Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

इम्बोस्ड नम्बर प्लेट : विवाद के हो ?

'सवारीसाधनका वर्गीकरणका आधारमा चरणबद्ध ढङ्गले लैजाँदा सहज हुन्छ'

खबरडबली संवाददाता

काठमाडौं । आगामी साउन १ गतेदेखि सडकमा गुड्ने हरेक सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेको हुनुपर्ने भन्नेबारे 'सेवाग्राहीमा पर्न गएको दुविधा र त्यसबाट उत्पन्न असुविधाप्रति' यातायात व्यवस्था विभागले क्षमायाचना गरेको छ।

मङ्गलवार पाँच पृष्ठ लामो विज्ञप्ति जारी गर्दै विभागले आफूले दिएको ४० दिनको समय सीमाभित्र 'अहिलेकै गतिमा नम्बर प्लेट जडान हुने हो भने' परियोजनामा परेका २५ लाखमध्ये केही प्रतिशतमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान हुने भन्दै आफ्नो ढिला-सुस्ती स्वीकारेको छ।

विभागले अदालतबाट इम्बोस्ड नम्बर प्लेटबारे आदेश आइसकेको र राजपत्रमा सूचना पनि प्रकाशित भइसकेकाले लट अनुसार सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दै जाने दृढता पनि प्रकट गरेको छ।

यातायात व्यवस्था विभागले केही दिन अघि आगामी असारभित्रै वाग्मती र गण्डकी प्रदेशका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने सूचना जारी गरेपछि विभागको चर्को आलोचना भइरहेको थियो।

एकथरीले पूर्वाधारविनै अनिवार्य गर्नु सही नभएको बताएका थिए भने अर्कोथरीले लागु गरेर पनि बिस्तारै पूर्वाधार बनाउँदै जान सकिने तर्क गरेका थिए।

विभागका महानिर्देशक नमराज घिमिरेले चाहिँ निश्चित लटका सवारीसाधनमा मात्रै अहिले त्यस्तो नम्बर प्लेट अनिवार्य गर्न खोजिएको शनिवार बीबीसीलाई बताएका थिए।

यातायात विज्ञ के भन्छन्?

सरकारले सुरक्षाका दृष्टिकोणले राम्रै गर्न चाहेकोले अन्यथा लिन नहुने कतिपय यातायात विज्ञको तर्क छ।

"प्राविधिक रूपमा र अरू देशको उदाहरण हेर्दा यो चानचुने कुरा नै हो। कतिपय दुर्घटनाको हकमा तत्काल उद्धार गर्न खोज्दा सवारीसाधन 'ट्रेस' गर्न नसकेको पनि अवस्था छ," यातायात विज्ञ आशिष गजुरेलले बीबीसीसँग भने।

"इम्बोस्ड नम्बर प्लेट जडान भयो भने त्यसमा जीपीएस सिस्टम पनि हुन्छ। भनेपछि गाडी कहाँ छ कुन अवस्थामा छ कता जाँदैछ भन्ने पत्ता लगाउन पनि सकियो।"

त्यो जडान गरेपछि गाडी हराउँदा अथवा चोरी हुँदा पनि पत्ता लगाउन सजिलो हुने उनको तर्क छ।

सरकारी सेवाहरूको डिजिटल रूपान्तरण गर्ने कदम सकारात्मक रहेको यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक रूपनारायाण भट्टराई बताउँछन्।

यद्यपि आवश्यक पूर्वाधारहरूको विकास नगरीकनै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नु सरकारी कमजोरी भएको उनको ठम्याइ छ।

"सबै प्रदेशमा पूर्वाधार खडा गरेर जानुपर्नेमा त्यसो किन गरिएन? त्यसमा कमजोरी देखिन्छ," बीबीसीसँग उनले भने।

हाललाई समाधानका उपाय के?

अहिले नै सवारीसाधनमा अनिवार्य गर्नुको साटो पूर्वाधारहरू बनाएर चरणबद्ध रूपमा कार्यान्वयन गर्नुपर्ने पूर्वमहानिर्देशक भट्टराईको सुझाव छ।

त्यसका लागि यातायात व्यवस्था विभागले पहिला सवारीहरूको वर्गीकरण गर्नुपर्ने उनी बताउँछन्।

"सवारीसाधनका वर्गीकरणका आधारमा चरणबद्ध ढङ्गले लैजाँदा सजिलो र सहज हुन्छ," भट्टराईले थपे।

त्यसैगरी यातायात कार्यालयमा मात्रै प्रमाणीकरण गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनी औँल्याउँछन्।

"त्यहाँ मात्रै प्रमाणीकरण सेवा उपलब्ध हुँदा भीड भयो। सेवा उपलब्ध गराउने ठाउँ अन्यत्र पनि बढाउनुपर्‍यो।"

इम्बोस्ड नम्बर प्लेट जडान गरे पनि त्यसको निगरानी गर्ने गेट नराखिएसम्म त्यो जडान गरेर अर्थ नहुने यातायात विज्ञ गजुरेलको भनाइ छ।

प्लेट जडान गर्न के गर्नुपर्छ?

उक्त नम्बर प्लेट प्राप्त गर्नका लागि सर्वसाधारणले यातायात व्यवस्था विभागको वेबसाइटमार्फत् आवेदन दिनुपर्ने हुन्छ।

विभागका अनुसार आवेदकले पेस गरेका कागजपत्र प्रमाणीकरणको काम सम्पन्न भएपछि सिस्टमबाटै इम्बोस्ड नम्बर प्लेट जारी हुनेछ।

त्यसपछि आवेदकले एउटा बार कोड प्राप्त गर्छन्। त्यो लिएर यातायात कार्यालयहरूमा गएपछि इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सकिन्छ।

सरकारले हाल वितरण गरिराखेको इम्बोस्ड नम्बर प्लेट चार प्रकारमा वर्गीकरण गरेको छ।

सार्वजनिक यातायातमा पहेँलो प्लेटमा कालो अक्षर हुन्छ भने निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर लेखिएको हुन्छ।

त्यस्तै सरकारी र संस्थानका गाडीमा सेतो प्लेटमा रातो अक्षरले लेखिएको हुन्छ भने कूटनीतिक निकायहरूले प्रयोग गर्ने सवारीमा नीलो प्लेटमा सेतो अक्षर हुन्छ।

सरकारले फरक व्यवस्था गरेको अवस्थामा बाहेक मन्त्री, प्रधानमन्त्रीले प्रयोग गर्ने सवारीहरू समेत तीनै चार प्रकारका इम्बोस्ड नम्बर प्लेटमा पर्ने बताइएको छ।

इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनीको हकमा के कस्ता कारबाही हुने भन्नेबारे विभागले स्पष्ट रूपमा केही भनेको छैन।

जडान शुल्क कति लाग्छ?

सरकारले दुईपाङ्ग्रे सवारीका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २,६०० रुपैयाँ तोकेको छ।

ट्रकजस्ता ठूला सवारीसाधनमा सबैभन्दा बढी ३,६०० रुपैयाँ तिर्नुपर्ने हुन्छ।

यो नम्बर प्लेट विगतमा जस्तो आफैँ जडान गर्न नसकिने बताइएको छ।

विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि तोकिदिएको स्थानमा पुगेर सवारी धनी आफैँले जडान गराउनुपर्ने हुन्छ।

एक पटक जडान गरिएको इम्बोस्ड नम्बर प्लेट काम नलाग्ने नभएसम्म प्रयोग गर्न सकिने विभागले जनाएको छ।

इम्बोस्ड नम्बर प्लेट लिने सवारी धनीले हाल प्रयोगमा रहेको नम्बरभन्दा फरक नयाँ नम्बर प्राप्त गर्ने बताइएको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending