जनकपुर । नेपाली रेलमा प्रतिबन्धित एसिड पोखिएको छ । बिहीबार दिउँसो जयनगरबाट जनकपुर आउँदै गरेको रेलमा एसिड पोखिएर सामान्य आगलागी भएको हो ।
आगोले एक जना महिलालाई सामान्य जलन भएको पनि नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्धन निर्देशक निरन्जन झाले भने 'कुनै यात्रुले सामान राख्ने ठाउँमा एसिडको बोतल राखेका रहेछन्, त्यही खसेर धूवाँ देखिएको हो । आगलागी नै भएको होइन । दुईरतीन थोपा एसिड पोखिएर धूवाँ देखिँदा यात्रुहरूले आगो लाग्यो आगो लाग्यो भनेर चिच्याएका हुन्,' उनले भने । रेल रोकेको बेलामा एसिड ल्याउने व्यक्ति भने भागेको उनले बताए ।
एसिडसँगै खाना पकाउने सानो ग्यास सिलिन्डर पनि भेटिएको झाले बताए । सिलिन्डर लिएर आउने महिलालाई भने भारतीय रेल्वे सुरक्षा बल(आरपीएफ) ले नियन्त्रणमा लिएको उनले जानकारी दिए । 'दुई जना महिला, एक पुरुष सिलिन्डर पनि लिएर आएका रहेछन् । महिलालाई सुरक्षा बलले नियन्त्रणमा लिएको छ । पुरुष भने फरार भएका छन् । पुरुष भागेकाले एसिड पनि उनीहरूकै हो कि भन्ने आशंका उब्जिएको छ,'महाप्रबन्धक झाले बताए ।
घटनाका बारेमा थप जानकारी प्राप्त हुने उनले बताए । भारतीय सुरक्षाकर्मीको कडा निगरानीबीच पनि रेलमा प्रतिबन्धित सामग्री कसरी प्रवेश गराइयो भन्नेबारे भारतीय पक्षसँग सोधिने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...



प्रतिकृया लेख्नुहोस्: