वासिङटन । सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो एउटा निर्णयलाई खारेज गरेपछि देशका विभिन्न राज्यका गर्भपतन सेवा प्रदायक संस्थाले सेवा प्रवाह बन्द गरेका छन् ।
गर्भपतनको महिला अधिकार सर्वोच्च अदालतले उल्ट्याएपछि त्रासका कानुनी कारबाही भोग्नुपर्ने त्रासका बीच अल्बामा, टेक्सास र वेस्ट भर्जिनियालगायत राज्यका गर्भपतन सेवा प्रदायक संस्थाले सेवा प्रवाह बन्द गरेका हुन् ।
गर्भपतनको सेवा प्रदान गर्दै आएको वेस्ट भर्जिनियाको एकमात्र संस्थाका कार्यकारी निर्देशक केटी क्बिनोनेजले भक्कानिएका केही सेवाग्राही बोल्न नसकेका, केहीले बलिन्द्र आँसुका धारा बगाएका बताउँदै आफ्ना कर्मचारी दिनभर अब सेवा प्रवाह नहुने र ‘तपाईँको अपइन्टमेन्ट’ रद्द गरिएको सूचना प्रवाहमा व्यस्त हुनु परेको जनाइन् ।
गर्भपतन अधिकारका समर्थकहरूले सर्वोच्चको फैसलालाई अमेरिकी न्यायसम्पादनको कालो दिन भनेका छन्भने भ्रुणहत्या पाप हो भन्नेहरूले फैसलाको स्वागत गरेका छन् । सर्वोच्चको फैसलासँगै नौ वटा राज्यमा गर्भपतन रोकिएको छभने दक्षिण डकोटा र ओक्लोहमाका सेवा प्रदायकले पनि गर्भपतनको प्रक्रिया रोक्ने तरखर गरेका छन् ।
गर्भपतनसम्बन्धी महिलालाई प्राप्त संवैधानिक अधिकार खोरिएको विरोधमा देशका विभिन्न शहरमा व्यापक प्रदर्शन भइरहेको छ । फैसलाको पक्षमा पनि केही राज्यमा प्रदर्शन भएका छन् । सर्वोच्चको फैसालपछि अब राज्यहरूले गर्भपतनसम्बन्धी आफ्नै नियम बनाउने छन् । धेरै राज्यमा सर्वोच्चको फैसला अनुरुपका नियम बनाइने सम्भावना रहेको छ ।
यसैबीच, भ्याटिकनको एकेडेमी फर लाइफले गर्भपतनसम्बन्धी अमेरिकी सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको छ । भ्याटिकनले मानव जीवनको रक्षा व्यक्तिगत अधिकारमा सीमित हुन नसक्ने उल्लेख गर्दै महिलाहरूलाई आफ्ना कोखमा बच्चा जोगाउनका निम्ति सामाजिक परिवर्तन आवश्यक भएको बताएको छ । उसले जीवनका विषयमा चिन्तन गर्न पनि उनीहरूलाई आह्वान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: