Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

एउटा लडाइँ जसले पूर्वी युक्रेनमा युद्धको नतिजा 'निर्धारण गर्नेछ'

युद्धका कारण एक अर्ब ६० करोड मानिस प्रभावित भए : राष्ट्रसंघ

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सेभेरोडोनेट्स्क सहरका लागि भइरहेको लडाइँले देशको पूर्वी क्षेत्रमा युद्धको परिणामलाई निर्धारण गर्न सक्ने बताएका छन्।

"धेरै सन्दर्भमा डोन्बासको भाग्य तय भइरहेको छ," उनले भने।

उक्त औद्योगिक क्षेत्रमा रुसी र पृथकतावादीसँग युक्रेनी फौजको लडाइँ जारी रहेका बेला उनको उक्त भनाइ आएको हो।

उनले आफ्नो सेनाले "शत्रु सेना"लाई ठूलो क्षति पुर्‍याइरहेको बताए।

तर उक्त क्षेत्रमा उच्च युक्रेनी अधिकारीका अनुसार युक्रेनी सेना सहरको बाहिरी भागमा धकेलिएको छ।

लुहान्स्कका गभर्नर सेर्हेई हाइडाईले रुसले "गोलाबारी र हवाई हमलाहरू गर्न थालेपछि" विशेष सैन्य बल फिर्ता भएको बताएका छन्।

"हाम्रो [फौज] ले फेरि सहरको बाहिरी भाग मात्र नियन्त्रण गरेको छ," उनले स्थानीय सञ्चारमाध्यमसँग भने।

"तर लडाइँ अझै जारी छ, हाम्रा [सैनिकहरू] ले सेभेरोडोनेट्स्कको रक्षा गरिरहेका छन्।"

"रुसीहरूले शहरलाई पूर्ण रूपमा नियन्त्रण गर्छन् भन्न असम्भव छ।"

करिब १५ हजार नागरिकहरू सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्कमा रहेको गभर्नरले बताएका छन्।

रुसले बुधवार युक्रेनले डोन्बासमा "जनशक्ति, हतियार र सैन्य उपकरणको उल्लेखनीय क्षति" भोगिरहेको बताएको थियो।

गत मार्चको अन्त्यमा युक्रेनको राजधानी किएभ वरपरको क्षेत्रबाट रुसी सेना फिर्ता भएपछि युद्धको केन्द्रबिन्दु पूर्वी क्षेत्र भएको छ।

सन् २०१४/१५ मा भएको लडाइँपछि डोन्बासको ठूलो भाग रुसी समर्थित पृथकतावादीहरूको नियन्त्रणमा छ।

राष्ट्रसङ्का महासचिवको चेतावनी

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले रुसी आक्रमणले विश्वको अवस्था खराब भइरहेको चेतावनी दिएका छन्।

उनले उक्त युद्धका कारण एक अर्ब ६० करोड मानिसहरू प्रभावित भएको बताए।

"खाद्य सुरक्षा, ऊर्जा र वित्तिय क्षेत्रमा युद्धको प्रभाव प्रणालीगत, गम्भीर र तीव्र छ," उनले भने।

बीबीसी न्यूजसँगको अन्तर्वार्तामा विश्व व्यापार सङ्गठनकी महानिर्देशकले हस्तक्षेप नगरिए खाद्य सङ्कट वर्षौंसम्म रहनसक्ने चेतावनी दिएकी छन्।

उनका भनाइमा विशेषगरी अफ्रिकी देशहरू गहुँ र मलको अभावबाट प्रभावित हुन सक्छन्।

युद्धका कारण अहिले पनि लाखौँ टन अन्न युक्रेनी बन्दरगाहका गोदामहरूमा थन्किरहेका छन् र त्यो अन्नलाई निर्यात गर्नसक्ने अवस्था छैन।

पश्चिमा देशहरूले लगाएका विभिन्न प्रतिबन्ध, कम्पनीहरूको ठूलो सङ्ख्यामा पलायन र निर्यातमा आएको गिरावटका कारण रुसी अर्थतन्त्र यो वर्षको अन्त्यसम्ममा १५ प्रतिशत र आगामी वर्ष थप तीन प्रतिशतले सङ्कुचित हुने विश्व ब्याङ्किक विज्ञहरूको विश्वास छ।

युरोपले रुसी उर्जाबाट आफूलाई पूर्ण रूपमा मुक्त गर्‍यो भने यो तथ्याङ्क अझै खराब हुनसक्ने कतिपयको चेतावनी छ।

रुसले २४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको हो।

राष्ट्रसङ्घका अनुसार युद्ध सुरु भएदेखि कम्तीमा ४ हजार २ सय ५३ सर्वसाधारणहरू मारिएका छन् भने ५ हजार १ सय ४१ जना घाइते भएका छन्।

त्यस्तै दुवै पक्षका हजारौँ लडाकुहरूले ज्यान गुमाएका छन् भने १४ लाख भन्दा बढी मानिसले आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजबाट निःशुल्क सर्वसाधारणले धरहरा चढ्न पाइने

काठमाडौं । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएक...

झलनाथको आरोप- ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेका छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाएका छन् । त्यस्ता नीतिको भण्डाफोर गर्...

नेपालकाे जलवायु र स्वच्छ ऊर्जा प्रवर्द्धनमा सघाउने अमेरिकी प्रतिबद्धता

वासिङ्टन । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय ...

‘प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचनबाट गर्दा स्थिरता हुनसक्छ’

सञ्चारमन्त्री भन्छन्- बोल्दा पनि तौलेर बोल्नुपर्ने भूराजनीतिमा छौँ

रवि लामिछानेको प्रस्ताव- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाऔं, प्रदेशसभा खारेज गरौं (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । पार्टीको पहिलो राष...

विगतमा जनताले भोगेको निरंकुशतालाई आजको पुस्ताले बिर्सनु हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन्।  संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिही...

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर पुनः भक्तपुर फर्क...

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय...

सरकारको साझा संकल्प- चर्चामा रहेका सबै भ्रष्टाचारको काण्डहरुको निष्पक्ष छानबिन हुन्छ (पूर्णपाठ)

काठमाडौं । सरकारले बुधवार साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ । २०८१ असार १७ गते नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बिच संयुक्त सरक...

संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै, दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन आह्वान

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy