Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

मेलम्चीबासीमा फेरि बाढीको त्रास, अस्थायी पुल क्षतिग्रस्त

गतबर्ष मेलम्चीमा बाढीले मच्चिएको थियो वितण्डा

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित हुन थालेको छ। गए राति आएको भारी वर्षापछिको बाढीले मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुर्‍याउन थालेको छ।

गएरातिको वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्के पुलमा क्षति पुर्‍याएको हो । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा न ११ का अध्यक्ष चन्द्र बहादुर तामाङ लगायतले क्षतिग्रस्त ह्युमपाइपको अनुगमन गरेपछी मर्मत थालिएको छ ।

मेलम्ची नगरपालिका वडा नं ७ र ११ जोड्ने अस्थायी फट्के पुल (ह्युमपाइप कल्भर्ट)मा क्षति पुगेसँगै यातायात सेवा अवरुद्ध भएको हो ।

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङका अनुसार क्षति पुगेका ह्युमपाइप मर्मत गरेर १ हप्ता चलाइने छ । मेलम्ची इन्द्रावती जोड्ने पुलमा भने क्षति नपुगेको तामाङले बताए। सो पुल पनि केही दिन राखिने प्रमुख तामाङले जानकारी दिए। 

गतवर्षको बाढी प्रत्यक्ष भोगेका त्यहाँका स्थानीयहरु यो वर्ष मनसुन सक्रिय भएसँगै आत्तिएका छन्। उनीहरुको व्यवस्थापन हुनेगरी प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर अघि बढ्ने मेलम्चीका मेयर तामाङले बताए।

१ असार र १६ साउनमा आएको बाढीका कारण मेलम्ची नदीमा वितण्डा मच्चिएको थियो। भूगर्वविदसहितको प्राविधिक टोलीले २२ साउदेखि ४ दिन भेमाथाङ्गमा बसेर त्यहाँको स्थलगत अनुगमन गरेका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending