Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सिसडोलका स्थानीयवासीको अवरोधले काठमाडौंको फोहोर व्यवस्थापन अनिश्चित

प्रभावित क्षेत्र किटान गरी बस्ती स्थानान्तरण गर्न केन्द्र सरकारसँग माग

खबरडबली संवाददाता

काठमाडौं । स्थानीयवासीको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा विसर्जन हुन सकेन । 

गत सोमबार साँझ सहरी विकासमन्त्री, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका प्रतिनिधिबीच मङ्गलबारदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सहमति गरे पनि सिसडोलका स्थानीयवासीले पुनः अवरोध गरेपछि फोहर व्यवस्थापन हुन नसकेको हो । 

सहमतिअनुसार उपत्यकाबाट प्रहरीसहित फोहर बोकेर बञ्चरेडाँडा पुगेको गाडीलाई स्थानीयवासीले ढुङ्गामुढा गरेपछि प्रहरी र स्थानीयवासीबीच झडपसमेत भएको बताइएको छ । 

मुख्यगरी बञ्चरेडाँडाका स्थानीयवासीले प्रभावित क्षेत्र किटान गरी बस्ती स्थानान्तरण गर्न केन्द्र सरकारसँग माग गर्दै आएका छन् । त्यसैगरी प्रभावित स्थानीयवासीलाई रोजगारीको व्यवस्था, स्वास्थ्य बीमा, शिक्षाको पहुँच हुनुपर्नेजस्ता माग रहेको ककनी गाउँपालिका–३ का अध्यक्ष घननाथ बजगाईंले बताए । 

केन्द्र सरकार र कामपाले आफूहरुमाथि विगत १७ वर्षदेखि झुटको खेती गर्दै आएको आरोप लगाउँदै  जनप्रतिनिधिसँगको सहमतिले मात्र फोहर व्यवस्थापन गर्न नपाइने भन्दै त्यहाँका स्थानीयवासीले सहमतिको व्यवस्था गरी पटकपटक फोहर व्यवस्थापनमा अवरोध गरेका हुन् ।  

सत्र वर्षअघि दुई वर्षका लागि भन्दै सिसडोलमा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको थियो । अहिले सिसडोलमा फोहर राख्न नमिल्ने अवस्था आएपछि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा अन्तिम फोहर व्यवस्थापनस्थल निर्माणको काम भइरहेको छ ।  

उक्त दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम पूर्णरूपमा सम्पन्न नभइसकेको भए पनि पहिलो सेलको काम सकिएकाले फोहर व्यवस्थापन गर्न थालिएको हो । विगत ११ दिनदेखि उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध फैलिएको छ भने आवतजावत गर्नसमेत समस्या भइसकेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending