काठमाडौं । कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको २१.१ किमिको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम भएका छन् भने महिलातर्फ नेपाल प्रहरीका राजपुरा पछाइ प्रथम भएकि छन्।
पार्कीले एक घण्टा सात मिनेट ४१ सेकेन्डमा निर्धारित दूरी पूरा गर्नुभएको थियो । पार्की १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक विजेतासमेत छन्। त्यसैगरी पछाइले निर्धारित दूरी एक घण्टा १९ मिनेट १० सेकेन्डमा पूरा गरेका थिए ।
त्यस्तै त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी एक घण्टा सात मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पूरा गरेर दोस्रो हुनुभएको छ । त्यस्तै तेस्रो हुने त्रिभुवन आर्मी क्लबकै मुकेश पालले एक घण्टा आठ मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । चौथो, पाँचौँ र छैटौँ पनि त्रिभुवन आर्मी क्लबकै धावक हुनुभएको छ ।
त्यस्तै महिलातर्फ सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी एक घण्टा २२ मिनेट पाँच सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भए भने नेपाल पुलिस क्लबकी रोवा विष्टले एक घण्टा ३० मिनेट ४२ सकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल भए ।
त्यस्तै चौथो हुने त्रिभुवन आर्मी क्लबकी निर्मला केसी, पाँचौँ हुने विन्द्रा श्रेष्ठ र छैटौँ हुने आर्मीकी गीता विकले क्रमशः एक घण्टा ३१ मिनेट १३ सेकेन्ड, एक घण्टा ३३ मिनेट २७ सेकेन्ड र एक घण्टा ३६ मिनेट तीन सेकेन्डमा निर्धारित दूरी पार गरेका छन्।
कान्तिपुर हाफ म्याराथनको २१.१ किमि विधामा महिला र पुरुषका विजेताले रु एक–एक लाख पुरस्कार पाउने छन् । यो गत संस्करणभन्दा दोब्बर वृद्धि हो । दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र रु पाँच हजार प्राप्त गर्ने जनाइएको छ ।
‘जलवायु परिवर्तन’ नाराका साथ आयोजित दशौँ संस्करणमा महिला र पुरुष दुवैको २१.१ किमिको हाफ म्याराथन, कर्पोरेट दौड (पाँच किमि), ह्विलचियर रेस (तीन किमि) गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो । हाफ म्याराथन थापाथलीबाट सुरु भएर माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, थिमि, सल्लाघारी, कटुञ्जे रोडबाट सोही रुट फर्किएर थापाथली आएर समापन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ११:०१
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...
पौष ३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...
पौष ३ गते, २०८२ - १०:३९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...
पौष ३ गते, २०८२ - १०:३२
बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...




प्रतिकृया लेख्नुहोस्: