Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

राष्ट्रियसभा बैठकः बजेट कार्यान्वयनमा सांसदहरुको जोड, कसले के भने ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले बजेट समय सान्दर्भिक रहेकाले यसको कार्यान्वयनमा जोड दिएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले पुँजिगत खर्च बढाएर बजेटलाई प्रभावकारी बनाउन आग्रह गरे ।

नेपाली कांगे्रसका सांसद अनिता देवकोटाले महिला, बालवालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, कृषि, उत्पादन, रोजगारी, आन्तरिक उत्पादनको क्षेत्रलाई प्राथमिकता साथ बजेटमा समावेश गरिनु सकारात्मक भएको टिप्पणी गर्दै कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरिन् । उनले पूँजीगत खर्च कम भएका कारण पनि आर्थिक विकास हुन नसकेको भन्दै यसलाई बढाउनुपर्नेमा जोड दिनुभयो । नेकपा ९एकीकृत समाजवादी० का सांसद मदनकुमारी शाहले समग्रमा बजेट सकारात्मक रहेको भन्दै ठूला परियोजनामा रकम छुट्याउने र खर्च नहुने परिपाटीको अन्त्यका लागि ध्यानाकर्षण गराए। उनले कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ठोस कार्यक्रम समावेश हुन नसकेको टिप्पणी गरे । नेकपा माओवादी केन्द्रका उदयबहादुर बोहराले बजेट जनभावनाअनुरुप रहेको र कृषि उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित रहेकाले यसको कार्यान्वयनमा सबैको साथ चाहिने खाँचो औंल्याए ।

सोही दलका सांसद सुरेशआलेमगरले बजेट उत्कृष्ट आएको र यसले कृषि उत्पादन बढाउने, पर्यटनमा छुट दिनेलगायत विषयलाई सम्बोधन गरेको बताए। माओवादी केन्द्रका सांसद राधेश्याम पासवानले मधेशी, दलित समुदायलाई बजेटले छुन नसकेको टिप्पणी गरे।

सांसद डा विमला राई पौड्यालले समग्रमा बजेट राम्रो भएपनि यसको व्यावहारिक कार्यान्वयनमा चुनौति देखिने खतरा औंल्याइन् । नेकपा ९एमाले० का सांसद भैरवसुन्दर श्रेष्ठले भनिन्, “बजेटमा स्रोतको सुनिश्चितता छैन, पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ, ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर घटाएर ६८ मा झारिएको छ, तर त्यसको आर्थिक भार कति हुन्छ भन्ने लेखाजोखा गरिएको छैन, त्यसैले बजेट बढी महत्वाकांक्षी भयो कि ?”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

एमाले केन्द्रीय कमिटीको शपथ आज अपराह्न ४ बजे

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ समारोह आज अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा हुने निर्वाचन आयोगले जानकारी दिएको ...

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी, पोखरेल पक्षका दुई जना मात्रै निर्वाचित

काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। पदाधिकारीमा पनि ओली पक्षको प्रभुत्व कायम रह्यो। अध्यक्ष केपी शर्म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending