कोलम्बो । आर्थिकरूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल यहाँ आउने भएको छ ।
अमेरिकी अर्थ मन्त्रालय र विदेश मन्त्रालयको प्रतिनिधित्व गर्दै उच्च प्रतिनिधिमण्डलको टोली आइतबार यहाँ आउन लागेको हो ।
प्रतिनिधिमण्डलले विभिन्न राजनीतिक दलका प्रतिनिधि, अर्थशास्त्री र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।
प्रतिनिधिमण्डलमा एसियाका लागि कोषका उप–सहायक अर्थमन्त्री रोबर्ट काप्रोथ तथा दक्षिण एवम् मध्य एशियाका लागि उप–सहायक विदेशमन्त्री केली केडरलिङलगायत छन् । अमेरिकी टोलीले सम्भावित सहयोग बारे परामर्श गर्नेछ ।
“यो भ्रमणले श्रीलङ्काका जनताको सुरक्षा र समृद्धिप्रतिको हाम्रो निरन्तर प्रतिबद्धतालाई जोड दिन्छ,”श्रीलङ्कालाई आर्थिक चुनौतीका बेला सघाउन, उसको आर्थिक वृद्धिमा टेवा दिन तथा प्रजातान्त्रिक संस्थाहरूलाई सुदृढ तुल्याउने प्रयासस्वरुप उच्च अधिकारी वासिङटनबाट आउन लागेका उल्लेख गर्दै श्रीलङ्काका लागि अमेरिकी राजदूत जुली चुङले भनिन् ।
बितेका दुई सातामा अमेरिकाले श्रीलङ्काली साना र मध्यम व्यवसायलाई सघाउन १२ करोड डलरको नयाँ वित्तीय सहयोगको घोषणा गरको थियो । त्यसैगरी वासिङटनले मानवीय सहायता तथा जीविकोपार्जनका लागि थप ६० लाख डलर प्रदान गर्ने बताएको थियो । अर्थतन्त्रलाई स्थिर बनाउन तथा वित्तीय सुधारका लागि प्राविधिक सहयोग उपलब्ध गराउन नयाँ अनुदान दिइएको बताइएको छ ।
भविष्यमा पनि श्रीलङ्काको आर्थिक पुनरूत्थान, खाद्य सुरक्षा, सार्वजनिक स्वास्थ्य तथा शिक्षा क्षेत्रको प्रवद्र्धनका लागि अमेरिकी सहयोग निरन्तर रहने जनाइएको छ । साथै उसले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट सहयोगका निम्ति गरेको श्रीलङ्काली अनुरोधको समर्थन पनि गरेको छ । वर्तमान सङ्कटबाट श्रीलङ्कालाई मुक्त गर्न सक्दो सहयोग गर्नुपर्नेमा वासिङटनले जोड दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: