Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सेनाको सफा हिमाल अभियान : चारवटा हिमाल क्षेत्रबाट निकालियो झन्डै ३४ टन फोहर

खबरडबली संवाददाता

काठमाडौं, नेपाल सरकारको योजनाअनुसार नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’अन्तर्गत विभिन्न हिमाल क्षेत्रबाट यस वर्ष झन्डै ३४ टन फोहर निकालिएको छ । तीनवर्षे अभियानमा यो पटक (सन् २०२२ मा) सबैभन्दा बढी फोहर सङ्कलन गरिएको हो । यसअघि सन् २०१९ मा १० टन र सन् २०२१ मा २७.६ टन फोहर निकालिएको थियो ।  

प्रकृति तथा पर्यावरणको संरक्षण र जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्ने उद्देश्यले गत चैत २२ गते यस वर्षको सफा हिमाल अभियान सञ्चालन गरिएको थियो । विश्व वातावरण दिवसका अवसरमा आज अभियान टोलीले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष झन्डा फिर्ता गरी अभियानको समापन भएको घोषणा गरिएको थियो ।  

हिमाली क्षेत्रमा देखिएको फोहरले नेपालको पहिचान धमिल्याउने जोखिम बढ्दो छ । बहुपक्षीय महत्व बोकेको नेपालको हिमशृङ्खलालाई भविष्यसम्म जोगाउन सन् २०१९ देखि नेपाली सेनाले उक्त साहसिक अभियान थालेको हो । त्यस अभियानमा नेपाली सेनाले विभिन्न सरकारी तथा गैरसरकारी तथा निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेको छ ।  

यस वर्ष सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रमा अभियान चलाइएको थियो । ती हिमाली क्षेत्रबाट कुहिने फोहर सात हजार २२७ किलो र नकुहिने २६ हजार ६५० किलो गरी कूल ३३ हजार ८७७ किलो ९३३।८ टन० फोहर सङ्कलन गरिएको नेपाली सेनाले जनाएको छ । टोलीले कञ्चनजङ्घा हिमालबाट दुई मानव अस्थिपञ्जरसमेत सङ्कलन गरेको छ ।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक तथा सफा हिमाल अभियानका निर्देशक हिमांशु खड्काले नेपाली सेनाका ३० र शेर्पा सहयोगी ४८ गरी ७८ जनाको सहभागितामा अभियान चलाइएको जानकारी दिए । सङ्कलित फोहमध्ये कुहिने फोहरलाई तत्तत् स्थानीय तहमा हस्तान्तरण गरिएको छ भने नकुहिने केही फोहरलाई पुनः प्रशोधनका लागि सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको र केही हस्तान्तरण गर्न बाँकी रहेको उनले जानकारी दिए। 

अभियानको नेतृत्व गरेका सेनानी किशोर अधिकारीले प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनका असर न्यूनीकरण, पर्यटन प्रवद्र्धन  र भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न अभियान सञ्चालन गरिएको जानकारी दिए। समारोहमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले हिमाल संरक्षणका लागि नेपाली सेनाको छुट्टै गुल्म वा गणको आवश्यकता महसुस भएको बताए। 

सन् २०१९ मा सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको नेतृत्व गर्नुभएका नापी अधिकृत खिमलाल गौतमले नेपालका हिमाल जोगाउन यो अभियान महत्वपूर्ण रहेको बताए। उनले वातावरणलाई प्राकृतिक रुपमा सफा राख्न हिमालको ठूलो भूमिका हुने उल्लेख गर्दै प्राकृतिक हिमाललाई अप्राकृतिक नबनाउन आग्रह गरेका छन् । 

मानिसको दिगो जीवनका लागि स्वच्छ हिमालको खाँचो रहेको औँल्याउँदै उहाँले बढ्दो क्रममा रहेको हिउँ पग्लने अवस्थालाई रोक्नुपर्ने आश्यकता औँल्याए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले नेपाली सेनाको अभियानको प्रशंसा गर्दै हिमाल संरक्षणका लागि प्रभावकारी नियमनको खाँचो रहेको उल्लेख गरे। 

हिमाल आरोहणमा सेनाको सफलता

अभियानका क्रममा कञ्चनजङ्घा हिमालमा नेपाली सेनाले पहिलोपटक झन्डा फहराउन सफल भएको छ । प्राप्त विवरणअनुसार मे ७ मा संसारकै तेस्रो अग्लो ९आठ हजार ५८६ मिटर अग्लो० उक्त हिमालमा सहसेनानी राजु श्रेष्ठ र सिपाही अमित थापाले मा सफल आरोहण गरी नेपाली सेनाको झन्डा फहराउन सफल भए ।

यस्तै १२ मेमा सर्वोच्च शिखर सगरमाथामा नेपाली सेनाका क्याप्टेन गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले तथा १२ मेमा विश्वको चौथो अग्लो ल्होत्से हिमालमा क्याप्टेन जितेन्द्र कार्की, सिपाही खिमलाल ओली र कविराम घर्ती मगर पुग्न सफल भएको जनाइएको छ । 

वातावरणलाई सन्तुलन राख्नु मानवको परम कर्तव्यः प्रधानसनापति

समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले बढ्दै गएको पर्यावरणीय जटिलतामा वातावरणलाई सन्तुलन राख्नु मानवको परम कर्तव्य भएको बताए । उनले सरकारको वातावरण संरक्षणको प्रयास अनुरुपका कार्यक्रममध्येको एउटा स्वरुप सफा हिमाल अभियान रहेको स्मरण गर्दै सेनाले अभियानको अगुवाइको भूमिका मात्रै निर्वाह गरेको जानकारी दिए। उनले सबैको साथ र सहयोगले मात्रै यस्ता कार्यक्रम सफल बनाउन सकिने उल्लेख गरे। 

प्रतिकूल मौसमबीच अभियान टोलीले सफलताका लागि कार्यक्रम सम्पन्न गरेकामा उनले प्रशंसा गरे। उक्त अभियानको अहिले नै प्रतिफल नदेखिए पनि दीर्घकालीन नतिजा दिने उनले विश्वास व्यक्त गरे। समारोहमा उनले सफलतापूर्वक विभिन्न हिमाल आरोहण गर्ने नेपाली सेना, सहयोगी संस्थाका प्रतिनिधि तथा शेर्पा आरोहीहरुलाई प्रशंसापत्रसमेत वितरण गरेका थिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मूल्य प्रतितोला २ लाख ६० हजार नाघ्याे, चाँदीकाे कति ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...

एमाले सचिवमा २० उम्मेदवारमा कसको अग्रता छ ?

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...

एमाले उपाध्यक्षमा विष्णु पौडेलको अग्रता

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...

मतगणनाको प्रारम्भिक नतिजा: ओलीले १५६ मत पाउँदा ईश्वर पोखरेलले पाए ६७

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...

रवि लामिछाने र छविलाल जोशीको धरौटी मागसम्बन्धी मुद्दाको पेसी आज

बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending