Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराउन माधव नेपालको माग

खबरडबली संवाददाता
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी असार अन्तिम साता संयुक्तराज्य अमेरिकामा हुने भनिएको भ्रमणबारे जानकारी माग गरेका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा परराष्ट्र नीति कार्यान्वयनसम्बन्धी भएको छलफलमा उहाँहरुले प्रधानमन्त्रीले गर्ने कुनै पनि भ्रमण अघि सबै दलसँग आवश्यक छलफल र परामर्श गर्दा उपयुक्त हुने धारणासमेत व्यक्त गरे।
 
बैठकमा समिति सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र नीति कार्यान्वयन सम्बन्धमा विगतदेखि नै भएका गतिविधि समीक्षा गरेर अघि बढ्नुपर्ने बताउँदै नीति कार्यान्वयनलगायत विषयका लागि राष्ट्रिय शक्तिका बीचमा छलफल गर्नुपर्ने आवश्यकता औँल्याए। 
 
भ्रमणका सम्बन्धमा समिति, संसद् र सम्पूर्ण देशलाई् जानकारी हुनुपर्ने बताउँदै यस विषयमा परराष्ट्रमन्त्रीको धारणा आवश्यक रहेको उल्लेख गर्नुभयो । परराष्ट्र नीति कार्यान्वयन गर्दा छिमेकी मुलुकलाई सशङ्कीत बनाउने काम गर्न नहुने उनको धारणा थियो ।
 
समिति सदस्य एवं पूर्वउपप्रधानमन्त्री डा भीम रावलले प्रधानमन्त्री देउवाको भ्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई समितिमा आमन्त्रण गरेर स्पष्ट पार्नुपर्ने माग गरे । समिति सदस्य पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सबै दलसँग परामर्श गरेर एक बोलीका साथ जाँदा उपयुक्त हुने बताए। उननले कुनै छिमेकीलाई चिढाउने र कुनै छिमेकीलाई रिझाउने गरी पराराष्ट्र नीति कार्यान्वयन गर्न नहुनेमा जोड दिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending