Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल कोलम्बो भ्रमणमा

खबरडबली संवाददाता

कोलम्बो । आर्थिकरूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल यहाँ आउने भएको छ । 

अमेरिकी अर्थ मन्त्रालय र विदेश मन्त्रालयको प्रतिनिधित्व गर्दै उच्च प्रतिनिधिमण्डलको टोली आइतबार यहाँ आउन लागेको हो ।  

प्रतिनिधिमण्डलले विभिन्न राजनीतिक दलका प्रतिनिधि, अर्थशास्त्री र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । 

प्रतिनिधिमण्डलमा एसियाका लागि कोषका उप–सहायक अर्थमन्त्री रोबर्ट काप्रोथ तथा  दक्षिण एवम् मध्य एशियाका लागि उप–सहायक विदेशमन्त्री केली केडरलिङलगायत छन् । अमेरिकी टोलीले सम्भावित सहयोग बारे परामर्श गर्नेछ ।  

“यो भ्रमणले श्रीलङ्काका जनताको सुरक्षा र समृद्धिप्रतिको हाम्रो निरन्तर प्रतिबद्धतालाई जोड दिन्छ,”श्रीलङ्कालाई आर्थिक चुनौतीका बेला सघाउन, उसको आर्थिक वृद्धिमा टेवा दिन तथा प्रजातान्त्रिक संस्थाहरूलाई सुदृढ तुल्याउने प्रयासस्वरुप उच्च अधिकारी वासिङटनबाट आउन लागेका उल्लेख गर्दै श्रीलङ्काका लागि अमेरिकी राजदूत जुली चुङले भनिन् ।

बितेका दुई सातामा अमेरिकाले श्रीलङ्काली साना र मध्यम व्यवसायलाई सघाउन १२ करोड डलरको नयाँ वित्तीय सहयोगको घोषणा गरको थियो । त्यसैगरी वासिङटनले मानवीय सहायता तथा जीविकोपार्जनका लागि थप ६० लाख डलर प्रदान गर्ने बताएको थियो । अर्थतन्त्रलाई स्थिर बनाउन तथा वित्तीय सुधारका लागि प्राविधिक सहयोग उपलब्ध गराउन नयाँ अनुदान दिइएको बताइएको छ । 

भविष्यमा पनि श्रीलङ्काको आर्थिक पुनरूत्थान, खाद्य सुरक्षा, सार्वजनिक स्वास्थ्य तथा शिक्षा क्षेत्रको प्रवद्र्धनका लागि अमेरिकी सहयोग निरन्तर रहने जनाइएको छ । साथै उसले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट सहयोगका निम्ति गरेको श्रीलङ्काली अनुरोधको समर्थन पनि गरेको छ । वर्तमान सङ्कटबाट श्रीलङ्कालाई मुक्त गर्न सक्दो सहयोग गर्नुपर्नेमा वासिङटनले जोड दिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending