Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले विजयी

खबरडबली संवाददाता
काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेससहितको गठबन्धन विजयी भएको छ । मङ्गलबार साँझ सम्पन्न चारवटै पालिकाको प्राप्त नतिजाअनुसार मध्यपुरथिमि नगर कार्यपालिकामा २८ मत प्राप्त गरी गठबन्धन विजयी भएको मध्यपुरथिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनुभयो । महिला सदस्यतर्फ कांग्रेसका उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी हुनु भएको छ भने दलित एवं अल्पसङ्ख्यकतर्फ जसे सार्की र सरोज परियार विजयी हुनु भएको छ । माओवादी केन्द्रबाट बालकृष्ण परियार विजयी हुनुभएको सिलवालले जानकारी दिए। विजयी कार्यपालिका सदस्यलाई निर्वाचत अधिकृत मैया कँडेलले प्रमाणपत्र प्रदान गरे भने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सपथ ग्रहण गराए।
 
त्यसैगरी चाँगुनारायण नगरपालिका कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेमकिपाको उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा कांग्रेसको तर्फबाट महिला सदस्यमा निर्मला केसी, पूजा बर्देवा, सीतादेवी दाहाल लामिछाने, दलित एवं अल्पसङ्ख्यकतर्फ दधिराम धिमाल र नेमकिपाको तर्फबाट महिलातर्फ कमला भारती गिरी, अल्पसङ्ख्यकतर्फ जीवन नेपाली र युवराज सार्की बयरकोटी तथा राप्रपाबाट सोनु विश्वकर्मा रहेको नेपाली कांग्रेस चाँगुनारायण नगर समितिका सभापति शिवहरि केसीले जानकारी दिए। निर्वाचित सदस्यलाई चाँगुनारायणका निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले प्रमाणपत्र प्रदान गरे भने नगर प्रमुख जीवन खत्रीले शपथ ग्रहण गराएका थिए।   
 
त्यसैगरी सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका छन् । कार्यपालिका सदस्य महिलामा कमला पोखरेल, तारा सापकोटा, शर्मिला बस्नेत, हेमा दाहाल खतिवडा, सावित्री मिश्र र दलित एवं अल्पसङ्ख्यकतर्फ सुमन परियार, प्रजुन त्रिखती, सुनिल भुजेल निर्वाचित हुनुभएको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए। विजयी सदस्यलाई निर्वाचत अधिकृत सरिताकुमारी खतिवडाले प्रमाणपत्र प्रदान गरे भने नगर प्रमुख वासुदेव थापाले शपथ ग्रहण गराएका थिए । 
 
त्यसैगरि भक्तपुर नगरपालिकाको नगर कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सुनिता अवाल (प्रजापति), कृष्णप्यारी भुजू, रोशनमैया सुवाल, रञ्जना त्वाती, छोरीमैया सुजखु प्रजापति  हुनुभएको छ । दलित तथा अल्पसङ्ख्यकमा उम्मेदवारी नपरेको बताइएको छ । निर्वाचित सदस्यलाई नगर प्रमुख सुनिल प्रजापतिले शपथ गराएका थिए।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयोः रवी लामिछाने

गोर्खा मिडियामा आएको पैसा चेक नकाटेर घाँस काट्ने कुरा त आउँदैन नि !

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोक...

राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचन...

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव (पूर्णपाठसहित)

रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस

सहकारीबारे समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्या...

नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्यो- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव त...

आइसिसी विश्वकप लिग–२: नेपाल आज क्यानडासँग खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ ।  क्यानडाको किङ्ग सिटीम...

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बै...

नक्कली ऋणीहरूको बिगबिगीले सहकारी समस्यामा : सभापति थापा

काठमाडौं। सहकारी छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीमा नक्कली ऋणीहरूको बिगबिगी रहेकाले समस्या निम्तिएको बताभएको छन् ।  प्रतिनिधि ...

नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०.७६ विन्दुमा रोकिएको छ । आज ३१२ कम्पनिको कारोबार हुदा एक करो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy