काठमाडौँ । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।
गठबन्धन सरकारले पेट्रोलियम पदार्थको निरन्तर बढ्दो मूल्यलाई ह्वात्तै घटाएर सर्वसाधारणलाई राहत दिएको छ । सत्ता साझेदार दलहरूले सरकारलाई दिएको निर्देशनअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकैपटक ठूलो मात्रामा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
यससँगै, आज राति १२ बजेदेखि लागू हुने गरेर सरकारले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल–मट्टितेलको मूल्यमा प्रतिलिटर २९ रुपैयाँ घटाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आजै रातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए ।
घटेको मूल्यअनुसार अब उपभोक्ताले प्रतिलिटर १७९ रुपैयाँमा पेट्रोल र १६३ रुपैयाँमा डिजेल–मट्टितेल पाउँछन् । यसअघि, पेट्रोलको मूल्य प्रतिलिटर १९९ र डिजेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ थियो । जसमध्ये पेट्रोलमा २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य कटौती गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८१ - १७:३७
काठमाडौं, नेपाली कांग्रेसका ३४ देशमा रहेका जनसम्पर्क समितिले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरेका छन्। संयुक्त प्रेस विज्ञप्...
बैशाख १३ गते, २०८१ - १७:१८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पा...
बैशाख १३ गते, २०८१ - १७:०३
काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्...
बैशाख १३ गते, २०८१ - १६:५१
धुलिखेल । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समा...
बैशाख १३ गते, २०८१ - १६:३०
धनुषा ।धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ । प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहि...
बैशाख १३ गते, २०८१ - १६:२३
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको भाषणलाई लिएर निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी ...
बैशाख १३ गते, २०८१ - १५:५७
सुर्खेत । नेपाली कांगे्रसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्म...
बैशाख १३ गते, २०८१ - १५:५०
काभ्रेपलाञ्चोक । खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पुर्याइँदैछ । करिब दुई दशकअघि ‘अविर...
बैशाख १३ गते, २०८१ - १५:२०
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ ...
बैशाख १३ गते, २०८१ - १४:४७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिएको छन् । प्राकृतिक स्रोतमा धनी ...
प्रतिकृया लेख्नुहोस्: