वेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदका विषयभन्दा साझा हित र चासोका मामिला अधिक रहेका बताएका छन् ।
चीनका लागि भारतका राजदूत प्रदीपकुमार रावतसँग बुधबार भएको भेटमा उनले एकअर्काप्रति शङ्काउपशङ्का नभई पारस्परिक सहयोग र समझदारीलाई सुदृढ बढाउनुपर्नेमा जोड दिएका छन् । दुवै पक्षले एकअर्कालाई कमजोर पार्नुको सट्टा सहयोग गर्नुपर्ने तथा आपसी विश्वास अभिवृद्धि गर्न अपरिहार्य भएको बताए ।
“द्विपक्षीय सम्बन्धलाई सुमधुर, स्थिर र स्वस्थ तुल्याउन चाडोभन्दा चाँडो दुवै पक्षले आधा बाटो हिँड्नुपर्छ, विश्वव्यापी चुनौतीलाई संयुक्तरूपमा सम्बोधन गर्न तथा साझा हितको रक्षाका निम्ति दुवै देश एकताबद्ध भएर हिँड्नुपर्छ” चीनका शीर्ष कूटनीतिज्ञलाई उद्धृत गर्दै समाचार समिति सिह्वाले जनाएको छ ।
विदेशमन्त्री वाङले दुवै देशका नेताबीच भएका महत्वपूर्ण रणनीतिक सहमतिको पालना, सीमा समस्यालाई द्विपक्षीय सम्बन्धमा उचित स्थान दिन तथा तिनको समाधान संवाद र परामर्शबाट दुवै मुलुकले खोज्नुपर्ने बताए ।
चीन र भारतले जनता–जनताबीचको सम्बन्ध विस्तार, सांस्कृतिक आदानप्रदान, पारस्परिक लाभका क्षेत्रमा सहयोग विस्तार, मानव जातिको उज्ज्वल भविष्य निर्माणमा मिलेर काम गर्नुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिएका थिए ।
सन् २०२० को अप्रिल–मेमा चीन–भारत सिमानाको पश्चिमी क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षले एकतर्फी रूपमा यथास्थिति परिवर्तनको धेरै पटक प्रयास गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।
कैयौँ चरणका वार्तापछि दुवै पक्षले आफ्ना मतभेदलाई व्यवस्थापन गर्न र कुनै पनि विषयमा विवाद नगर्ने सहमति जनाएका थिए । साथै दुवै पक्षले सीमा विवादको अन्तिम टुङ्गो नलागेसम्म सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नु द्विपक्षीय सम्बन्धको समग्र विकासका लागि आवश्यक आधार भएको स्वीकार गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: