काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गरेका छन्।
एनआरएनको टोलीसँग आज भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौँलाई संसाभर चिनाउन आग्रह गरेको हो । उनले काठमाडौँ महानगरपालिकाभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका सकारात्मक रहेको बताए ।
नगरप्रमुख शाहले एनआरएनएको योजना कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिका लाग्ने विश्वास व्यक्त गरे एनआरएनएका अध्यक्ष कुल आचार्यले एनआरएनए काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी ‘स्मार्ट सिटी’ अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माणलगायत सहकार्य गर्न तयार रहेको बताए।
अध्यक्ष आचार्यले एनआरएनले काठमाडौँ महानगरपालिकाको टिमसँग सहकार्य गर्न उत्साहित रहेको उल्लेख गरे। भेटमा एनआरएनए युरोपका संयोजक चिन्तामणि सापकोटा, एनआरएनए आइसिसी सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक रमेश काफ्लेलगायतको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: