Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

एकैदिन चार युरोपेली देशका नेताहरू किएभमा, क्रेमलिन असन्तुष्ट

खबरडबली संवाददाता

काठमाडौं । फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले युक्रेनले 'प्रतिरोध गर्नैपर्ने र जित्नैपर्ने' बताउँदै 'रुसी बर्बरता' को आलोचना गरेका छन्। 

फ्रान्सका राष्ट्रपति, जर्मनीका चान्सलर ओलाफ सोल्ज र इटलीका प्रधानमन्त्री मारिओ ड्रागी बिहीवार बिहान युक्रेन पुगेर राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीसँग भेटेका छन्।

माँक्रो, सोल्ज र ड्रागीको भ्रमणको उद्देश्य आफूहरूले गरिरहेको सहायताप्रति भएको आलोचनाको विरोध गर्ने, युक्रेनलाई आर्थिक र मानवीय सहायतासहित अस्त्र पनि दिने रहेको छ।

उनीहरू पोल्याण्डबाट रातीको रेलयात्रा गरेर बिहीबार बिहान किएभ पुगेका थिए।

चार विदेशी नेता एकसाथ किएभमा

राष्ट्रपति निवासमा उनीहरूसँगपछि रुमेनियाका राष्ट्रपति क्लाउस यो हानिस समेत मिसिएर कुराकानी भएका थिए।

उक्त परिसर सबैखाले उच्च सुरक्षाबाट घेरिएको थियो।

ती तीनजना नेताहरूले युक्रेन युद्धको सुरुमा रुसले नियन्त्रण जमाएको इरपिन शहरमा पुगेर युद्धको क्षति अनुगमन गरेका छन्।  

चान्स्लर सोल्जले त्यहाँको क्षतिलाई 'अकल्पनीय क्रूरता' र 'चेतना शून्य हिंसा' बताएका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ईयूका नेताहरूलाई सैन्य सहायतामा तीब्रता दिन आग्रह गरेका छन्।

केही युक्रेनीहरूले उनीहरूमाथि केवल उदासिन समर्थन गरेको आरोप लगाउने गर्छन्।

क्रेमलिनको असन्तुष्टि

क्रेमलिनका एकजना वरिष्ठ अधिकारी दिमित्री मेद्भेदेभले सो भ्रमणप्रति व्यङ्ग्य गर्दै नेताहरू 'शून्य प्रयोजन'का लागि किएभ गइरहेको बताए।

मेद्भेदेभले उक्त भ्रमण युक्रेनलाई हतियार दिनेबारे मात्र केन्द्रित होला भन्ने आफूले नठानेको बताउँदै त्यसो भए युक्रेनलाई थप क्षति हुने बताए।

यस भ्रमण युरोपेली आयोगले युक्रेनलाई ईयू सदस्यता दिने कि नदिने भन्नेबारे सिफारिस गर्नेभन्दा एक दिनअघि भएको छ।

माँक्रोले किएभ पुगेका युरोपेली नेताहरू 'तत्काल' ईयूमा जोडिन युक्रेनलाई उम्मेद्वार हैसियत दिन सहयोगी रहेको बताएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending