Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

लगातारको वर्षाले तरकारी किसान आजित

रासस

महोत्तरी । नयाँ वर्ष सुरु भएदेखि नै लगातार पर्दै आएको वर्षाले महोत्तरीका तरकारी किसान आजित भएका छन् । सातारदश दिन बिराएर पर्दै आएको वर्षाले नियमित गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेँलिदै गएपछि किसानको  चिन्ता बढेको हो  । 

गत वैशाखमा त कैयौँ पटकको हावाहुरीसहितको वर्षाले लहरे तरकारीका बेला लहरा लतारेर सोतर बनाएको किसानको गुनासो छ । वर्षाको पानीले चुटेर फूल, चिचिला र फलसमेत चाउरिएर झर्न थालेपछि अपेक्षित तरकारी उत्पादन लिन नसकिने चिन्ताले यहाँका किसान पिरोलिएका हुन् । महोत्तरीको तरकारी पकेट क्षेत्र मानिने भेगमा पाँच दिनयता भने दिनहुँ नै पानी पर्दै आएको छ ।

लगातार पानी परिरहँदा गोडमेल र उपचार नपाउँदा तरकारी पहँेलिएको किसानको भनाइ छ । “लगातार पानी परिरहेको छ, गोड्न पाइएन”, जिल्लामै कहलिएका तरकारी उत्पादक किसान भङ्गाहा नगरपालिका–४ का सत्यनारायण यादव भन्छन्, “गोडमेल नपाएपछि बारीभरि झार बढेको छ ।” 

बारीमा अहिले चिस्यान बढी हुँदा खनजोत गर्न नसकेर भदौरे तरकारी लगाउन नपाइएको किसान बताउँछन् । जेठभित्रै रोपी सक्नुपर्ने भदौरे तरकारीलाई अब ढिलो हुँदै गएको किसान बताउँछन् । “बारीमा पसी सक्नु छैन अहिले, पानीले माटो गालेको छ”, यादव भन्छन्, “जेठ सकिनै लाग्यो, खै यसपालि भदौरे तरकारी रोप्न पाइने छाँट छैन ।” 

लगातारको वर्षाले करेला, फर्सी, घिरौँला, झिमनी, लौका, बोडी, चिचिण्डा र परवलसहितका तरकारीका बेला लहरा पहैँलिएर सुकेका छन् । खासमा वैशाख अन्तिम साता र जेठका साता नै पिच्छे परेको पानीले हिउँदसम्म उत्पादन दिने लहरे र खोर्सानी, भाण्टासहितका तरकारी बाली पहेँल्याएर सुकाएको भङ्गाहा–४ कै अर्का तरकारी किसान सरोज महतो बताउँछन्। 

महोत्तरीका बर्दिवास नगरपालिकाको चेरु, माइस्थान, सोनापेटी, ढुङ्ग्रे, भब्सी, चेरु, टुटेश्वर, बरडाँडा र गणन्तासहितका बस्ती तरकारी बालीमा परबल खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । 

यी स्थानमा लगाइएको परबल अहिले गोडमेल गर्न नसक्दा पानीले गालेर लहरा पहेँलिएका, चिचिला र फल पनि कलिलैमा चाउरिएका र चुँडिएर झरेका चेरुका परबल किसान वाणिकराज काफ्लेले बताए। कृषि क्षेत्रकै लामो सरकारी सेवाबाट खेतीमा फर्किएका काफ्ले अवकासप्राप्त सहसचिव हुन्। 

“भिरालो पाखो जग्गाको परवल त मौसममा सुधार आएर गोडमेल र उपचार गर्न पाए फर्कला कि १ तर, खेतका गरामा लगाइएको परवलको भने अब आस म¥यो”, काफ्लेले भने,  “म आफैँ विज्ञ हुँ, गोडमेल र उपचारको कुरामा जानकार छु, तर, प्रकृतिका अघि बस् चल्दो रहेन छ , परवल लगाएको जग्गा चिस्यानले भासिने बनाएको छ, पसी सक्नु छैन, के को गोडमेल  के को उपचार ?”

स्थायी सिँचाइको राम्रो प्रबन्ध नभएपछि थोरै सिँचाइबाट नै गर्न सकिने तरकारी खेतीलाई किसानले जीवन गुजाराको पेसा बनाएका छन् । जिल्लामा कूल करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो नहरको सिँचाइ पुग्छ । बाँकी सबै जग्गा आकासे पानीकै भरमा गर्नुपर्ने भएको हुँदा कम सिँचाइले पुग्ने तरकारी खेती रोजेका किसानलाई  अहिले लगातारको वर्षा नै पिरोलो बनेको छ । 

“खेत बारीमा भाण्टा, खोर्सानीका बोट र परवल, घिरौँला, झिमनी, रामतोरइ, करेला, फर्सी र लौकासहितका तरकारीका बेला पानीले गालेर सुक्दैछन्”, भङ्गाहा–४ पलारका तरकारी किसान सत्यनारायण चौधरी थारुले विरक्तिँदै भन्छन्, “बारीमा लरबर फल्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि  घरगुजारा केले टार्ने होला?” 

जिल्लामा विभिन्न मौसमका गरी वर्षभरिमा १० हजार हेक्टरभन्दा बढी जग्गामा तरकारी खेती हुँदै आएको छ ।

जिल्लाका बर्दिवास, भङ्गाहा, गौशाला, बलवा र मटिहानी नगरपालिका तरकारी बालीका उर्वर पकेटक्षेत्र मान्न्छिन् तर, पछिल्ला केही वर्षयता मौसमले साथ नदिँदा खेतीबाट अपेक्षित आम्दानी गर्न नसकेको किसानको भनाइ छ । बालीले मागेका बेला पानी नपाएर र नचाहिँदा मुसलधार पानी परेर उत्पादन हात लाग्न नसकेको किसान बताउँछन् । 

घर नजिकै बग्ने नदीनाला सिँचाइका लागि वरदान हुनपर्नेमा राज्यको उदासिनताले ती बर्सेनि घरखेत बगाउने अभिशाप बनेका बर्दिबास–९ पशुपतिनगरका ६५ वर्षीय किसान महेन्द्र महतो बताउँछन्। 

“खै हाम्रो त कर्मै खोटो पो हो कि क्याहो?” महतोले भने। आफूहरुको यो मर्का तीनै तहका सरकारले बुझी दिनपर्ने किसान बताउँछन् ।

मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष नै किसानलाई राहत दिने बताए पनि ग्रामीण बस्तीका किसानले यो फाइदा लिन सकेका छैनन् । कुलो नहर नपुग्ने जग्गामा सिँचाइका वैकल्पिक उपायको अबलम्वन, कृषि बजारको वैज्ञानिक व्यवस्थापन र आधुनिक खेती प्रणालीका लागि किसानलाई बिउबिजन, मल र उपकरण कृषि ज्याव सहज र सुलभ मूल्यमा पाउने व्यवस्था गरिने प्रदेश सरकारले जनाएको छ । 

जिल्लाका ग्रामीण बस्तीका किसान सरकारले दिने सुविधा बिना भेदभाव घरघरै पुग्नुपर्ने बताउँछन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending