेका पौडेलले सर्वसाधारणबाट एक करोडका योजना पाए। सडकदेखि विद्यालय भवन र खानेपानीका योजनासम्म सर्वसाधारणले उनलाई टिपाए । वडाका अन्य टोलमा पनि करोडौँका योजना माग भएर आउने गरेका छन् ।

वडामा आउने बजेटले स्थानीयबाट आएका १० प्रतिशत योजनासमेत सम्बोधन गर्न कठिन हुने गरेको पौडेलले बताए। 

पौडेलमात्रै होइन बागलुङका अधिकांश वडामा निर्वाचित वडाध्यक्षको पहिलो काम नै टोल भेला र योजना सङ्कलन भएको छ । सबै वडाका सर्वसाधारणको माग र आवश्यकता एकै खालका छन् । 

यसपटकको निर्वाचनमा दोहोरिएका वडाध्यक्षका लागि त यो प्रक्रिया निकै पुरानो भइसकेको छ । तर नवनिर्वाचित वडाध्यक्षका लागि भने जनताका चाहना र योजना निकै चुनौतीपूर्ण रहेको महसुस हुन थालेको छ ।

“जनताले अपेक्षा राख्न पाउँछन्, सबै योजना बन्छन् नै भनेर मागेका पनि होइनन्, प्राथमिकताका आधारमा विनियोजन हुने योजनामा जनता खुसी हुन्छन्”, बागलुङ नगरपालिका–१३ का स्थानीय डा रामबहादुर केसीले भने, “स्रोत कम हुने र आवश्यकता बढी हुने मानवीय गुण हो ।”

आगामी असारमा नीति तथा कार्यक्रम र बजेट ल्याउन भ्याइनभ्याइ गर्दै पालिका प्रमुख र वडा समितिले योजना खोजी गर्न थालेपछि सर्वसाधारण पनि आफ्नो टोल र गाउँका योजना लिएर जनप्रतिनिधिसामु पुग्ने गरेका छन् । 

“अहिले पनि धेरैले सडकै बनाउने भन्छन्, निकै कम उपभोक्ताका मात्रै अरु योजना हुन्छन्”, बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले भने, “हामी उपलब्ध स्रोत साधनको उपयोग गरेर न्यायोचित विनियोजनको पक्षमा छौँ ।” शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा भने निकै कम योजनाको माग हुने गरेको छ । 

सडक, पदमार्ग, खानेपानी र भवनका योजनाका सिवाय सर्वसाधारणका बीचमा पनि बहस हुन थालेको छ । “विगतले सानाभन्दा पनि महत्वपूर्ण काम प्रभाव राख्ने खालका गर्नुपर्छ भन्ने सिकाएको छ तर जनताको माग फरक छ”, काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले भने, “जनभावना र आवश्यकता दुवैको सम्बोधन हुनेगरी काम गर्नुपर्ने चुनौती हाम्रोसामु छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयोः रवी लामिछाने

गोर्खा मिडियामा आएको पैसा चेक नकाटेर घाँस काट्ने कुरा त आउँदैन नि !

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोक...

राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचन...

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव (पूर्णपाठसहित)

रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस

सहकारीबारे समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्या...

नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्यो- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव त...

आइसिसी विश्वकप लिग–२: नेपाल आज क्यानडासँग खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ ।  क्यानडाको किङ्ग सिटीम...

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बै...

नक्कली ऋणीहरूको बिगबिगीले सहकारी समस्यामा : सभापति थापा

काठमाडौं। सहकारी छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीमा नक्कली ऋणीहरूको बिगबिगी रहेकाले समस्या निम्तिएको बताभएको छन् ।  प्रतिनिधि ...

नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०.७६ विन्दुमा रोकिएको छ । आज ३१२ कम्पनिको कारोबार हुदा एक करो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy