वेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदका विषयभन्दा साझा हित र चासोका मामिला अधिक रहेका बताएका छन् ।
चीनका लागि भारतका राजदूत प्रदीपकुमार रावतसँग बुधबार भएको भेटमा उनले एकअर्काप्रति शङ्काउपशङ्का नभई पारस्परिक सहयोग र समझदारीलाई सुदृढ बढाउनुपर्नेमा जोड दिएका छन् । दुवै पक्षले एकअर्कालाई कमजोर पार्नुको सट्टा सहयोग गर्नुपर्ने तथा आपसी विश्वास अभिवृद्धि गर्न अपरिहार्य भएको बताए ।
“द्विपक्षीय सम्बन्धलाई सुमधुर, स्थिर र स्वस्थ तुल्याउन चाडोभन्दा चाँडो दुवै पक्षले आधा बाटो हिँड्नुपर्छ, विश्वव्यापी चुनौतीलाई संयुक्तरूपमा सम्बोधन गर्न तथा साझा हितको रक्षाका निम्ति दुवै देश एकताबद्ध भएर हिँड्नुपर्छ” चीनका शीर्ष कूटनीतिज्ञलाई उद्धृत गर्दै समाचार समिति सिह्वाले जनाएको छ ।
विदेशमन्त्री वाङले दुवै देशका नेताबीच भएका महत्वपूर्ण रणनीतिक सहमतिको पालना, सीमा समस्यालाई द्विपक्षीय सम्बन्धमा उचित स्थान दिन तथा तिनको समाधान संवाद र परामर्शबाट दुवै मुलुकले खोज्नुपर्ने बताए ।
चीन र भारतले जनता–जनताबीचको सम्बन्ध विस्तार, सांस्कृतिक आदानप्रदान, पारस्परिक लाभका क्षेत्रमा सहयोग विस्तार, मानव जातिको उज्ज्वल भविष्य निर्माणमा मिलेर काम गर्नुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिएका थिए ।
सन् २०२० को अप्रिल–मेमा चीन–भारत सिमानाको पश्चिमी क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षले एकतर्फी रूपमा यथास्थिति परिवर्तनको धेरै पटक प्रयास गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।
कैयौँ चरणका वार्तापछि दुवै पक्षले आफ्ना मतभेदलाई व्यवस्थापन गर्न र कुनै पनि विषयमा विवाद नगर्ने सहमति जनाएका थिए । साथै दुवै पक्षले सीमा विवादको अन्तिम टुङ्गो नलागेसम्म सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नु द्विपक्षीय सम्बन्धको समग्र विकासका लागि आवश्यक आधार भएको स्वीकार गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: