Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

पूर्वी युक्रेनमा भीषण लडाइँ, बलियो बन्दै रूसी पकड

पूर्व ब्रिटिश सैनिक मारिए, युक्रेनमा तैनाथ हुने फौजी युनिटहरू थप्ने प्रयास

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनमा जारी लडाइँमा एक जना पूर्व ब्रिटिश सैनिक मारिएको उनको परिवारले जनाएको छ।

जोर्डन गेट्लीले गएको महिना ब्रिटिश सेना छाडेका थिए। उनी हालैका दिनमा भीषण लडाइँ भइरहेको पूर्वी युक्रेनको सेभेरोडोनेट्स्कमा मारिएका हुन्।

युक्रेनको पक्षमा लड्दालड्दै ज्यान गुमाउने उनी दोस्रो ब्रिटिश नागरिक हुन्। यसअघि स्कट सिब्लीको गएको एप्रिलमा ज्यान गएको थियो।

उनको परिवारले जोर्डन 'नायक भएको र सदैव हृदयमा रहने' जनाएका छन्।

एउटा फेसबुक पोस्टमा उनका पिताले युक्रेनमाथिको रुसी हमलाको प्रतिरोधमा जोर्डनले स्थानीय फौजहरूलाई तालिम दिएको बताए।

उनले सेभेरोडोनेट्स्कको प्रतिरक्षामा अग्रमोर्चामा लड्दालड्दै आफ्नो छोराले ज्यान गुमाएको बताए।

रुसी पकड बलियो बन्दै

यसैबीच रुसी फौजहरूले पूर्वी युक्रेनको सेभेरोडोनेट्स्क सहरमा आफ्नो पकड बिस्तारै बलियो बनाउँदै लगेको यूकेको रक्षा मन्त्रालयले जनाएको छ।

त्यहाँ घेराबन्दीमा परेको एउटा रासायनिक उद्योगमा बङ्करहरूमा सयौँ गैरसैनिकहरूले आश्रय लिइरहेका विवरण आएका छन्।

क्षेत्रीय गभर्नर सेर्हेई हाइडाईले रुसी गोलाबारीका कारण छिमेकी लिसिचान्स्कसँग जोड्ने दोस्रो पुल क्षतिग्रस्त भएको बताए।

उनका अनुसार अन्तिम पुल भीषण गोलाबारीमा परिरहेको छ।

हप्तौँदेखि ठूलो लडाइँको केन्द्रमा एजोट रासायनिक उद्योग रहेको छ।

गभर्नर हाइडाईले हालसम्म ज्यान गुमाएका मानिसहरूको सङ्ख्या यकिन गर्न नसकिएको बताएका छन्।

पश्चिम युक्रेनका अधिकारीहरूले छोर्टकिभमा गरिएको क्षेप्यास्त्र आक्रमणमा २० जनाभन्दा बढी घाइते भएको जनाएका थिए।

रुसी रक्षा मन्त्रालयले पश्चिमा देशहरूले दिएको अस्त्र भण्डारलाई ब्ल्याक सीमा रहेको आफ्नो युद्धपोतद्वारा प्रहार गरिएको क्षेप्यास्त्रले निशाना बनाएको बताएको छ।

यूकेको रक्षा मन्त्रालयले के भन्यो ?

यूकेको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो अद्यावधिक विवरणमा रुस सञ्चार र गोलाबारीमा बलियो देखिएको भन्दै उसले सेभेरोडोनेट्स्क क्षेत्रमा भूभागहरू कब्जा गर्दै आफूलाई बलियो बनाउँदै लगेको उल्लेख गरिएको छ।

त्यसमा रुसले युक्रेनमा तैनाथ हुने फौजी युनिटहरू थप्ने प्रयासहरू अघि बढाएको पनि जनाइएको छ।

हालैका हप्तामा रुसले तेश्रो सैनिक बटालियन परिचालन गर्ने तयारी अघि बढाएको भनिएको छ।

लुहान्स्क क्षेत्रका गभर्नर हाइडाईले सेभेरोडोनेट्स्कको अवस्था एकदमै जटिल रहेको र अबको दुई दिन निर्णायक हुने बताएका छन्।

उनले अहिलेसम्म रुसी फौजहरूले सहरमा नियन्त्रण कायम गर्न नसकेको बताए।

उनका अनुसार उक्त सहरसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद गर्न रुसले चाहेको छ।

मानिसहरूलाई त्यहाँबाट बाहिर लैजान नसकियोस् र थप अस्त्र तथा सुरक्षाकर्मी ल्याउन नमिलोस् भन्ने उद्देश्यले त्यसो गर्न खोजिएको उनले बताए।

उनले रुसले तयार राखेका आफ्ना सबै सैनिकहरूलाई आज वा भोलि परिचालित गरेर सेभेरोडोनेट्स्क नियन्त्रणमा लिन सक्ने बताए।

यसैबीच रुसी रक्षा मन्त्रालयले आफूले किएभलाई अमेरिका र युरोपेली देशहरूले उपलब्ध गराएका ट्याङ्कलाई नष्ट गर्न सक्ने क्षमता भएको क्षेप्यास्त्र प्रणाली र अरू अस्त्रहरू राखिएको एउटा भण्डार नष्ट गरिदिएको जनाएको छ।

बीबीसीले त्यसको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

युक्रेनले पश्चिमा जगतलाई देशको पूर्वमा जारी रुसी आक्रमणहरूलाई निस्तेज तुल्याउन भारी हतियारहरू उपलब्ध गराउन माग गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending