Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

बुटवलको नीति तथा कार्यक्रम : नगरवासीलाई स्वास्थ्य सेवा निःशुल्क

खबरडबली संवाददाता

बुटवल । बुटवल उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानीलगायत जनताका आधारभूत विषयलाई सम्बोधन गर्दै रोजगारीको सिर्जना गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहागरपालिकाले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा नगरवासीको आर्थिक अवस्था सबल तुल्याउने र समुन्नत बुटवलको आधार तयार गरी समानता र स्वाभिमानी बुटवल निर्माण गर्ने लक्ष्य प्रस्तुत गरेको छ ।

उपमहानगरपालिकाको एघारौँ अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा ‘नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क’ प्रदान गरिने उल्लेख छ । कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने नगरवासीको मौलिक हकलाई सुनिश्चित गर्नुका साथै नगरमा भएका स्वास्थ्य संस्थाको स्तरोन्नति, गुणस्तरीय, प्रभावकारीरुपले सञ्चालन गर्न थप व्यवस्थित गरी सम्पूर्ण वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गरिने नीति अगाडि सारिएको छ । 

यस्तै समानता, अवसर र स्वाभिमान, स्वास्थ्य बुटवलवासीको पहिचानको नारालाई कार्यान्वयनमा ल्याइने र शिशुदेखि ज्येष्ठ नागरिकसम्म नगर प्रमुख कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनको लागि स्वास्थ्यका विशेष कार्यक्रम ल्याइने जनाइएको छ । यसका लागि उपमहानगरबाट प्रवाह हुने जनस्वास्थ्यसम्बन्धी सेवालाई प्रभावकारी तुल्याउन नगरको दीर्घकालीन जनस्वास्थ्य नीति र विशेष कार्यमूलक योजना तयार गरी कार्यान्वयन गरिने जनाइएको छ । 

यसैगरी उपमहानगरपालिका भित्रका स्थायी बासिन्दालाई स्वास्थ्यचौकी, आम्दा अस्पताल र प्रादेशिक अस्पतालमा प्रसूति भई दुई सन्तानसम्म जन्माउने आमाको लागि पोषण खर्च उपलब्ध गराइने नीति अगाडि बढाइने भएको छ । उपमहानगरपालिकाले नगरभित्रको शिक्षाको विकासका लागि नगरभित्रका सबै सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयलाई न्यूनतम मापदण्डअनुरुप भौतिक तथा शैक्षिक पूर्वाधार सम्पन्न बनाइने उल्लेख छ ।

यस्तै हरेक बालबालिकाले आधारभूत शिक्षा प्राप्त गर्न पाउने अधिकारअन्तर्गत बुटवल उपमहानगरपालिका क्षेत्रभित्रका बेसहारा एवं अनाथ बालबालिकाको लागि सामुदायिक विद्यालयमा छात्रावासमा बसी अध्ययन गर्ने अवसर उपलब्ध गराउन विद्यालयसँग सहकार्य गरिने कार्यक्रम अघि बढाइने जनाइएको छ । यसका साथै निजी शिक्षण संस्थाबाट प्रदान गरिँदै आएको छात्रवृत्तिलाई पारदर्शी बनाई नियमन गरिने पनि उल्लेख गरिएको छ ।

नगरभित्रका सबै निजी र सरकारी विद्यालयमा स्थानीय तहको पठनपाठनमा बुटवलको इतिहास र पहिचान नैतिक शिक्षा, योगा र आयुर्वेदजस्ता विषयलाई समावेश गरी पठनपाठन गराइने साथै शारीरिक तथा मानसिक अशक्त बालबालिकाको सिकाइ र पढाइका लागि बुटवल नगरभित्र छुट्टै विद्यालय (सिकाइ केन्द्र) स्थापनाका लागि सङ्घीय र प्रदेश सरकारसमक्ष पहल गरिनेछ । 

बुटवल उपमहानगरपालिकाले नगरभित्र युवा तथा खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण कार्यक्रम नीति कार्यक्रममार्फत अगाडि सारेको जनाएको छ । उपमहानगरपालिकाले युवावर्गलाई खेलकुदको माध्यमबाट स्वस्थ जीवनशैली निर्माण, सिर्जनात्मक क्षमताको विकास र समाजको प्रतिष्ठा अभिवृद्धि गर्न प्रेरित गरि सङ्घसंस्था क्लबसँगको सहकार्यमा  प्रत्येक वडामा बहुउद्देश्यीय कवर्डहलरखुला सामुदायिक शारीरिक व्यायमशाला निर्माण गरिने बताइएको छ ।

बुटवलमा हरेक वर्ष सञ्चालन गरिँदै आएको राष्ट्रियस्तरको तिलोत्तमा गोल्डकप प्रतियोगिता कार्यक्रमलाई नियमित र भव्यरुपमा सञ्चालन गरिनेछ र वडा नं ११ मा रहेको एन्फा टेक्निकल सेन्टरसँग रहेको खुला क्षेत्रलाई अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाई स्पोर्टस् जोनको रुपमा विकास गरिने प्रस्तुत नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

किशोर अवस्थाका युवा विद्यार्थी वर्ग प्रायः लागुऔषधको दुव्र्यसनमा फस्ने गरेको अवस्थालाई लक्षित गरी लागुपदार्थ दुव्र्यसनी सम्बन्धमा सचेतीकरण कार्यक्रम सञ्चालन गरिनेछ । साथै दुव्र्यसनीको समस्याबाट मुक्त गर्न विभिन्न स्थानमा गोप्यरुपमा खोजी एवं निगरानी गरी सुधारात्मक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

अमानवीय मूल्य र मान्यतालाई आत्मसात् गरी मानव सभ्यता र संस्कृतिको प्रवद्र्धन गर्दै मानवताको सहर बुटवल उपमहानगर बनाउने लक्ष्यका साथ सञ्चालन गरिँदै आएका अभियानलाई निरन्तरता दिइनेछ । लैङ्गिक हिंसामुक्त बुटवल उपमहानगर तथा विभेदमुक्त, लैङ्गिकमैत्री, बालमैत्री, अपाङ्गमैत्री, युवामैत्री, ज्येष्ठ नागरिकमैत्री सहर बनाउने महत्वपूर्ण अभियान सञ्चालन गरिनेछन् ।

बुटवल उपमहानगर पालिकाले सार्वजनिक सेवाप्रवाहलाई पारदर्शी, जवाफदेही, जनमुखी, गुणस्तरीय र पहुँचयुक्त बनाउनुका साथै सङ्गठनलाई अनुशासित, मर्यादित तथा जवाफदेही, मितव्ययी, कार्यकुशल र चुस्त दुरुस्त राख्न कार्यसम्पादनमा आधारित मापनयोग्य सूचक बनाउनुका साथै आचारसहिंतालाई कडाइका साथ पालना गर्दै दण्ड र पुरस्कारको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने नीति अगाडी सारेको छ ।

यस्तै जनप्रतिनिधि तथा कर्मचारीका लागि क्षमता विकाससम्बन्धी समयसापेक्ष उपयुक्त कार्यक्रम सञ्चालन गरिनेछ । बुटवल उपमहानगरपालिकाले नगरवासीलाई छिटो, सरल र सहज तरिकाले न्याय दिलाउन न्यायिक समितिको प्रयास र आपसी समझदारीमा मेलमिलापको माध्यमबाट विवाद निरुपण गराई विवादित पक्ष अदालत धाउने क्रममा हुने आर्थिक व्ययभार, अनुत्पादक खर्च, दुःख हैरानीलाई कम गर्दै सामाजिक सद्भाव र सहिष्णुता कायम राख्नेगरि न्यायमा सर्वसाधारणको पहँुच स्थापना गराउन र विवादरहित, हिंसारहित न्यायोचित समाज निर्माण गर्न सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरी वडा तहबाटै विवाद समाधान गर्न आवश्यक पहल गरिने जनाइएको छ ।

बुटवल उपमहानगरपालिकामा समग्र भौतिक पूर्वाधारको विकासका लागि यस अगाडिनै तयार भएका आवधिक र दीर्घकालीन गुरुयोजनाको आवश्यक अध्ययन गरी थप परिमार्जन विकास कार्य अगाडि बढाइने प्रस्तुत कार्यक्रममा उल्लेख गरिएको छ । 

पूर्वाधार विकाससँग सम्बन्धित सडक यातायात, कृषि, सिँचाइ, खेल पूर्वाधार, खानेपानी, ढल निकास, पर्यटन पूर्वाधार, सरकारी विद्यालय, क्याम्पस शैक्षिक पूर्वाधार, स्वास्थ्य पूर्वाधार, फोहोर व्यवस्थापन पूर्वाधार कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति लिइने बसपार्क, सार्वजनिक शौचालय, व्यावसायिक भवन, विभिन्न हाटबजारको स्तरोन्नति गरी सुविधा सम्पन्न बनाइने उल्लेख छ ।

यस्तै पार्किङस्थलरपार्किङ बिल्डिङ, सपिङ कम्प्लेक्सजस्ता सम्भावित क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी परियोजना सञ्चालन गर्ने नीति लिइनेछ । स्मार्ट पार्किङ कार्यक्रम सञ्चालनमा ल्याइनेछ । कार्यक्रमा बुटवलको खानेपानी लामो समयदेखिका योजना सम्पन्न गर्न आपूर्तिसम्बन्धी समस्यालाई दीर्घकालीनरुपमा सम्बोधन गर्नेगरी अगाडि बढाइएको बुटवल ९झुम्सा० खानेपानी आयोजना सञ्चालनमा देखा परेका समस्या समाधान गरी सञ्चालन गर्न आवश्यक सहजीकरण गरिने उल्लेख गरिएको छ । 

यस्तै सङ्घीय तथा प्रदेश सरकारसँग सहकार्यमा तिनाउ तथा दानव नदीमा तटबन्ध गर्ने र तिनाउ जलाधार क्षेत्रको गुरुयोजना तयार गरी ढुङ्गा सञ्चालन गर्ने र दुवैतर्फ रात्रिकालीन बजार तथा पैदल बाटो निर्माण गर्न पहल गरिने नीति लिइएको छ । बुटवलको ऐतिहासिक महत्वको सम्पदा जितगढी किल्लाको संरक्षण, जितगढी युद्ध सङ्ग्रहालय निर्माण, सङ्घ÷प्रदेश सरकारको सहकार्यमा जितगढी सम्पन्न गरी सिद्धबाबाधाम, मुक्तिनाथ धाम, नरैनापुरधाम, नीलकण्ठ बाबाधाम, बैठौलिया तालको गुरुयोजनाबमोजिम कार्यान्वयनमा ल्याई पर्यटकीयस्थलको रुपमा विकास गरिने कार्यक्रम रहेको छ । 

बुटवलको मध्य भागमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडकका कारण बुटवलवासीले सास्ती बेहोर्नुपरेको उल्लेख गर्दै उपमहानगरपालिकाले यो राजमार्ग खण्डको स्तरोन्नतिको काम यथाशीघ्र निर्माण र मर्मत गर्न पहल गरिने जनाइएको छ ।

बुटवलको बुटवलमण्डपमा निर्माणाधीन अन्तर्राष्ट्रिय सभागृह र अत्याधुनिक प्रदर्शनी केन्द्रलाई राष्ट्रकै गौरवको क्षेत्रको रुपमा विकास गरी यस क्षेत्रलाई गिरिजाप्रसाद कोइराला बुटवलमण्डप नामकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

यस्तै तिनाउ नदी किनारमा छठपर्व मान्ने मधेसी समुदायका लागि सेड निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने र नगर क्षेत्रभित्र रहेका भूमिहीन दलितरसुकुम्बासी तथा अव्यवस्थित बसोबासीको राष्ट्रिय भूमि आयोगले तोकेबमोजिम लगत सङ्कलन, नाप नक्साङ्कनको प्रक्रिया अगाडि बढाइ जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउन पहल गरिने नीति उपमहानगरको छ । बुटवलमा लामो समयदेखि समस्याको रुपमा रहेको सुकुम्बासी तथा अव्यवस्थित समस्या समाधानका लागि अल्पकालीन व्यवस्थाका रुपमा बसोबासको प्रमाणपत्र वितरण गरिने र यससम्बन्धी समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी जग्गा नापजाँच गरी लालपूर्जा वितरणको काम अगाडि बढाइने नीति कार्यक्रममा उल्लेख गरिएको छ । 

उपमहानगरपालिकाभित्र रहेका ग्रामीण क्षेत्रमा रहेको कृषियोग्य जमिनलाई कृषि उत्पादनको केन्द्र बनाउन र कृषि पेसामा टिकाइ राख्न कृषि विकासमा ‘के पाइन्छ होइन, के चाँहिन्छ’ नीति अवलम्बन गरिने बताइएको छ । यसका साथै कृषि क्षेत्रलाई बुटवलको जीवनयापनको महत्वपूर्ण आधारका रुपमा ग्रहण गर्दै नवीनतम सीप तथा प्रविधिको प्रयोगमार्फत आधुनिकीकरण तथा व्यवसायीकरण गरी बुटवलको कृषि क्षेत्रको उत्पादन उत्पादकत्व वृद्धि गर्ने नीति लिइने जनाइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी जोगाउन अनेक कोसिस गर्दा पनि बचाउन सकिएन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...

१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना, ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम

काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...

सरकारको सय दिन: ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...

शासकीय सुधार कार्यसूचीको प्रगति ८७‍.२ प्रतिशत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...

जग्गा विवादमा प्रहरी जवानद्वारा युवकमाथि निर्घात कुटपिट, घाइतेको अवस्था गम्भीर

बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...

ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ: मन्त्री रावल

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...

सरकारका सय दिनका उपलब्धि, मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...

सरकारको सयदिने उपलब्धि सार्वजनिक: सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...

सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयन कमजोर रहेको कांग्रेसको निष्कर्ष, संसद्मा सशक्त रूपमा उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending