काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुईवटा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता गरेको सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले जानकारी दिए ।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई आयोजक पाण्डेले होटलमा बोलाएर नशालु पदार्थ खुवाई बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेकी थिइन् । त्यसपछि अर्की एक बालिकाले पनि पाण्डेले आफूमाथि शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् ।
मानव बेचबिखन मुद्दामा १० देखी १५ वर्ष र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा अधिकतम ३ वर्ष कैद सजाय गर्न मागदाबी लिइएको सरकारी वकिल कार्यालयका प्रमुख पौडेलले जानकारी दिए । कपिलवस्तु घर भएका पाण्डेले २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता पछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटलमा बलात्कार गरेको पीडित युवतीको आरोप छ । पाण्डेविरुद्ध एक नाबालिगले यौन दुर्व्यवहारको जाहेरी दिएकी छिन् । बिहीबार अदालतमा बयान पछि पाण्डेको मुद्दामा थुनछेक बहस सुरु हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १५:००
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध योजनाबद्ध रूपमा कुप्रचार भइरहेको बताएका छन्। पार्टीको बागमती प्रदेश जागरण अभियानल...
आषाढ़ २० गते, २०८३ - १४:४५
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पालना नगरेको भन्दै काठमाडौं महानगरपालिका–२२, न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट ...
आषाढ़ २० गते, २०८३ - १४:०७
रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको सय दिनको कार्यकाल उपलब्धीविहीन रहेको टिप्पणी गरेका छन्। ल...
आषाढ़ २० गते, २०८३ - १३:४५
काठमाडौँ। पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २०...
आषाढ़ २० गते, २०८३ - १३:३३
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्नरगराउनका लागि ...
आषाढ़ २० गते, २०८३ - १२:५५
काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री...
आषाढ़ २० गते, २०८३ - १२:२९
रानी। गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएको छन् । नेप...
आषाढ़ २० गते, २०८३ - १२:१७
लहान। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारबाट संविधान र संघीयतामाथि हुने कुनै पनि हमला स्वीकार्य नहुने बताएको छन् । नेपाली कां...
आषाढ़ २० गते, २०८३ - १२:०२
प्युठान । अर्घाखाँचीको दुर्वाङबाट २०७५ सालमा ३० वटा केराका बिरुवा ल्याएर सुरु गरिएको खेती अहिले १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्युठानको ऐरावती गाउँ...
आषाढ़ २० गते, २०८३ - ११:३०
ढल्केबर। मधेश प्रदेशमा असारको तेस्रो सातासम्म कुल धान खेतीयोग्य जमिनमध्ये १४.७३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय मधेश ...



प्रतिकृया लेख्नुहोस्: